Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

फोनिजद्वारा एक मातृभाषा संचार संस्था र पाँच पत्रकार सम्मानित तथा पुरस्कृत हुँदै

खबरडबली संवाददाता

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित तथा पुरस्कृत व्यक्ति तथा संस्थाको नाम घोषणा गरेको छ ।

फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ बाट सरोकार टेलिभिजनका दिलीप थापा मगर (काठमाडौं) र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मानित हुने भएका छन् ।

त्यसै गरी, ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व. किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नति चौधरी (कैलाली)लाई पुरस्कृत गर्ने निर्णय  भएको महासचिव लिम्बूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फोनिजले विवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोगत्वमा सल्लाहकार द्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सरदस्य रहेको ‘सम्मान तथा पुरस्कार छनोट समिति’ गठन गरेको थियो । समितिको सिफारिसमा फोनिजले एक मातृभाषा संचार संस्था र पाँच जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको छ ।

फोनिजका अनुसार २७ साउन २०८० मा प्रदेश १ को विराटनगरमा आयोजित २४औँ स्थापना दिवस मूल समारोहमार्फत सम्मान तथा पुरस्कार वितरण गरिनेछ ।

फोनिजले स्थापना दिवसको अवसर पारेर २८ साउनमा विराटनगरमै कोशी प्रदेश नामकरणविरुद्ध भइरहेको आन्दोलन र त्यसको निकासबारे ‘पहिचान आन्दोलन: अबको बाटो’ विषय अन्तरक्रिया आयोजना गर्न लागेको छ । 

अन्तरक्रियामा राजनीतिक विश्लेषक प्रा.डा. महेन्द्र लावती, राजनीतिक विश्लेषक डम्बर खतिवडा, लेखक/विश्लेषक खगेन्द्र संग्रौला र लेखक/विश्लेषक भवानी बराल वक्ताको  रुपमा सहभागी हुँदै छन् ।

‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्राप्त गर्ने व्यक्ति र संस्थाहरुको संक्षिप्त जीवनी तथा विवरण निम्नानुसार रहेको छ ।

१. दिलीप थापा मगर,  काठमाडौं  (फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०)

२०५८ सालमा नेपाल टेलिभिजनबाट पत्रकारिता सुरुवात गरेका भएका दिलीप थापामगर नेपाली पत्रकारिता जगतमा स्थापित नाम हो । नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको रूपमा नेपाली पत्रकारलाई नेतृत्व प्रदान गरिसक्नु भएका थापा आफैले पाँच वर्षदेखि सरोकार टेलिभिजन सञ्चालन गर्दै आएका छन् । 

न्यूज एजेन्सी हिमालयन टेलिभोइसका अध्यक्षसमेत रहनु भएका थापाले जनजाति आवाज, अमेरिका नेपाल टेलिभिजन लगायतमा काम गरिसकेका छन् ।

जनसेवा श्री पदक, राष्ट्रिय पत्रकारिता पुरस्कार र प्रधानसेनापति प्रशंसा पदकसमेत पाइसकेका पत्रकार थापालाई यस वर्ष ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ प्रदान गर्ने निर्णय गरिएको हो ।

२. नेपालभाषा टाइम्स दैनिक, काठमाडौं  (फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०)

‘नेपालभाषा टाइम्स’ हाल नेपालभाषामा प्रकाशन हुने एक मात्र दैनिक पत्रिका हो । निरन्तर प्रकाशन हुँदै आएको यो पत्रिकाको इतिहास वि.सं. २०४६ सालबाट सुरु हुन्छ । 

नेपालभाषामा पहिलो दैनिक पत्रिकाका रूपमा वि.सं. २०१२ सालमा फत्तेबहादुर सिंहको सम्पादनमा ‘नेपालभाषा पत्रिका’ प्रकाशन भएको थियो । त्यसको केही समयपछि कृष्णचन्द्रसिंह प्रधानको सम्पादनमा ‘पासा’ दैनिक प्रकाशन भएको थियो ।

यी दुवै पत्रिका बन्द भएको धेरै समयपछि वि.सं. २०४६ सालमा अशोक श्रेष्ठको सम्पादनमा नेपालभाषाको अर्को दैनिक ‘विश्वभूमि’ प्रकाशन सुरु भयो । त्यही विश्वभूमि दैनिक बिचमा नाम बदलेर सुजिव बज्रचार्य र सुरेश किरण काे नेतृत्वमा ‘सन्ध्या टाइम्स दैनिक’ बन्यो भने गत नौ वर्षदेखि ‘सन्ध्या टाइम्स दैनिक’ पनि नाम बदलेर अहिले सुरेश किरण कै नेतृत्वमा ‘नेपालभाषा टाइम्स दैनिक’का रूपमा प्रकाशित हुँदै आएको छ ।

यसर्थ ३२ वर्षदेखि मातृभाषामा प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’लाई मातृभाषा पत्रकारितामा पुर्‍याएको योगदानको सम्मान गर्दै ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट सम्मान गर्ने निर्णय गरिएको छ ।

३. स्व. किसन राई  (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०, मरणोपरान्त)

किसन राईको जन्म बुवा छोक्टुन्डु राई र आमा शिवमाया राईको जेठो सन्तानका रूपमा २०२४ साल भदौमा भारतीय गोर्खा पल्टनको बैंङ्ग्लोरस्थित क्याम्पमा भएको थियो । 

२०४३ देखि वामपन्थी विद्यार्थी राजनीतिमा प्रवेश गरेर २०४६ सालको जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी राईले लामो समय राजनीतिक जीवन बिताएका थिए । २०५६ सालमा हङकङ प्रस्थान गरेका राईले त्यसपछिको समयमा हङकङमै रहेर पत्रकारिता, समाजसेवा र राजनीतिलाई अगाडि बढाए । 

हङकङमा नेपाली पत्रिका एभरेष्टको सम्पादक तथा प्रकाशक भएर दुई दशकभन्दा बढी समय बिताएका राईले नेपाल पत्रकार संघ हङकङको अध्यक्ष, आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष, नेपाली साहित्य परिषद हङकङको अध्यक्ष, अन्तर्राष्ट्रिय जनजाति समन्वय समितिका सदस्य एवं संस्थापक, एनआरएनका केन्द्रीय सदस्य एवं आईसीसी, गोर्खा सिमेन्ट्री ट्रस्टको सल्लाहकार, च्याम्वर अफ कमर्स हङकङको सल्लाहकार, साझा साहित्य शृङ्खलाका सल्लाहकार, धरान हङकङ मञ्चका सल्लाहकार एवं संस्थापक, नेपाली समाज हङकङको संस्थापक सदस्य, उपाध्यक्ष र सल्लाहकार, किराँत राई यायोक्खा हङकङको  अध्यक्ष र सल्लाहकारका रूपमा पत्रकारिता र समाज सेवामा योगदान पुर्‍याएका छन् । 

दुई दशकभन्दा लामो समय हङकङको नेपाली भाषा तथा साहित्य र पत्रकारिता क्षेत्रमा अथक रूपमा काम गरेका उनलाई नेपाल सरकारले जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो । त्यसै गरी, हङकङ सरकारले सन् २०२० मा नेपाली समुदायमा पुर्‍याएको योगदान बापत ‘चीफ एक्जीक्यूटिव कमेन्डेसन फर कम्युनीटी सर्भिस’ पदकले सम्मान गरेको थियो । यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत पाइसकेका राईको २०७८ कार्तिक ०७ गते खोटाङमा निधन भएको थियो ।

जीवनकाल पत्रकारिता र समाज सेवामा अर्पण गर्नु भएका स्वर्गीय किसन राईको योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ (मरणोपरान्त) अपूर्ण गर्ने निर्णय गरियो ।

४. देवबहादुर पचभैया मगर, पाल्पा (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०)

२०५६ सालदेखि पत्रकारितामा क्रियाशील पाल्पाका देवबहादुर पचभैया मगर पत्रकारितामा स्थापित नाम हो । उनी दुई दशकदेखि पाल्पाको श्रीनगर एफ. एमका स्टेसन म्यानेजर र श्रीनगर खबर पत्रिकामा सम्पादकको रूपमा काम गर्दै आएका छन् । 

तत्कालीन नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) पाल्पाका संस्थापक अध्यक्ष हुँदै २ कार्यकाल जिल्ला अध्यक्ष, फोनिज भएपछि पश्चिमाञ्चल इन्चार्ज र फोनिज लुम्बिनी प्रदेश इन्चार्जको रूपमा आदिवासी जनजाति पत्रकारलाई नेतृत्व प्रदान गरिसकेका छन् । उनी हाल मगर पत्रकार संघको महासचिवसमेत रहेका छन् ।

छापासँगै रेडियो पत्रकारितामा संलग्न भई राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार संस्थामा काम गरिसकेका मगरलाई ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गर्ने निर्णय गरिएको छ ।

५. जीवन लामा, दोलखा (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०)

२०६२ सालदेखि कालिन्चोक सन्देश साप्ताहिकबाट पत्रकारिता सुरु गरेका जीवन लामा दोलखाका स्थापित पत्रकार हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्व केन्द्रीय समिति सदस्यसमेत रहनु भएका लामा नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष हुन् ।

हाल कालिन्चोक सन्देशका कार्यकारी सम्पादक रहेका लामा २०६४ सालदेखि हालसम्म कालिन्चोक एफ.एममा स्टेसन मेनेजरका रूपमा काम गरिरहेका छन् । चरिकोट मिडिया फाउन्डेसनका अध्यक्ष समेत रहेका लामाले इ–दैनिकखबर डटकमको अध्यक्ष तथा प्रकाशकको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

पत्रकारिता सँगसँगै सामाजिक क्षेत्रमा समेत क्रियाशील लामालाई  ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गर्ने निर्णय गरिएको हो ।

६. उन्नति चौधरी,  कैलाली (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०)

२०६३ सालमा कैलालीबाट प्रकाशित हुने ‘सेती महाकाली आवाज’ पत्रिकाको वितरकको रूपमा काम थालेकी उन्नति चौधरीले सोही पत्रिकामा सम्वाददाताको रूपमा काम गर्दै पत्रकारिता सुरुवात गरेकी हुन् । 

पत्रकारिताको दौरान जनदिशा राष्ट्रिय दैनिक, लालदिशा मासिक, मर्निङवेल दैनिक, पश्चिमेली दैनिक, हिमालखबर डटकम लगायतमा काम गरिसकेकी चौधरीले हाल नेपाली र थारु भाषामा केर्नीन्यूज डटकम सञ्चालन गर्दै आएकी छन् । 

पत्रकारितासँगै विभिन्न सामाजिक संघ संस्थाहरूमा समेत काम गर्दै आएकी चौधरीलाई  ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गर्ने निर्णय गरिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE