पोखरा । गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ । पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो ।
आव २०७८/७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमात्रै उत्पादन भएको छ । जुन छ दशमलब १४ प्रतिशतले कमी हो ।
मासुको उत्पादनमा पनि आठ दशमलव ४७ प्रतिशतले कमी आएको छ । आव २०७८र७९ मा ६२ हजार दुई सय ६० मेट्रिक टन उत्पादन भएकामा गत आवमा जम्मा ५६ हजार नौ सय ८७ मेट्रिक टन मासु उत्पादन भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आव २०७८/७९ मा ३४ करोड ३७ लाख गोटा अण्डा उत्पादन भएको थियो । गत आवमा त्यो सङ्ख्या घटेर २४ करोड ५० लाख गोटामा सीमित भएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए । अण्डा उत्पादनमा एकै वर्षमा २८ दशमलब ७२ प्रतिशतले गिरावाट आएको उनको भनाइ छ ।
“दानाको मूल्यवृद्धि र चल्लाको उपलब्धतामा कमी आएका कारण अण्डाको उत्पादन घटेको हो”, डा न्यौपानले भने, “गाईभैँसीमा फैलिएको लम्पी स्किनका रोगको प्रकोपका कारण दूध उत्पादनमा कमी आएको हो, यो रोग छिट्टै नियन्त्रणमा आउन नसके यसवर्ष पनि दूध उत्पादनमा असर गर्न सक्छ ।” उक्त रोग नियन्त्रणका लागि प्रदेश सरकार, स्थानीय तह र किसान आफैले पनि खोप अभियान सञ्चालन गरिरहेका छन् । उक्त रोगको सङ्क्रमणका कारण गण्डकी प्रदेशमा हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तु मरेका छन् भने ३१ हजार तीन सय पाँच निको भएका छन् । ३८ हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् ।
गत आवमा अफ्रिकन स्वाइन फ्लुका कारण ठूलो सङ्ख्यामा बङ्गुर मरेका कारण पनि मासुजन्य उत्पादनमा ह्रास आएको डा न्यौपानले बताए । “गत आवमा १८ हजार २० बङ्गुर मर्दा झण्डै रु २४ करोडको क्षति भएको हाम्रो अनुमान छ”, उनले भने, “अहिले अफ्रिकन स्वाइल फ्लु नियन्त्रणमा आइसकेको छ ।” उक्त रोगबाट प्रदेशभित्र २२ हजार ६६ बङ्गुर सङ्क्रित भएका थिए ।
संयक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा भने गण्डकी प्रदेश पशुजन्य उत्पादनमा आत्मनिर्भर बनेको छ । मापदण्डअनुसार एक व्यक्तिलाई प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा आव २०७८/७९ मा एक सय १७ र गत आवमा एक सय १० लिटर दूध उपलब्ध भएको पाइएको छ ।
एक वर्षमा एक व्यक्तिलाई न्यूनतम १४ किलो मासु चाहिनेमा आव २०७८/७९ मा २६ किलो र गत आवमा २४ किलो उपलब्ध भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । वर्षमा एक व्यक्तिलाई न्यूनतम ४८ गोटा अण्डा आवश्यकता पर्नेमा आव २०७८र७९ मा एक सय ४३ र गत आवमा एक सय एक गोटा अण्डा उपलब्ध भएको भएको देखिन्छ ।
वर्षमा एक व्यक्तिलाई एक सय ५० लिटर दूध उपलब्ध गराउने प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको लक्ष्य भने अझै पूरा हुनसकेको छैन । मासु २० किलो र अण्डा ६० गोटा पुर्याउने उक्त योजनाको लक्ष्य भने पूरा भएको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: