Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

फरेन्सिक जाँचका लागि प्रहरी ल्याबमा पठाइएको मोबाइल चोरियो !

खबरडबली संवाददाता

काठमाडौं । फेरेन्सिक जाँचका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको मोबाइल नै चोरी भएको छ । बलात्कार आरोपमा पक्राउ परेका उमेश सुनारकाे माेवाइल फेरेन्सिक जाँचका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) बाट हराएकाे हाे । 

 सुनारबाट बरामद भएको मोबाइल परीक्षणका लागि प्रहरीको डीएफएलमा पठाइएको थियो । सोही मोबाइल चोरी गरेको आरोपमा दैलेखको नौमुले गाउँपालिका–४ घर भइ काठमाडौं बस्दै आएका १८ वर्षीय अमृत योगी पक्राउ परेका छन् ।  उनीविरुद्ध चोरीको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

फरेन्सिक जाँचपछि उक्त मोबाइल डीएफएलमै काम गर्ने प्रहरी जवान सुरज कुँवरले बुझेका थिए । मोबाइल बुझेर फर्कने क्रममा काम विशेषले गृह मन्त्रालयको विपद् व्यवस्थापनमा जानुपर्ने भन्दै असार १२ गते बिहान ११ बजेतिर जवान कुँवरले उक्त मोबाइल सहितको झोला नयाँ बसपार्कस्थित नवज्योति गेष्ट हाउसमा राखेका थिए ।

गृह मन्त्रालयबाट फर्केर आई झोलामा भएको सामान हेर्दा फरेन्सिक जाँच गरेर ल्याइएको २ वटा मोबाइल हराएको थियो । त्यसपछि उक्त होटलमा काम गर्ने योगी पनि फरार भएकाले उनै लगेको हुन सक्ने भन्दै जवान कुवँरले प्रहरीमा चोरीको अनुसन्धान गरी पाउँ भन्दै निवेदन दिएका थिए । 

मोबाइल चोरेर फरार भएका योगीलाई असार ३१ जिल्ला प्रहरी कार्यालय रोल्पाले लिवाङबाट पक्राउ गरेको थियो । चोरी आरोपमा पक्राउ परेका उनलाई चाेरी  मुद्दा चलाइएको प्रहरीले जनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending