Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप हुँदा प्रहरीले गर्याे ५ राउन्ड हवाई फायर

खबरडबली संवाददाता

नवलपरासी। स्कुल र क्याम्पस सञ्चालनको विषयले उग्ररुप लिँदा नवलपरासीको प्रतापपुर गाउँपालिकामा झडप भएको छ । गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच बिहीवार झडप भएको हो ।

झडपमा प्रहरीले ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रतापपुरको त्रिभुवन मावि र त्रिभुवन क्याम्पसबीच कक्षा कोठा उपलब्धका विषयमा विवाद हुँदै आएको छ । विद्यालय प्रशासनले कक्षा कोठा अपुग भएको भन्दै दिउँसो सञ्चालन हुने कक्षा ११ र १२ को पढाइका लागि कक्षाकोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गर्दै आएको छ । तर क्याम्पस प्रशासनले भने क्याम्पस क्यूएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार कक्षाकोठा उपलब्ध गराउन नसकिने जनाउँदै आएको छ ।

कक्षाकोठा उपलब्ध नगराएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा नगर प्रहरीसहितका केही जनप्रतिनिधि पुगेर बुधवार क्याम्पस मुल गेटको ताला फोडेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अमूल पाण्डेले बताए । ताला फोडेपछि आक्रोशित विद्यार्थीहरू बिहीवार गाउँपालिका घेराउ गर्न पुगेका थिए ।

सोही क्रममा प्रहरी र विद्यार्थीबीच भएको विवाद झडपमा परिणत भएको थियो । ६७८ विद्यार्थी अध्ययनरत क्याम्पसमा २० वटा कोठा रहेका छन् । उक्त क्याम्पस भारतीय दूतावासको सहयोगमा निर्माण भएको हो । दुई छुट्टाछुट्टै भवन रहेको विद्यालय र क्याम्पस एउटै परिसरमा सञ्चालनमा रहेका छन्  ।

क्याम्पस निर्माण भएको जग्गा विद्यालयको रहेको र पालिका मातहत रहेकाले कक्षा कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गरेको गाउँपालिका अध्यक्ष यादवले बताए । भारतीय दूतावासले भवन हस्तान्तरण गर्दासमेत विद्यालयलाई गरेको छ । केही दिनका लागि कक्षा ११ र १२ को पढाइ सञ्चालनका लागि माग्दा नदिएकाले पढाइ सुचारु गर्न ताला फोडेको अध्यक्ष यादवले बताए  ।

विद्यालयको १२ कोठे नव निर्मित भवन तयार हुन केही दिन लाग्ने भएकाले सो समयसम्मका लागि ८ वटा कोठा माग गरिएको उनले बताए । राजनीतिक पूर्वाग्राहीका कारण विद्यार्थी उचालेर गाउँपालिका घेर्न पठाएको अध्यक्ष यादवको आरोप छ ।

गाउँपालिकामा ताला लगाउन पुगेका विद्यार्थीलाई रोक्दा ढुंगा प्रहार हुन थालेपछि स्थिति नियन्त्रण लिन ५ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए । झडपका क्रममा ५ जना प्रहरी सामान्य घाइते भएका छन् । यस्तै ३र४ जना विद्यार्थी पनि घाइते भएको पाण्डले बताए । 

झडपमा गाउँपालिका अगाडि रहेको एक निजी कारमा सामान्य क्षति पुगे पनि अरू क्षति नभएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending