काठमाडौं । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । ऐन आएको थाहा पाएर आमाको नाउँमा नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा आउनेहरू नियमावली नआएपछि नागरिकता नलिई फर्किनुपरेको छ।
त्यसैगरी बाबु बेपत्ता भएका, पितृत्व र मातृत्व ठेगाना नभएका सन्तानले नागरिकता पाउन सकेका छैनन्। ऐन बनेपछि जन्मसिद्धका सन्तानले नागरिकता पाउनेबाहेक अन्य प्रकृतिको नागरिकता पाउन सकेका छैनन्।
नियमावली आएपछि आमाको नाउँमा नागरिकता लिन आउनु भनेर कार्यालयले फर्काउने गरेको सेवाग्राहीहरू बताउँछन्। ललितपुर महानगरपालिका १६ का ६५ वर्षीय रुकमणि महर्जनले नेपालमा नै जन्मिएर नेपालमा नै बस्दै आएका आफ्ना ३८ वर्षीय छोरालाई अझै पनि नागरिकता दिलाउन सकेको छैन।
भारतीय नागरिकसंग विवाह गरी नेपालमा बस्दै आएका रुकमणिकोे श्रीमान्को मृत्यु भएको १५ वर्ष भइसक्यो। बुबाको तर्फबाट नागरिकता नलिएका छोराले नागरिकता पाउने आशामा रुकमणि हरेक दिन वडा र जिल्ला प्रशासनमा धाउँदै आएका छन्।
नियमावलीको मस्यौदाको विषयमा प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गर्दा साउनको दोस्रो सातासम्म नियमावली तयार भएर आउने गृह मन्त्रालयले जानकारी दिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।
ऐनमा आमाको नाउँमा नागरिकता दिने, मातृत्व र पितृत्व ठेगान नभएको तर नेपाल सरहदभित्र जन्मिएको सन्तानलाई नागरिकता दिने, विदेशीसँग बिहे गरेको नेपाली नागरिक महिलाबाट जन्मिएको सन्तानलाई नागरिकता दिने, गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिने प्रावधान रहेको छ।
यद्यपि, नियमावली तयार भएर नआएकोले यी प्रकृतिको नागरिकता दिन नसकिएको बताउँदै प्रमुख जिल्ला अधिकारी पण्डितले भने– ‘चाँडै नियमावली आउने प्रतिक्षामा छौं।’ उनका अनुसार ऐनअनुरूप नागरिकता वितरण गर्न साउन दोस्रो सातासम्म नियमावली तयार भएर आउने जानकारी प्राप्त भएको छ । गृह मन्त्रालयले यसअघि भर्चुअल बैठकमार्फत् ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग नियमावलीलगायतका विषयमा छलफल गरेको थियो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: