चितवन । पूर्वी चितवनबाट नारायणगढसम्मको यात्रालाई एउटै सवारी साधनमा पुग्ने व्यवस्था मिलाउन माग गरिएको छ । नेकपा (एमाले)का पूर्वी चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई नारायणगढसम्मै जान दिन माग गरेका हुन् ।
नारायणगढसम्म आउन दुई सवारीसाधन प्रयोग गर्नुपर्ने र खर्च पनि बढी हुँदा यात्रु मारमा परेको जनाउँदै उनीहरूले सोमबार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई भरतपुरको केन्द्रीय बसपार्कमा नै रोक्ने र त्यहाँबाट अटो वा म्याजिकमा बजार, अस्पताल तथा सरकारी कार्यालयमा जानुपर्ने बाध्यता रहेको जनाउँदै त्यसलाई सच्चाउन माग गरिएको चितवन क्षेत्र नं १ का प्रदेशसभा सदस्य एवं एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।
उनले पूर्वी चितवनबाट आएका जनतालाई बसपार्कमा झारेर नियतवश दु:ख दिइएकाले तत्कालै नारायणगढसम्म यात्रुवाहक बसलाई जान दिनुपर्ने माग गरे । बसपार्कमा झरेका यात्रुलाई म्याजिक र अटोले मनपरी भाडा असुल गरेको जनाउँदै यो मर्का सहन पूर्वी चितवनवासी तयार नभएको एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले बताए । “एउटै जिल्लामा भएर पनि भरतपुर आउँदा पूर्वी चितवनवासीमाथि दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार भएकाले यसलाई यथाशिघ्र छिटो सच्याइनुपर्छ । ” उनले भने ।
एमालेले ज्ञापनपत्रमार्फत जनताको दैनिक जीविकासँग जोडिएका विषयसमेत सातवटा बुँदामा उठाएको छ । चितवनमा देखिएको मल, बीउ, कृषि सामग्रीको अभाव भएको भन्दै यस विषयमा आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ । यस्तै चितवनमा देखिएको डेङ्गु र आँखा पाक्ने रोग न्यूनीकरण गर्न सरकार सचेत हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
“चितवनमा डेङ्गु र आँखा पाक्ने रोग समस्याका रूपमा फैलिने खतरा रहेकाले जनताको स्वास्थ्यको जिम्मवारी लिएको सरकारले रोगप्रति उदासिन र आवश्यक सतर्कतामा कमी देखिएकाले जनतालाई सुसूचित गरी रोकथाम र उपचारको उचित र पर्याप्त व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ”, ज्ञापनपत्रमा भनिएको छ । पार्टीले सरकारी कार्यालय तथा सार्वजनिक संस्थानबाट हुने सेवालाई प्रभावकारी बनाउन माग गरेको छ ।
सिँचाइ अभावले पश्चिम चितवनका किसानले हालसम्म रोपाइँ गर्न नपाएको भन्दै खगेरी सिँचाइ र नारायणी लिफ्ट सिँचाइलाई पूर्ण क्षमतामा सञ्चालन गर्न भनिएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न माग गरिएको छ । “अहिले दैनिक उपभोग्य खाद्यान्न दाल, चामल, तरकारी खानेतेललगायतका वस्तुको अत्यधिक मूल्यवृद्धि भई सामान्य जनताको चुलो बल्न नसक्ने स्थिति सिर्जना हुँदै गइरहेकाले महँगी र कालोबजारीलाई नियन्त्रण गर्न माग गर्दछौँ”, ज्ञापनपत्रमा भनिएको छ । भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नसमेत माग गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: