धनकुटा । उच्च अदालत विराटनगरअन्तर्गत धनकुटा इजलाससहित मातहतका जिल्ला अदालतमा आर्थिक वर्ष ०७९/८० मा ७१ दशमलव १४ प्रतिशत मुद्दा फर्स्यौट भएको छ । धनकुटा इजलासले पत्रकार भेटघाट कार्यक्रम गरी उक्त जानकारी दिएको हो ।
धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्ला क्षेत्राधिकार रहेको इजलासमा अघिल्लो वर्षको सरेर आएको ७ सय ६५ सहित २ हजार २ सय ७७ मध्ये १ रजिस्ट्रार राजकुमार दाहालले जानकारी दिए ।
सबैभन्दा बढी देवानी १ हजार १ सय १६ त्यस्तै सरकारवादी फौजदारी २ सय ७४, दुनियाँवादी फौजदारी १ सय १९ र पुनरावेदन रिट ३ वटा रहेका छन् ।
त्यस्तै, एक वर्षभित्रका ५ सय ४४ र एक वर्ष नाघेका १ सय १३ मुद्दा रहेको दाहालले बताए । उच्च अदालत विराटनगर, धनकुटा इजलासले ६९ दशमलव ३७ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । अन्य चारमध्ये सबैभन्दा बढी संखुवासभा जिल्ला अदालतले ७९ दशमलव ६१ र सबैभन्दा कम भोजपुर जिल्ला अदालतले ६३ दशमलव १ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । तेह्रथुमले ७२ दशमलव ६५ र धनकुटा ६८ दशमलव ८५ फर्स्यौट गरेको छ । उक्त अवसरमा धनकुटा इजलासले गर्ने आगामी योजनाबारे समेत जानकारी दिइएको थियो ।
अदालतका आगामी कार्ययोजनाभित्रै सफ्टवेयर प्रणालीको योजना रहेको न्यायाधीश अञ्जु उप्रेती ढकालले बताइन् । मुद्दाको प्रकृतिको आधारमा प्राथमिकतामा राखिने, अभिलेख डिजिटल प्रणाली, दर्ता चलानी सफ्टवेयरमा लगिने, अनुमानयोग्य कार्यविधिको अवलम्बन गरिने, तोकिएको समयावधिभित्रै मुद्दाको फैसला गरिनेलगायतका अदालतको आगामी कार्ययोजना रहेको सूचना अधिकारी शम्भु भुजेल बताए ।
त्यस्तै, सूचना प्रविधिमैत्री, मेलमिलाप गर्न सकिने मुद्दालाई मेलमिलापकै प्राथमिकता दिइने, न्यायिक जनशक्तिको अभिमुखीकरण तथा दक्षता अभिवृद्धि तालिम, पीडितमैत्री प्रणालीको सुदृढीकरण, कानुनी सहायतालाई प्रभावकारी बनाउनेलगायत योजना अघि सारिएको भुजेलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...
आषाढ़ ११ गते, २०८३ - २०:२७
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...
आषाढ़ ११ गते, २०८३ - २०:२४
राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...
आषाढ़ ११ गते, २०८३ - २०:१५
काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...
आषाढ़ ११ गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...
आषाढ़ ११ गते, २०८३ - २०:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...
आषाढ़ ११ गते, २०८३ - १९:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...



प्रतिकृया लेख्नुहोस्: