Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी

खबरडबली संवाददाता

बेदकोट । दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उहाँसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । 

उनले जीविकोपार्जनको गन्तव्य बनाएको छ नेपाली गाउँ, कुतियाबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । “खेतीका लागि आफूसँग जमिन छैन, यहाँ जमिन भाडामा लिएर तरकारी गरिरहेको छुँ”, उनले भने, “यसैबाट घरखर्च चल्छ ।” 

सुरुआतमा दुई बिघा जमिन भाडामा लिएको उनले बताए। महाकाली नदीले जमिन कटान गरेर एक बिघा मात्रै बाँकी राखेको उनको भनाइ छ । परबलका साथै भिण्डी, खुर्सानी, हल्दीलगायतको खेती गरेका छन्। 

“रु १२ हजार प्रत्येक वर्ष जमिनको भाडा तिर्छुँ, तरकारी खेतीमा परिश्रम धेरै लाग्छ”, उनले भने, “घरपरिवारको खर्च तरकारी खेतीबाटै चलेको छ ।” 

भारतीय बस्ती नौजलिया र नेपाली बस्ती कुतियाकबरको भूभाग मात्रै जोडिएको छैन । यहाँका स्थानीयको रोजीरोटी पनि एकापसमा जोडिएको छ । मण्डलजस्ता धेरै भारतीय नागरिक कुतियाकबरमा तरकारी खेतीमा जमेका छन् ।

नौजलियाकै पुलिन बआडले पनि कुतियाबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्छन्। बर्सेनि रु एक÷दुई तरकारी खेतीबाट बचत गर्ने गरेको उनी बताउँछन्। उत्पादित तरकारीलाई बिक्रीका लागि भारतीय बजार तथा महेन्द्रनगरतर्फ लैजाने गरेको उनको भनाइ छ। 

“व्यवसायी बारीमै आएर पनि तरकारी लैजान्छन्, हामी कहिले बिक्रीका लागि भारततिर त कहिले नेपालतिर लैजान्छौँ”, उनले भने, “बाढीले ल्याएको बलौटे माटोमा परवल राम्रो उब्जाउ हुन्छ ।” 

धान, गहुँ, तरकारी, परवल र बदामको खेती गर्ने गरेको बताए। कुतियाबरलाई एकापट्टिबाट महाकाली र अर्कोतिरबाट जोगबुढा नदीले घेरेको छ । बर्सातको समयमा आउने बाढीले खेतीमा क्षति पु¥याउने गरेको पुलिनको गुनासो छ । 

एक पटक छरेको परवलको बीउ पाँच/छ वर्षसम्म उत्पादन दिने गरेको उनले बताए। “एक पटक छरेपछि पाँच/छ वर्षसम्म बीउ छर्न पर्दैन, उत्पादन दिइराख्छ”, उनले भने, “त्यसैले पटकपटक लगानी गरिराख्नु पर्दैन, आफ्नो मेहेनत मात्रै लाग्छ ।”

दोधारा चाँदनीमा उत्पादन भएको परवलले स्थानीयस्तरमै बजार पाउन थालेपछि किसानलाई अझै राहत मिलेको छ । “अचेल यतै गाडी चल्न थाले, अब हामीलाई आफ्नो उत्पादन बिक्री गर्न सहज भएको छ”, विश्व मण्डलले भने। उनका अनुसार परवल प्रतिकिलोग्राम रु ३५ देखि ४० सम्म बिक्री हुने गरेको छ । 

एक कट्ठा जमीनमा एक हप्तामा दुई क्विन्टलसम्म परवल उत्पादन हुने गरेको मण्डलले बताए। “परवल उत्पादन सुरु भएपछि हप्ता दिनको फरकमा टिप्ने गर्छौं”, उनले भने, “एक पटकमा एक÷दुई क्विन्टलसम्म परवल उत्पादन हुन्छ ।” रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending