Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

हवाई सेवा अवरुद्ध हुँदा छ महिने बालकको मृत्यु

सांकेतिक तस्विर
खबरडबली संवाददाता

सिमकोट ।  जिल्ला अस्पताल हुम्लाले उपचार हुन नसक्ने भन्दै रिफर गरेको एक बालकको ज्यान गएको छ । समयमै जिल्ला बाहिरका ठूला अस्पतालमा पुर्याउन नसक्दा हुम्लामा छ महिने बालकको ज्यान गएको हो ।

जिल्ला अस्पताल हुम्लाले यहाँ उपचार हुन नसक्ने भन्दै जिल्ला बाहिर रिफर गरिएका बालकलाई हवाई सेवा अवरुद्ध भएका कारण समयमै अन्यत्र अस्पताल पुर्याउन नसक्दा उनको जिल्ला अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

नागरिक उड्डयान प्राधिकरणले उडान तालिका नयाँ लागु गर्नु र मौसम समेत खराब भएको कारण हवाई सेवा अवरुद्ध हुँदा बिरामी बालकको शुक्रबार बिहान सात बजे अस्पतालमै मृत्यु भएको हो ।

अस्पतालका चिकीत्सक रोशन रावत गत साउन १७ गते चिकीत्कसले अस्पतालमा उपचार नहुने भन्दै जिल्ला बाहिर रिफर गरेको भएपनि उपचारका लागि अन्यत्र लान नसक्दा छ महिनाका बालकको अस्पतालको बेडमै मृत्यु भएको बताए।

मृतक बालक सिमकोट गाउँपालिका–६ को माथिल्लो गाउँका सुरज सुनारका छ महिनाका छोरा ईब्रान सुनार रहेका छन् । साउन १४ गते बालकलाई मिनोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । बालकलाई निमोनिया, झाडापखाला र इम्फेक्सन भएपनि अस्पतालका चिकीत्सकले साउन १७ गते जिल्ला बाहिर रिफर गरेका थिए । त्यस यता हवाई सेवा अबरुद्ध भएकोले थप उपचार गर्न नपाउदा बालकको मृत्यु भएको हो।

साउन १७ गते रिफर गरिएको भएपनि २६ गते बिहान मात्र बालकको मृत्यु भएको हो । बिहान मौसम सफा नहुनु र दिउसो साढे बाह्र बजेपछि नागरिक उड्ययान प्राधिकरणले लागु गरेको उडान भर्न नपाउने नियमका कारण बालकको मृत्यु भएको अधिकारकर्मीहरूले जनाएका छन् । बालकको घरको आर्थिक अवस्था कमजोर भएपनि आर्थिक सहयोग जुटाएर जिल्ला बाहिर उपचार गर्न सकिने अवस्था रहेकोमा हवाई सेवा अवरुद्ध भएका कारण उपचार गर्न नपाइ उनको मृत्यु भएको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE