चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढ-मुग्लिन सडक खण्डमा परिचालन गरेको तत्काल प्रतिकार्य समूह आरएटी प्रति स्थानीय प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज एक सूचना जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले कुनै अमुक दल तथा सोअन्तर्गतका सङ्गठनको पहिरो पन्छाउन सहयोग नलिइएको र लिन स्वीकृत पनि नदिइएको बताए । उक्त सडक खण्डअन्तर्गत कालीखोलामा मङ्गलबार लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएकामा स्थानीय प्रशासन, प्रहरीको टोली तथा राज्यका अङ्गको पहलमा पहिरो पन्छाई सडक सञ्चालन गरिएको पनि उनले बताए । अहिले ट्राफिक व्यवस्थापनको कार्यसमेत नियमित रुपमा भइरहेको जनाउँदै प्रजिअ पौडेलले यस कार्यका लागि सरकारी निकाय सक्षम रहेको बताए ।
सूचनामा भनिएको छ, ‘पहिरो पन्छाई सडक सञ्चालन भइसकेको र ट्राफिक व्यवस्थापनसमेत नियमित रुपमा भइरहेकामा कुनै अमुक दल वा सोअन्तर्गतका संगठनको सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको जानकारी गराइन्छ ।’ रास्वपा आबद्ध युवाले आरएटी लेखिएको सञ्चार उपकरण वाकिटकी सहित फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएकामा पहिरो पन्छाउँदा प्रयोग गरिएका उक्त सामग्री स्वीकृति र दर्ता भए-नभएको समेत छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको सूचनामा जनाइएको छ ।
‘प्रकृतिक विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अङ्गहरु सक्षम रहेको जानकारी गराउँदछौँ । ठूला विपद्का घटनामा राजनैतिक दल, नागरिक समाजलगायत सर्वसाधारणबाट समेत सहयोग लिन सकिने छ’, सूचनामा भनिएको छ, ‘“यसरी सहयोग लिँदा कुनै दल विशेष वा सङ्गठनको परिचयपत्र विना स्वयम् सेवामा खटिने व्यक्तिले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृत लिई सुरक्षाकर्मीसँगको समन्वयमा उद्धार कार्यमा खटिन सक्ने छन् ।’
रास्वपा पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ मा निर्वाचित भएको एक सय दिनमा यहाँ आयोजना गरिएको कार्यक्रममा जनहितका लागि कार्यक्रम घोषणा गरिएको बताएका थिए । सोही कार्यक्रमअन्तर्गत आरएटी परिचालन गरिएको थियो ।
सोही दिन मोबाइल क्लिनिकमा प्रयोग भएको एम्बुलेन्स विवादमा परेपछि परिवर्तन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: