सिमकोट । जिल्ला अस्पताल हुम्लाले उपचार हुन नसक्ने भन्दै रिफर गरेको एक बालकको ज्यान गएको छ । समयमै जिल्ला बाहिरका ठूला अस्पतालमा पुर्याउन नसक्दा हुम्लामा छ महिने बालकको ज्यान गएको हो ।
जिल्ला अस्पताल हुम्लाले यहाँ उपचार हुन नसक्ने भन्दै जिल्ला बाहिर रिफर गरिएका बालकलाई हवाई सेवा अवरुद्ध भएका कारण समयमै अन्यत्र अस्पताल पुर्याउन नसक्दा उनको जिल्ला अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
नागरिक उड्डयान प्राधिकरणले उडान तालिका नयाँ लागु गर्नु र मौसम समेत खराब भएको कारण हवाई सेवा अवरुद्ध हुँदा बिरामी बालकको शुक्रबार बिहान सात बजे अस्पतालमै मृत्यु भएको हो ।
अस्पतालका चिकीत्सक रोशन रावत गत साउन १७ गते चिकीत्कसले अस्पतालमा उपचार नहुने भन्दै जिल्ला बाहिर रिफर गरेको भएपनि उपचारका लागि अन्यत्र लान नसक्दा छ महिनाका बालकको अस्पतालको बेडमै मृत्यु भएको बताए।
मृतक बालक सिमकोट गाउँपालिका–६ को माथिल्लो गाउँका सुरज सुनारका छ महिनाका छोरा ईब्रान सुनार रहेका छन् । साउन १४ गते बालकलाई मिनोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । बालकलाई निमोनिया, झाडापखाला र इम्फेक्सन भएपनि अस्पतालका चिकीत्सकले साउन १७ गते जिल्ला बाहिर रिफर गरेका थिए । त्यस यता हवाई सेवा अबरुद्ध भएकोले थप उपचार गर्न नपाउदा बालकको मृत्यु भएको हो।
साउन १७ गते रिफर गरिएको भएपनि २६ गते बिहान मात्र बालकको मृत्यु भएको हो । बिहान मौसम सफा नहुनु र दिउसो साढे बाह्र बजेपछि नागरिक उड्ययान प्राधिकरणले लागु गरेको उडान भर्न नपाउने नियमका कारण बालकको मृत्यु भएको अधिकारकर्मीहरूले जनाएका छन् । बालकको घरको आर्थिक अवस्था कमजोर भएपनि आर्थिक सहयोग जुटाएर जिल्ला बाहिर उपचार गर्न सकिने अवस्था रहेकोमा हवाई सेवा अवरुद्ध भएका कारण उपचार गर्न नपाइ उनको मृत्यु भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: