काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । कमलादीस्थित प्रज्ञा भवनमा बुधबारदेखि जारी बैठकमा ५८ जनाले आ(आफ्नो धारणा राखिसकेका छन् । बाँकीले आफ्नो भनाइ राख्ने क्रम जारी रहन्छ ।
अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता, रुपान्तरणमा जोड दिएका छन् । मंसिरमा हुने विधान सम्मेलन, विशेष महाधिवेशन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीबारेमा पनि छलफल भइरहेका छन् ।
बैठकमा केन्द्रीय सदस्य परशुराम रम्तेलले पार्टी प्रणालीमा नलचेको भन्दै नेतृत्वको आलोचना गरे । केन्द्रीय सदस्य नरबहादुर बिष्टले पार्टीबाट मन्त्री बनेको नेतृत्वले कसरी जनस्तरलाई सेवा दिए त्यसको समिक्षा हुनुपर्ने माग गर्दै त्यसका लागि पार्टी अध्यक्ष प्रचण्ड तीन दिन रोल्पामा बस्न तयार हुनुपर्ने बताए ।
उनले भने, ‘अहिलेको तरिकाले कुनै पनि हालतमा समाजवाद आउदैँन । प्रचण्ड हुदाँ यो पार्टी चल्छ त्यसपछि कसको हिम्मत छ? त्यसैले पदाधिकारीले आत्मालोचना गर्नुस ।’ उनले राजकीय पदमा गएको नेतृत्वले दलाललाई समय दिए पनि नेता कार्यकर्तालाई भने समय नदिने गरेको गुनासो गरे ।
अर्का केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले माओवादी पार्टी लथालिंग र भताभुंग अवस्थामा पुगेको बताउदैँ आफुहरु आशा र निराशाको दोसाधमा रहेको बताए । केन्द्रीय सदस्य लक्ष्मी पुनले भष्ट्रचार विरुद्ध सरकार निर्मम हुनुपर्ने भन्दै सरकारको कामले माओवादीलाई २०६३ सालतिर फर्किन्छ भन्ने आशा जगाएको बताईन । तर उनले नेतृत्व पुस्तान्तरण आवश्यक रहेकोमा जोड दिईन ।
केन्द्रीय सदस्य शिबकुमार डाँगीले पार्टीका नेता उत्पादनतिर भन्दा बिचौलियाको भूमिका बढी निर्वाह गरिरहेको टिप्पणी गर्दै नेता तथा कार्यकर्तासँगै नेतृत्व बिचारमा नै विग्रीएको दाबी गरे । उनले नेकपा एमालेसँगको एकताको समिक्षा आवश्यक रहेकोमा पनि जोड दिए ।
अर्का केन्द्रीय सदस्य जगत सिम्खडाले पार्टी गुट उपगुटमै अल्झिएको बताए । उनले प्रचण्ड सबै कुरामा सफल भए पनि संगठन असफल भएको बताए ।
उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले भने पार्टी बनाउने वा विघटन गर्ने अवस्थामा पुगेको बताए । उनले जनतामा परेको प्रभावलाई पुँजीकरण गर्न नसकिएको बताए ।
नेता कार्यकर्ता शहरमुखी भएकाले माओवादी बिग्रीएको बताए । उनले भने, ‘शहरमूखी भएकाले माओवादी विग्रेको हो । गाउँ फर्किन हामी तयार छौ वा छैनौ पार्टीको भविष्य त्यसैमा छ । त्यसैले हामी जनतामै गएर सच्चिनुपर्छ ।’
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: