काठमाडौं । फेरेन्सिक जाँचका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको मोबाइल नै चोरी भएको छ । बलात्कार आरोपमा पक्राउ परेका उमेश सुनारकाे माेवाइल फेरेन्सिक जाँचका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) बाट हराएकाे हाे ।
सुनारबाट बरामद भएको मोबाइल परीक्षणका लागि प्रहरीको डीएफएलमा पठाइएको थियो । सोही मोबाइल चोरी गरेको आरोपमा दैलेखको नौमुले गाउँपालिका–४ घर भइ काठमाडौं बस्दै आएका १८ वर्षीय अमृत योगी पक्राउ परेका छन् । उनीविरुद्ध चोरीको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
फरेन्सिक जाँचपछि उक्त मोबाइल डीएफएलमै काम गर्ने प्रहरी जवान सुरज कुँवरले बुझेका थिए । मोबाइल बुझेर फर्कने क्रममा काम विशेषले गृह मन्त्रालयको विपद् व्यवस्थापनमा जानुपर्ने भन्दै असार १२ गते बिहान ११ बजेतिर जवान कुँवरले उक्त मोबाइल सहितको झोला नयाँ बसपार्कस्थित नवज्योति गेष्ट हाउसमा राखेका थिए ।
गृह मन्त्रालयबाट फर्केर आई झोलामा भएको सामान हेर्दा फरेन्सिक जाँच गरेर ल्याइएको २ वटा मोबाइल हराएको थियो । त्यसपछि उक्त होटलमा काम गर्ने योगी पनि फरार भएकाले उनै लगेको हुन सक्ने भन्दै जवान कुवँरले प्रहरीमा चोरीको अनुसन्धान गरी पाउँ भन्दै निवेदन दिएका थिए ।
मोबाइल चोरेर फरार भएका योगीलाई असार ३१ जिल्ला प्रहरी कार्यालय रोल्पाले लिवाङबाट पक्राउ गरेको थियो । चोरी आरोपमा पक्राउ परेका उनलाई चाेरी मुद्दा चलाइएको प्रहरीले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...



प्रतिकृया लेख्नुहोस्: