Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सुन प्रकरणमा सरकारकै संयन्त्रमाथि अविश्वास गरेर एमालेले किन माग्दैछ उच्चस्तरीय छानबिन समिति ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राखेपछि सुन तस्करी प्रकरण पेचिलो बनेको छ। माग पूरा नहुँदासम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने उसको अडानका कारण बैठक अर्को साताको निम्ति सरेको छ।

अवरोधको सम्भावनाका कारण लगातार दोस्रो दिन बैठक नबसेरै सारिएको हो। एमालेले आफ्नो अडान नछाड्दा प्रतिनिधिसभा बैठक प्रभावित भएपछि सभामुखले सहमतिको निम्ति मङ्गलवार कार्यव्यवस्था परामर्श समितिको बैठक आयोजना गरेका थिए।

तर सत्तारूढ पक्ष त्यसका लागि तयार नभएपछि समिति गठनबारे अन्योल कायम छ।

अरू माग कस्तो ?

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख नेताहरूले एमालेको मागलाई औचित्यहीन मानेका छन्। तर कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका सांसद उदय शमशेर जबरा उच्चस्तरीय छानबिनको पक्षमा देखिएका छन्।

एमालेको माग र आफ्नै दलका केही सांसदको स्वर मिलेको विषयमा प्रतिक्रिया माग्दा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, “प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग पनि छलफलमा छौँ। हेरौँ के हुन्छ।”

आफ्नो नाम मुछिएपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले त आफू जुनसुकै छानबिनको निम्ति तयार रहेको प्रतिक्रिया दिएका छन्। उनले संसदीय, न्यायिक वा अन्य उच्चस्तरीय छानबिनको निम्ति आफू र आफ्नो दल तयार रहेको संवाददाताहरूलाई बताए।

तर माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, “सरकारले छानबिन गरिरहेको छ। अर्को समिति किन चाहियो?”

नयाँ समितिसँग किन डर?

कतिपय माओवादी नेताहरूले छानबिन समितिको एमालेको मागलाई लिएर उसकै नियतमाथि शङ्का व्यक्त गरिरहेको पाइन्छ। सरकारलाई सुन प्रकरणको छानबिनबारे धारणा राख्न दिने सोमवार सहमति भएको तर एमाले पछि हटेको बताउँदै माओवादी नेता पाण्डेले भने, “नयाँ समितिले त अहिले भइरहेको छानबिनलाई बिथोल्ने, गिजोल्नेतिर पो लग्छ।”

उनले अहिले भइरहेको छानबिन टुङ्गोमा पुगिसकेपछि चित्त नबुझेमा उच्चस्तरीय छानबिनको विकल्पमा जान सकिने बताए। तर एमालेका प्रमुख सचेतक पदम गिरीले अहिले चलिरहेको अनुसन्धानलाई निरन्तरता दिनेगरी समिति बनाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको सुनाए।

उनले भने, “यसले बृहत् स्तरमा छानबिन गर्छ, नीतिगत सुधार गर्नुपर्ने भए सुझाव दिन्छ। जारी अनुसन्धानमा हस्तक्षेप गर्ने कुरा हुँदैन। तर कुनै त्रुटि भए औँल्याउँछ।”

गिरीका अनुसार छानबिन समिति न्यायिक पनि हुनसक्छ। त्यसमा व्यावसायिक दक्षता र स्वच्छ छविका पूर्व न्यायाधीश, पूर्व सुरक्षा अधिकारी वा पूर्व गृह सचिवहरू रहने उनको भनाइ छ।

सरकारकै संयन्त्रमा अविश्वास

अहिले प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै उक्त विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याइएको थियो।

सङ्गठित अपराध पनि भएकाले प्रहरीले पनि अनुसन्धान गर्न सक्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बीबीसीलाई बताएका थिए। तर एमालेले राज्यकै निकायको अनुसन्धानलाई किन अविश्वास गरिरहेको छ त?

एमालेका मुख्य सचेतक गिरीले भने, “स्पष्ट भन्दा अहिलेका मन्त्रीहरू समेत संलग्न रहेको आशङ्का छ, सरकारका संयन्त्रले उनीहरूसँग सोधपुछ गर्न सक्ने देखिन्न।” यसअघिको एउटा सुन तस्करीका अभियुक्तसँग एक माओवादी नेताको तारन्तार सम्पर्क रहेको विवरण पाउँदा पनि प्रहरीले बयान नलिएको उनको भनाइ छ।

“गृह मन्त्रालयमातहतको अङ्गबाट त्योभन्दा धेरै अपेक्षा गर्न हुन्न,” पूर्वगृहसचिव उमेश मैनाली भन्छन्, “उनीहरू एउटा तहसम्म जान सक्छन्, त्योभन्दा माथि जानुपर्‍यो भने गाह्रो हुन्छ। आफ्नो विभागीय आदेश मान्दिनँ भन्ने अवस्था हुँदैन।”

के हो विकल्प?

एमाले नेता पदम गिरी सुन तस्करी प्रकरणमा मन्त्री, नेता र उच्च अधिकारी संलग्न रहेको र विदेशसम्म यसको जालो फैलिएको ठान्छन्। उनले भने, “त्यहाँसम्म पुगेर पनि अध्ययन-अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने र भविष्यमा यस्ता तस्करी हुन नदिन आवश्यक सुझाव दिन सक्ने समिति आवश्यक छ भनेर हामीले भनेको हो।”

पूर्वसचिव मैनाली संसदीय समितिले भने अनुसन्धान गर्न नसक्ने बताउँछन्। ऐनको व्यवस्थाअनुसारको न्यायिक समिति नै बनाउनुपर्ने उनको मत छ। तर व्यापक अधिकार हुने भएकाले त्यस्तो समितिले काम थाल्दा हाल चलिरहेको अनुसन्धान पनि प्रभावित हुनसक्ने उनले बताए।

“उसले अहिलेसम्म फेला परेका प्रमाणहरू माग्न थाल्छ,” मैनाली भन्छन्, “अहिलेको अनुसन्धान फितलो हुन्छ, त्यसैले कि ती सरकारकै निकायलाई विश्वास गर्नुपर्‍यो अन्यथा तत्काल न्यायिक समिति बनाइहाल्नुपर्छ। नत्र अनुसन्धान भद्रगोल हुन्छ।”

तर दलहरूको परस्परविरोधी अडानले सुन प्रकरणको अनुसन्धान र तस्करीमा रहेको सम्भावित राजनीतिक संरक्षणबारे जनमानसमा थप अन्योल सिर्जना गर्न सक्ने देखिन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending