सल्यान । सल्यान जिल्लामै पहिलो पटक छत्रेश्वरी गाउँपालिकाले शिक्षण सिकाई वडापत्र लागू गरेको छ । कक्षाकोठाको शिक्षण सिकाई क्रियाकलापदेखी समग्र विद्यालय क्षेत्रको शैक्षिक गतिविधि सुधार गर्ने उद्देश्य सहित शिक्षण सिकाई वडापत्र कार्यान्वयनमा ल्याइएको हाे ।
छत्रेश्वरीको शिक्षा क्षेत्र योजना अन्तर्गत तयार गरेर लागू भएको शिक्षण सिकाई वडापत्रले शिक्षण सिकाइमा सहजीकरण गर्ने र सबै विद्यालयको पठनपाठनमा एकरुपता आउने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । शैक्षिक क्षेत्रको उन्नती र विकासका लागि सबै सरोकारवालासंग समन्वय गर्दै अघि बढ्ने उनको भनाई छ ।
छत्रेश्वरी गाउँपालिकाभित्रका सबै विद्यालयमा शिक्षण सिकाई वडापत्र राखिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शिक्षा अधिकृत केशर बहादुर वलीले भने, ‘एकाई योजना र पाठ योजना निर्माण गरी शिक्षण सिकाई सहजिकरण गर्न पनि बडापत्रले शिक्षकलाई महत्वपूर्ण सहयोग पुर्याउने छ । हाम्रो पालिकाका ३९ वटै विद्यालयमा शिक्षण सिकाई वडापत्र राखिएको छ ।’ छत्रेश्वरी गाउँपालिकामा ४० वटा सामुदायीक विद्यालय मध्ये एउटा विद्यालयमा वालविकास केन्द्र मात्रै सञ्चालनमा रहेको छ ।
गाउँपालिकाभित्र रहेका कक्षा १ देखी ५ सम्मका एकिकृत शिक्षक तथा कक्षा ६ देखि १० सम्मका विषयगत शिक्षकहरु सहित त्रैमासिक रुपमा शिक्षण सिकाई योजना बनाएर बडापत्र तयार गरिएको शिक्षा अधिकृत वलीले बताए । बडापत्र अनुसार पठनपाठन भएनभएको बारे पालिकास्तरबाट नियमित रुपमा अनुगमन तथा सहजिकरण हुने समेत उनको भनाई छ ।
छत्रेश्वरी गाउँपालिकाले यस वर्ष स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पनि निर्माणको तयारी गरेको छ । गत वर्षदेखी कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...
पौष १ गते, २०८२ - ०९:४७
८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रमा २ हजार ३ सय क्यामरा जडान
पौष १ गते, २०८२ - ०८:५२
जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा– १ मा पहिलो बायो प्लास्टिक उद्योग सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सो...
पौष १ गते, २०८२ - ०८:५२
काठमाडौं । नेपाली राजनीति फेरि एकपटक निर्णायक संक्रमणकालीन मोडमा प्रवेश गरेको छ। दशकौँदेखि सत्ता र राजनीतिका केन्द्रमा रहेका परम्परागत दलहरू—नेपाली का...
पौष १ गते, २०८२ - ०८:४८
५० वर्षे राजनीतिमा ईश्वर पोखरेलको ‘अन्तिम दाउ’, अध्यक्षमा उम्मेदवारी
पौष १ गते, २०८२ - ०८:२६
५० बिघाभन्दा बढी उखुबाली नष्ट, करिब ३ करोडको क्षति
पौष १ गते, २०८२ - ०८:०५
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने भएको छ। यसअघि दिउँसो १ बजेदेखि मतदान हुने भनिए पनि प्र...




प्रतिकृया लेख्नुहोस्: