Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

सल्यानमै पहिलो पटक छत्रेश्वरीमा शिक्षण सिकाई बडापत्र अनुसार पठनपाठन

स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तयार हुँदै

खबरडबली संवाददाता

सल्यान । सल्यान जिल्लामै पहिलो पटक छत्रेश्वरी गाउँपालिकाले शिक्षण सिकाई वडापत्र लागू गरेको छ । कक्षाकोठाको शिक्षण सिकाई क्रियाकलापदेखी समग्र विद्यालय क्षेत्रको शैक्षिक गतिविधि सुधार गर्ने उद्देश्य सहित शिक्षण सिकाई वडापत्र कार्यान्वयनमा ल्याइएको  हाे ।

छत्रेश्वरीको शिक्षा क्षेत्र योजना अन्तर्गत तयार गरेर लागू भएको शिक्षण सिकाई वडापत्रले शिक्षण सिकाइमा सहजीकरण गर्ने र सबै विद्यालयको पठनपाठनमा एकरुपता आउने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । शैक्षिक क्षेत्रको उन्नती र विकासका लागि सबै सरोकारवालासंग समन्वय गर्दै अघि बढ्ने उनको भनाई छ ।

छत्रेश्वरी गाउँपालिकाभित्रका सबै विद्यालयमा शिक्षण सिकाई वडापत्र राखिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शिक्षा अधिकृत केशर बहादुर वलीले भने, ‘एकाई योजना र पाठ योजना निर्माण गरी शिक्षण सिकाई सहजिकरण गर्न पनि बडापत्रले शिक्षकलाई महत्वपूर्ण सहयोग पुर्याउने छ । हाम्रो पालिकाका ३९ वटै विद्यालयमा शिक्षण सिकाई वडापत्र राखिएको छ ।’ छत्रेश्वरी गाउँपालिकामा ४० वटा सामुदायीक विद्यालय मध्ये एउटा विद्यालयमा वालविकास केन्द्र मात्रै सञ्चालनमा रहेको छ ।

गाउँपालिकाभित्र रहेका कक्षा १ देखी ५ सम्मका एकिकृत शिक्षक तथा कक्षा ६ देखि १० सम्मका विषयगत शिक्षकहरु सहित त्रैमासिक रुपमा शिक्षण सिकाई योजना बनाएर बडापत्र तयार गरिएको शिक्षा अधिकृत वलीले बताए । बडापत्र अनुसार पठनपाठन भएनभएको बारे पालिकास्तरबाट नियमित रुपमा अनुगमन तथा सहजिकरण हुने समेत उनको भनाई छ ।

छत्रेश्वरी गाउँपालिकाले यस वर्ष स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पनि निर्माणको तयारी गरेको छ । गत वर्षदेखी कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

 

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE