काठमाडौँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। सो राजमार्ग अन्तर्गत मादी र सेती नदीमा यस्तो पुल निर्माण हुन लागेको हो।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सेती नदीमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन स्वीकृत भएको बताउँदै वर्षा सकिनेबित्तिकै पुल निर्माण सुरु हुने जानकारी दिए ।
मादी नदीमा निर्माण गरिने पुलको डिजाइनमा केही त्रुटि देखिएको र त्यसलाई सच्याउन परामर्शदाता कम्पनीलाई डिजाइन फिर्ता गरिएको बताए । डिजाइन एन्ड बिल्ड ढाँचामा निर्माण भइरहेको सेती पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले र मादी पुलको अन्नक निर्माण कम्पनीले पाएका छन्।
सेतीको पुल एक अर्ब रुपियाँ र मादीको एक अर्ब २० करोड रुपियाँको लगानीमा निर्माण हुने छ। विस्तार सुरु भएको दुई वर्ष बिते पनि मुग्लिङ–पोखरा सडकखण्ड विस्तार आयोजनाको काम सुस्त देखिएको छ। विभागका महानिर्देशक ढकालले आयोजनाको अहिलेसम्मको भौतिक प्रगति १२ प्रतिशत मात्र रहेको जानकारी दिए ।
लम्बाइ ८१ किलोमिटर रहेको सो सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु भएको हो। अहिले दुई लेन रहेको सो खण्ड चार लेनमा विस्तार भइरहेको छ।
पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ। पूर्वी खण्डको म्याद आगामी २०८१ वैशाखसम्म छ।
पूर्वी खण्डको विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएको थियो। पश्चिमी खण्डको म्याद २०८१ भदौसम्म छ। यस खण्डको विस्तारका लागि २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो।
पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने पश्चिम खण्डको निर्माण जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनलाई दिइएको छ।
पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा दिइएको छ। एसियाली विकास बैङ्कको २१ अर्ब ५० करोड रुपियाँ सहुलियत ऋणमा सो सडकखण्ड विस्तार भइरहेको छ।
यो सडकखण्ड चार लेनमा विस्तार भइसकेपछि सडक सीमा दुईतर्फी २५/२५ मिटर भए पनि बाक्लो घरबस्ती भएको ठाउँमा सडकको कुल चौडाइ ४१ मिटर हुने जानकारी दिए ।
विस्तारपछि तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर तथा दुलेगौँडा, खैरेनीटार बजार, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटर हुने सडक विभागले जनाएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: