Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

सुनिल शर्माले गृहमन्त्रीलाई आतंककारी संज्ञा दिँदै भने -आतंककारी गृहमन्त्रीले एक मिनेट, एक सेकेन्ड सत्तामा बस्न मिल्दैन

शर्माले दिए सरकार ढाल्ने चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बिहीबकार पक्राउ गरेका शर्मा शुक्रबार जिल्ला अदालतको आदेशमा रिहा भएका हुन् ।

थुनामुक्त भएपछि शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको र अर्था मन्त्रीको फेरि राजीनामा मागेका छन् । आफ्नो गिरफ्तारी प्रधानमन्त्रीकै निर्देशनमा भएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै भने, ‘त्यति सारो बैगुनी पनि हुनु हुँदैन । नेपालको इतिहासमा सुनिल शर्मा, शेखर कोइराला, कृष्ण इच्छुक, महेश्वर दाहालजस्ता मानिस नभएको भए आज पनि उहाँ जंगलमा हुनुहुन्थ्यो । पहिलो वार्ता गराउने मान्छे हामी हो । हामीले लगाएको गुनको पैँचो हतकडी लगाएर दिनुभएको छ । यसका लागि धन्यवाद भन्न चाहन्छु । पावरको उन्माद हो यो ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ आतंककारीकाे संज्ञा दिँदै उनले एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताए । ‘यस्तो आतंककारी गृहमन्त्रीले एक मिनेट, एक सेकेन्ड सत्तामा बस्न मिल्दैन । प्रधानमन्त्री यदि गृहमन्त्री टिकाउन लाग्नुभयो भने सरकार ढल्छ,’ उनले भने ।

शर्माले कांग्रेस माओवादीसँगको गठबन्धनबाट बाहिर निस्किनुपर्ने बताए । ‘यसरी नै गृहमन्त्रीले एक बाइ एक गरेर हाम्रा नेतालाई धुलो चटाउँदै जाने र हाम्रो पार्टी अलाइन्स गरिरहने हो भने पार्टी सकिन्छ । तत्काल पुनर्विचार गर्नुपर्छ,’ उनले भने ।

पत्रकारसँग कुरा गर्ने क्रममा शर्माले शेखर कोइराला, गगन थापासँगै केपी ओलीको नाम लिएर जिन्दावाद भने । देउवाको नाम भने लिएनन् । उनले आफूलाई साथ दिएकोमा दुर्गा प्रसाईँलाई विशेष धन्यवाद दिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयल निगमको पार्किङबाट ट्याङ्कर गायब, ९७३ लिटर पेट्रोल चोरी

​विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरको पार्किङस्थलबाट भारतको सिलगुडीबाट पेट्रोल बोकेर आएको ट्याङ्कर अपहरण गरी ९७३ लिटर पेट्रोल चोरी ...

चेक रिपब्लिकसँग ५५ औं मिनेटमा मेक्सिकोलाई अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत चेक रिपब्लिकसँगको जारी खेलमा मेक्सिकोले पहिलो गोल गरेको छ । ५५ औं मिनेटमा मेक्सिकोका लागि मेटेओ चाभेजले गोल प...

पाखोमा फुल्यो ‘सेतो सुन’, काउलीले बदलियो डाँडाबजारको जीवन

मकै–कोदो फल्ने बारीमा अहिले लाखौंको तरकारी, किसानको जीवनशैलीमै परिवर्तन

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर र दार्चुलामा एक–एक जनाको ज्यान गएको हो ।...

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प

काराकास । भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ मात्र ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका छन्। अमेरिकी सुन...

फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा ...

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending