Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कुमालका मौलिक परिकार र सामग्रीले तान्यो दर्शकको मन

खबरडबली संवाददाता

काठमाडौं । २९औँ विश्व आदिवासी जनजाति दिवस देशैभरि मनाइरहँदा कुमाल समुदायले पनि आफ्ना मौलिक खाना, पोसाकसहितका सांस्कृतिक पहिचान प्रदर्शन गरेर काठमाडौँमा यो दिवस मनाएको छ । 

कुमाल समाज नेपाल केन्द्रीय समिति, कुमाल समाज नेपाल काठमाडौँ जिल्ला समिति, कुमाल विद्यार्थी समाज र कुमाल समृद्ध गुठीका झण्डै दुई सय प्रतिनिधि सहभागी भई आफ्नो मौलिक पहिचान र सांस्कृतिक झाँकी प्रदर्शन गर्दै दिवस मनाइएको कुमाल समाज नेपालका केन्द्रीय महासचिव इ गणेश कुमालले जानकारी दिए । 

उनीहरूले आज काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भएको दिवसको राष्ट्रिय समारोहस्थलमा स्टल नै राखेर काठमाडौँवासीलाई मौलिक परिकार र पहिचान देखाउने प्रयास गरेका थिए । 

साँझ अबेरसम्म राखिएको स्टलमा माछालगायतका मौलिक रोटी, कालो मासको दालबाट बनाइने फुरौला (बटुक), केराको बुङ्गाबाट बनाइने अचार, तामा र तरुलको तकारी, चुकाउनी, चामलको पिठोबाट बनाइने ढिकर, डाबर साग प्रदर्शन गरी आगन्तुकलाई कुमाल समुदायका मौलिक परिकार पनि चखाएका थिए ।  

उनीहरूले खानाका परिकारका साथै कुमाल समुदायले प्रयोग गर्ने मौलिक सामग्री पनि प्रदर्शन गरेका थिए । उनीहरूले स्टलमा प्रदर्शन गरेका माछा मार्ने जाल, माछा राख्ने फुर्लुङ, सिप्रिङ, थुन्छे, ढकी, पानी पर्दा ओड्ने छत्रीमा दर्शकको आकर्षण देखिएको थियो । यो उनीहरूका कामकाजका बेला प्रयोग गर्ने यी मौलिक र नभई नहुने सामग्री हुन् ।

त्यसअघि कुमाल समुदायका प्रतिनिधि काठमाडौँको भृकुटीमण्डपबाट निस्किएको झाँकीसहितको ¥यालीमा सहभागी भएका थिए । ¥यालीमा भृकुटीमण्डपबाट जाल हान्दै प्रज्ञा प्रतिष्ठानसम्म पुगेको प्रदर्शनीको दृश्यले आकर्षण थपेको थियो । यस्तै माटाको गाग्रो काँधमा राखेर मौलिक झाँकीमा समेत उनीहरू ¥यालीमा सहभागी भएका थिए । 

कुमाल समुदायले प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमममा आफ्नौ मौलिक पाङ्दुरे नाच पनि प्रस्तुत गरेका महासचिव कुमालले जानकारी दिए। उनीहरू कार्यक्रममा सहभागी हुँदा कुमाल समुदायले लगाउने आफ्नो मौलिक पोसाकमा प्रस्तुत भएका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending