Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

खोटाङमा वन कर्मचारीकै मिलेमतोमा खयर कटान

खबरडबली संवाददाता

खोटाङ। खोटाङमा  वन कर्मचारीकै मिलेमतोमा खयर कटान भएकमो छ । तस्करले प्रतिबन्धित खयर काटेर ट्याक्टरमा लाँदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयलाई जानकारी गराएउँदा कर्मचारीकै मिलेमतोमा खयर कटान भएको खुलेको हाे । 

स्थानीय आमासमुहले तस्करले कटान गरेको खयर लग्दै गर्दा वन कार्यालयमा जानकारी गाएका थिए । तर वनका कर्मचारीले उल्टै स्थानीय आमा समूहलाई धम्की दियो । आमाहरू झस्किए अनी भने कर्मचारीकै मिलेमतो रहेछ । नत्र कसरी हामी माथि जाइ लाग्ने हामीले जानकारी गराउँदा समेत किन काठ समातेको भन्दै उल्टै धम्की दिनुलेनै प्रस्ट मिलेमतो भएको बुझिन्छ आमा समूहका अध्यक्ष सुमित्रा दाहालले बताइन् । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित खोक्सेली सामुदायिक वनमा अवैध रुपमा खयर कटनी गरेर ट्याक्टरमा लाँदै गर्दा खयरका काठ स्थानीय आमा समूहले रोकेको छ । बुधवार राती स्थानीय कुन्तादेवी आमा समूहले रोकेको हो । राती करिब ८ बजे ट्याक्टरमा हालेर जादै गरेको खयरका काठ जफत गरिएको समूहका अध्यक्ष सुमित्रा दाहालले बताइन् । ‘हाम्रो सामुदायिक वनमा खयर काटिएको छ भन्ने सुनेका थियौँ ।

बुधवार राती खानेपानी जोड्न आमा समूह भित्रकै सदस्यहरू लोक माया दाहाल, सुमित्रा दाहाल, दिलकुमारी भुजेल र म गएका थियौँ । अध्यक्ष दाहालले भन्नुभयो, सोही समयमा ट्याक्टरले खयर लिएर आउँदै गरेको देखेपछि रोकेका हौँ । त्यसपछि सबै तिर हल्ला भयो, स्थानीय सबै आउनुभयो ।’ यस अगाडी पनि विना अनुमति खयरको कटान हुनु र ढुवानी हुँदा समेत कुनै चेकजाँच नहुनेले कर्मचारीको मिलेमतो विना यस्तो काम गर्न सम्भव नहुने स्थानीयको आरोप छ । 

प्रहरीले थाहा पाए भने समस्या हुने भन्दै खयरको काठ बोकेको ट्याक्टर रोकिएपछि काठ छाडेर गएको उनीहरूको भनाई छ । बिहीबार गएर सामुदायिक वनमा हेर्दा करिब ६० बोट खयर काटिएको स्थानीयले बताएका छन् । जफत गरिएको खयर हाल बडहरेस्थित गरिबी निवारण संस्थाको भवनमा राखिएको छ । 

वनका कर्मचारीलाई जानकारी दिँदा फोनबाटै धम्की दिएको उनीहरूको भनाई छ । फोनबाट कर्मचारीले समात्ने भए काट्दै गर्दा पक्रिनु पर्थ्यो, यसरी लैजाँदै गर्दा किन समातेको काठ भन्दै थर्काएको बताए  ।   

शव डिभिजन कार्यालय हलेसीका प्रमुख राम सागर मण्डल जिल्ला बाहिर रहेकाले आएर काठको विषयमा अनुगमन गर्ने बताए । खयर कटनी सम्बन्धी कसैले पनि कटानी आदेश नलिएको उनले स्पष्ट पारे । अनिलकुमार राईले खयर काटेको स्थानीयले बताएका छन् । 

अवैध रूपमा कटान गरी लाँदै गएको दुई ट्याक्टर खयर आमा समूहले समाएका छन् भने यस अघि पनि खयर कटान भएको स्थानीयको भनाई छ । यस अघि डिकुवाको खयरको काठ अर्जुन बस्नेतले कटान गरेको वडाध्यक्ष देवेन्द्र राईले बताए । यसरी खयर कटान हुनु अनि ढुवानी हुनुमा सम्बन्धित निकायको पनि मिलेमतो हुनसक्ने उनको आरोप छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE