Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

सर्लाहीमा शरिर बिनाकाे टाउको मात्र भेटियो, शरीर खोज्दै प्रहरी

खबरडबली संवाददाता

काठमाडाैं ।  सर्लाहीमा शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ४ स्थित लखन्देही खोला किनारमा बिहीबार बिहान करिब ८ बजे शरीरबिनाको टाउको मात्र फेला परेको हाे ।

घाँटीमा धारिलो हतियारले काटेर छिनाएको अवस्थामा टाउको मात्रै फेला परेको र त्यो टाउकोबाट छुट्याइएको शरीर खोजिरहेका  जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हरिवनबाट गएको प्रहरी टोलीले अहिले घटनाको प्रकृति मुचुल्का तयार गरिरहेको उनले बताए । स्थानीयले पुलमुनि शरीरबिनाको मान्छेको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवको सनाखत गर्ने प्रयास गरिरहेको छ।

अहिले घटनास्थलमा एसपी नरेशराज सुवेदी आफैँ मलंगवाबाट घटनास्थलमा पुगेका र इलाका प्रहरी कार्यालय हरिवनबाट पनि इन्सपेक्टर शिवराम थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलमै रहका उनले बताए ।

अन्दाजी २५ वर्षको जस्तो देखिने युवकको भर्खरै हत्या भएको जस्तो देखिने प्रहरीले जनाएको छ । ती युवकले हल्का दाह्री पालेको जस्तो देखिएको प्रहरीले जनाएको छ।  युवकको हत्या सोही ठाउँमा भएको हो वा अन्यत्र हत्या गरेर टाउको मात्रै फालिएको हो, अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी पञ्जियारले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE