Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सुन प्रकरणमा सरकारकै संयन्त्रमाथि अविश्वास गरेर एमालेले किन माग्दैछ उच्चस्तरीय छानबिन समिति ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राखेपछि सुन तस्करी प्रकरण पेचिलो बनेको छ। माग पूरा नहुँदासम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने उसको अडानका कारण बैठक अर्को साताको निम्ति सरेको छ।

अवरोधको सम्भावनाका कारण लगातार दोस्रो दिन बैठक नबसेरै सारिएको हो। एमालेले आफ्नो अडान नछाड्दा प्रतिनिधिसभा बैठक प्रभावित भएपछि सभामुखले सहमतिको निम्ति मङ्गलवार कार्यव्यवस्था परामर्श समितिको बैठक आयोजना गरेका थिए।

तर सत्तारूढ पक्ष त्यसका लागि तयार नभएपछि समिति गठनबारे अन्योल कायम छ।

अरू माग कस्तो ?

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख नेताहरूले एमालेको मागलाई औचित्यहीन मानेका छन्। तर कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका सांसद उदय शमशेर जबरा उच्चस्तरीय छानबिनको पक्षमा देखिएका छन्।

एमालेको माग र आफ्नै दलका केही सांसदको स्वर मिलेको विषयमा प्रतिक्रिया माग्दा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, “प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग पनि छलफलमा छौँ। हेरौँ के हुन्छ।”

आफ्नो नाम मुछिएपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले त आफू जुनसुकै छानबिनको निम्ति तयार रहेको प्रतिक्रिया दिएका छन्। उनले संसदीय, न्यायिक वा अन्य उच्चस्तरीय छानबिनको निम्ति आफू र आफ्नो दल तयार रहेको संवाददाताहरूलाई बताए।

तर माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, “सरकारले छानबिन गरिरहेको छ। अर्को समिति किन चाहियो?”

नयाँ समितिसँग किन डर?

कतिपय माओवादी नेताहरूले छानबिन समितिको एमालेको मागलाई लिएर उसकै नियतमाथि शङ्का व्यक्त गरिरहेको पाइन्छ। सरकारलाई सुन प्रकरणको छानबिनबारे धारणा राख्न दिने सोमवार सहमति भएको तर एमाले पछि हटेको बताउँदै माओवादी नेता पाण्डेले भने, “नयाँ समितिले त अहिले भइरहेको छानबिनलाई बिथोल्ने, गिजोल्नेतिर पो लग्छ।”

उनले अहिले भइरहेको छानबिन टुङ्गोमा पुगिसकेपछि चित्त नबुझेमा उच्चस्तरीय छानबिनको विकल्पमा जान सकिने बताए। तर एमालेका प्रमुख सचेतक पदम गिरीले अहिले चलिरहेको अनुसन्धानलाई निरन्तरता दिनेगरी समिति बनाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको सुनाए।

उनले भने, “यसले बृहत् स्तरमा छानबिन गर्छ, नीतिगत सुधार गर्नुपर्ने भए सुझाव दिन्छ। जारी अनुसन्धानमा हस्तक्षेप गर्ने कुरा हुँदैन। तर कुनै त्रुटि भए औँल्याउँछ।”

गिरीका अनुसार छानबिन समिति न्यायिक पनि हुनसक्छ। त्यसमा व्यावसायिक दक्षता र स्वच्छ छविका पूर्व न्यायाधीश, पूर्व सुरक्षा अधिकारी वा पूर्व गृह सचिवहरू रहने उनको भनाइ छ।

सरकारकै संयन्त्रमा अविश्वास

अहिले प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै उक्त विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याइएको थियो।

सङ्गठित अपराध पनि भएकाले प्रहरीले पनि अनुसन्धान गर्न सक्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बीबीसीलाई बताएका थिए। तर एमालेले राज्यकै निकायको अनुसन्धानलाई किन अविश्वास गरिरहेको छ त?

एमालेका मुख्य सचेतक गिरीले भने, “स्पष्ट भन्दा अहिलेका मन्त्रीहरू समेत संलग्न रहेको आशङ्का छ, सरकारका संयन्त्रले उनीहरूसँग सोधपुछ गर्न सक्ने देखिन्न।” यसअघिको एउटा सुन तस्करीका अभियुक्तसँग एक माओवादी नेताको तारन्तार सम्पर्क रहेको विवरण पाउँदा पनि प्रहरीले बयान नलिएको उनको भनाइ छ।

“गृह मन्त्रालयमातहतको अङ्गबाट त्योभन्दा धेरै अपेक्षा गर्न हुन्न,” पूर्वगृहसचिव उमेश मैनाली भन्छन्, “उनीहरू एउटा तहसम्म जान सक्छन्, त्योभन्दा माथि जानुपर्‍यो भने गाह्रो हुन्छ। आफ्नो विभागीय आदेश मान्दिनँ भन्ने अवस्था हुँदैन।”

के हो विकल्प?

एमाले नेता पदम गिरी सुन तस्करी प्रकरणमा मन्त्री, नेता र उच्च अधिकारी संलग्न रहेको र विदेशसम्म यसको जालो फैलिएको ठान्छन्। उनले भने, “त्यहाँसम्म पुगेर पनि अध्ययन-अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने र भविष्यमा यस्ता तस्करी हुन नदिन आवश्यक सुझाव दिन सक्ने समिति आवश्यक छ भनेर हामीले भनेको हो।”

पूर्वसचिव मैनाली संसदीय समितिले भने अनुसन्धान गर्न नसक्ने बताउँछन्। ऐनको व्यवस्थाअनुसारको न्यायिक समिति नै बनाउनुपर्ने उनको मत छ। तर व्यापक अधिकार हुने भएकाले त्यस्तो समितिले काम थाल्दा हाल चलिरहेको अनुसन्धान पनि प्रभावित हुनसक्ने उनले बताए।

“उसले अहिलेसम्म फेला परेका प्रमाणहरू माग्न थाल्छ,” मैनाली भन्छन्, “अहिलेको अनुसन्धान फितलो हुन्छ, त्यसैले कि ती सरकारकै निकायलाई विश्वास गर्नुपर्‍यो अन्यथा तत्काल न्यायिक समिति बनाइहाल्नुपर्छ। नत्र अनुसन्धान भद्रगोल हुन्छ।”

तर दलहरूको परस्परविरोधी अडानले सुन प्रकरणको अनुसन्धान र तस्करीमा रहेको सम्भावित राजनीतिक संरक्षणबारे जनमानसमा थप अन्योल सिर्जना गर्न सक्ने देखिन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending