मोरङ । मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुँदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् ।
यसैगरी लेटाङ, मिक्लाजुङ, केरावारी, कानेपोखरी, सुनवर्षी र बेलावरी पालिकामा पनि यो रोगका सङ्क्रमित देखापरेका छन् । मोरङको १७ पालिकाकामध्ये सात पालिकामा यो रोगको बिरामी देखिएको हो । जिल्लामा अहिलेसम्म यो रोगबाट कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालयका प्रमुख डा।सुरेश मेहताले जानकारी दिए ।
उनले यो रोग नियन्त्रणका लागि स्थानीय पालिकासँग समन्वय गरी कार्य गरिरहेको जानकारी दिए । प्रमुख डा।मेहताले डेङ्गु फैलाउने लामखुट्टेको लार्भा खोजी र नष्ट अभियान सुरु गर्नाका साथै विद्यालयस्तरमा जनचेतना अभियान सञ्चालन गरिएको बताए ।
कार्यालयले डेङ्गु सङ्क्रमण देखिएका स्थानमा आवश्यक जनशक्ति परिचालन र उपचारलाई तीव्रता दिनाका साथै रोग परीक्षणका लागि आवश्यक पर्ने रक्त किटहरु पालिकाको मागअनुसार पठाइसकिएको जनाएको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा अहिले तीन डेङ्गुका बिरामीको उपचार भइरहेको छ । अस्पतालमा असार १ गतेदेखि आजसम्म १५ जना डेङ्गुका बिरामी उपचारका लागि आएकामध्ये १२ जना उपचारपछि घर फर्किसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।चन्द्रलाल झाले बताए ।
यो रोगको मुख्य लक्षण ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने भएकाले अविलम्ब चिकित्सकसँग सम्पर्क गर्नुपर्ने उनको सुझाव थियो । यो रोगबाट बच्न राति झुल लगाएर सुत्ने, भान्सा कोठामा पानी जम्न नदिने, घर वरिपरि पानी जम्ने ठाउँ सफा राख्ने, पुरै बाहुला भएको लुगा लगाउनेजस्ता सुरक्षा अपनाउनुपर्ने छ ।
डेङ्गो सार्ने लामखुट्टे बिहानदेखि बेलुकासम्म बढी सक्रिय हुने भएकाले लामखुट्टेलाई लार्भा उत्पादन गर्न सहज हुने मुख्यत पानी जम्ने स्थान सफा राख्नुपर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १५:२८
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्माले आफूमाथि लागेको ‘नेपोबेबी’ अर्थात् पारिवारिक प्रभावका आधारमा अघि बढेको आरोपको खण्डन गरेका छन्। ...
जेष्ठ ५ गते, २०८३ - १५:१८
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मामाथि जारी संसदीय सुनुवाइका क्रममा नेपाली कांग्रेसले न्यायालयभित्र देखिएको बेञ्च र बारबीचको द्वन्द्...
जेष्ठ ५ गते, २०८३ - १४:५८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मासमक्ष न्यायपालिका सुधार, पारिवारिक प्रभाव, भ्रष्टाच...
जेष्ठ ५ गते, २०८३ - १४:४३
काठमाडौँ। संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरू भएको छ । समितिले मंगलबार बिहान प्रस्तावित प्रध...
जेष्ठ ५ गते, २०८३ - १४:२५
काठमाडौँ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। मंगलबार बसेको बै...
जेष्ठ ५ गते, २०८३ - १४:०३
सबै परम्परा भत्काउँदै गयौं भने संसद्को औचित्य समाप्त हुन्छ
जेष्ठ ५ गते, २०८३ - १३:४९
काठमाडौं । सर्वोच्च अदालतमा देखिएका पछिल्ला घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले सांकेतिक रूपमा लालटिन बालेर प्रदर्शन गरेका छन्। ने...
जेष्ठ ५ गते, २०८३ - १२:५९
काठमाडौं। प्रतिपक्षी दल श्रम संस्कृति पार्टी, नेपालका सांसद ध्रुवराज राईले सरकारले जनताको पीडा बेवास्ता गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बै...
जेष्ठ ५ गते, २०८३ - १२:४८
काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ...
जेष्ठ ५ गते, २०८३ - १२:३८
काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानाकर्ष...



प्रतिकृया लेख्नुहोस्: