काठमाडौं । विभिन्न स्थानमा मृत अवस्थामा सात जनाकाे शव भेटीएकाे छ । अछाम, सप्तरी, सिरहा, सर्लाही र पाल्पा लगायतका जिल्लामा ७ जनाकाे शव भेटीएकाे हाे ।
अछामकाे सरानी खोलाको किनारामा मेल्लेख गाउँपालिका-४ बोरागाउँ बस्ने ४० वर्षीया सुना साउद मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी सप्तरीकाे अग्निसाईर कृष्णसवरण गाउँपालिका-५ धिमार टोल बस्ने २२ वर्षीया कबिता सदा सोही गाउँपालिका-६ राई खोलास्थित आँपको फुलबारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
शनिबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएकाे छ ।
यस्तै सिरहाकाे मिर्चैया नगरपालिका-६ कटारी जाने बाटोस्थित शम्भु होटलको छेउमा मोरङ विराटनगर उपमहानगरपालिका-१० बस्ने २५ वर्षीय सिद्धान्त भट्टराई गएराति मृत अवस्थामा फेला परेका छन् । आफ्नै को १ च९१७२ नम्बरको पिकअप गाडीमा कपी लोड गरी बिक्रीवितरण गर्न चालकसहित आएका उनी बास बसेको उक्त होटल नजिकै मृत फेला परेका हुन् ।
यसैगरी सर्लाहीकाे हरिपुर्वा नगरपालिका-७ स्थित बाके खोलाको किनारमा सोही नगरपालिका-९ बस्ने ६० वर्षीय भोला चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
डोटीकाे दिपायल सिलगढी नगरपालिका-३ बरलदेउस्थित सेती नदीको किनारमा अन्दाजी ३० वर्षीय पुरुष मंगलबार वेवारीसे अवस्थामा मृत फेला परेका छन् । उनकाे पहिचानकाे लागि प्रहरीले साेधपुछ गरी रहेकाे बताइएकाे छ ।
यसै गरी पाल्पामा पनि एक पुरुषकाे शव बेवारीसे अवस्थामा फेला परेकाे छ । रामपुर नगरपालिका-८ खोरियाघाटस्थित कालिगण्डकी नदी किनारमा अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएकाे छ ।
यसै गरी रुपन्देहीकाे शुद्धोधन गाउँपालिका-१ बेलवास्थित इन्गुरिया खोलामा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । सोही ठाउँ बस्ने ५१ वर्षीय रामवृज लोधको मंगलबार साँझ मृत्यु भएको छ ।
यता झापाकाे अर्जुनधारा नगरपालिका-५ मा पनि खाेलामा डुबेर एक जनाकाे मृत्यु भउकाे छ । ५९ वर्षीय जंग बहादुर तामाङको बिरिङ खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: