Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

प्रधानमन्त्री प्रचण्डले बाह्य देशसँग गरेको सम्झौता हामीले कहिल्यै थाहा पाइँदैन: ओली

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थप्रधान भयो, राष्ट्रिय हितप्रधान भएन

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका प्रधानमन्त्रीहरूले बाह्‍य देशहरूसँग गरेका सम्झौताबारे कसैलाई थाहै नहुने बताएका छन् ।

शनिबार एमाले परराष्ट्र मामिला विभागले गरेको वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति विषयक प्रवचन कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले पनि हालै भएको भारत भ्रमणमा गरेका सम्झौताबारे थाहा नदिएको आरोप लगाए । ओलीले भने, ‘हामी परराष्ट्र मामिलाको विषय आउने बित्तिकै एकजुट हुने कुरा गरिरहेका हुन्छौं । तर प्रधानमन्त्रीहरूले वा सरकारले बाहृय देशहरूसँग के–के सम्झौता गर्छ, थाहै पाइँदैन । कि त भइसकेपछि थाहा हुन्छ, केही त कहिल्यै थाहा पाइँदैन ।’

उनले परराष्ट्र मामिलामा प्रधानमन्त्रीहरू संविधान र कानुनले असहज हुने अवस्थामा राष्ट्रिय हित छोडेर सत्ता स्वार्थमा केन्द्रित सम्झौता र समझदारी गर्न समेत पछि नपर्ने गरेको दाबी गरे ।

‘अहिलेका प्रधानमन्त्री भर्खर भारत गएर आउनुभयो तर ईपीजी प्रतिवेदनका विषयमा कुरा उठाउनु नै भएन । हाम्रो भूगोलको बारेमा, सीमाका विषयमा टुंगो लगाउनुपर्ने थियो, त्यो लागेन । यस्ता थुप्रै विषयहरु छन्, नेपाली आवश्यकता र नेपालको हितको कुराहरु छन्, त्यसमा कुनै पनि पहल भएन, यति कमजोरी देखाइयो, कि उहाँको भ्रमण सत्ता स्वार्थप्रधान भयो, राष्ट्रिय हितप्रधान भएन ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE