Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

वीरगञ्जमा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण

खबरडबली संवाददाता

वीरगञ्ज । वीरगञ्जमा पछिल्लो चार महिनामा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण गरिएको छ । खानेपानीको समस्या भइरहेका बेला एक हजार चार सय परिवारले खानेपानीको धारा जडान गराएका यहाँस्थित खानेपानी संस्थानले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा वैशाखमा ४१, जेठमा एक सय ५७, असारमा दुई सय दुई र साउनको २४ गतेसम्म एक हजार ग्राहकको घरमा धारा जडान गरिएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख इन्जिनियर निरन महर्जनले जानकारी दिए । उनका अनुसार महानगरले खानेपानीको महसुल तिर्ने गरी विभिन्न वडामा एक सय ५० सामुदायिक धारा जडान गरिएको छ ।

लामो समयदेखि वर्षा नहुँदा वीरगञ्जका विभिन्न स्थानमा गत वैशाखदेखि खानेपानीको समस्या क्रमश: बढ्दै गएपछि धारा जडान गराउनेको सङ्ख्या पनि बढ्दै गएको प्रमुख महर्जनले बताए । उनका अनुसार अहिले दैनिक ५०९६० जना धारा जडानका लागि निवेदन लिएर कार्यालय आउने गरेका छन् । चापाकल, कुवालगायतका खानेपानीका मुहान सक्न थालेपछि धारा जडान गराउने क्रम बढेको उनको भनाइ थियो ।

प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०९१२ घण्टासम्म पानी पठाइरहेको छ । “पहिला चापाकलबाट पानी आउँथ्यो, त्यतिबेला खानेपानीको धारा लिन स्थानीयले खासै रुचि देखाएनन्”, उनले भने, “अहिले चापाकल, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको सङ्ख्या बढेको छ ।” 

आठ हजार एक सय ग्राहकले नियमित खानेपानी उपभोग गर्दै आएका संस्थानले जनाएको छ । दैनिक ६०९६५ लाख लिटर खानेपानी उत्पादन गरी महानगरभित्र वितरण गर्दै आइएको बताउँदै महर्जनले संस्थानसँग बीस हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको जानकारी दिए ।

महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी विभिन्न वडामा एक सय ५० सामुदायिक धारा जडान गरिएको उनको भनाइ थियो । हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजनाअनुरुप बिस्तारै धारा थप गर्दै लगिने उनले बताए ।

“हरेक वडामा सार्वजनिक धारा जडानका लागि खानेपानी संस्थान र महानगरबीच सम्झौता भएको छ”, प्रमुख महर्जनले भने, “सम्झौता अनुसार वडावडामा धारा जडान गर्दा लाग्ने खर्च तथा महसुल भुक्तानी महानगरले गर्नेछ ।” उनका अनुसार विभिन्न स्थानमा उपभोक्ता समिति गठनको प्रक्रिया अगाडि बढिसकेको छ ।

चार महिनादेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई महानगरले टोलटोलमा अस्थायी ट्र्याङ्कीमार्फत खानेपानी वितरण गरिरहेको महानगरका प्रमुख राजेशमान सिंहले बताए । उनका अनुसार ट्र्याङ्की पुर्‍याउन नसकिएका स्थानमा ट्र्याङ्करबाट पानी वितरण गरिएको छ ।

ट्र्याङ्करबाट अहिलेसम्म १९ वडामा दैनिक पानी उपलब्ध गराइरहेको बताउँदै नगरप्रमुख सिंहले सात वडामा भने अस्थायी ट्र्याङ्की राखिएको जानकारी दिए । उनका अनुसार खानेपानी संस्थानको पाइपलाइन विस्तार भएका सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ । 

खानेपानीको पाइपलाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका  सार्वजनिक स्थानमा धारा राख्ने काम भइरहेको महानगर प्रमुख सिंहको भनाइ थियो । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ । तत्काल प्राकृतिक रूपमा जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले ट्र्याङ्कीमार्फत अस्थायी रूपमा खानेपानी वितरण गरिरहेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending