काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन् । नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ नियमित आपुर्तिका लागि पहल गर्ने स्पष्ट पारे ।
करिब एक सय वर्षदेखि सैन्य सामग्री उत्पादन र अनुसन्धानमा संलग्न हुनुले नेपाली सेना र यसमा काम गर्ने जनशक्तिको गौरव बढेको भन्दै उनले सैनिक सामग्री निर्माण र अनुसन्धान गर्दा व्यक्तिगत सुरक्षालाई उच्च प्रथमिकता दिन आग्रह गरे । निरीक्षणका क्रममा उनले केही वर्षदेखि विकास निर्माणमा समेत प्रयोग हुने विस्फोटक पदार्थको उत्पादन कच्चा पदार्थको अभावमा रोकिएपनि त्यसलाई खुलाउन सरकारले चाँडै पहल गर्ने समेत जानकारी दिए ।
नेपाली सेनाका लागि हातहतियार तथा विस्फोटक पदार्थ उत्पादन गर्ने स्वयम्भू बारुदखानाको क्षमता बढाउन आवश्यक भएको भन्दै उनले नीतिगत निर्णयका लागि सरकार सधैँ सकारात्मक रहेको स्पष्ट पारे । सो अवसरमा उपप्रधामन्त्री खड्काले बारुदखानाको ल्याव तथा उत्पादनस्थल निरीक्षण गर्नुका साथै सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए । निरीक्षणका क्रममा उपप्रधानमन्त्री खड्कासहित प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मासहित उच्च सैनिक अधिकारीको समेत सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: