Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

युक्रेनसँग शान्ति वार्ताका लागि रुसी राष्ट्रपति पुटिन सहमत

खबरडबली संवाददाता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा शान्ति वार्ताको अवधारणालाई अस्वीकार नगर्ने बताएका छन्। सेन्ट पिट्सबर्गमा अफ्रिकी नेताहरूलाई भेटेपछि बोल्दै उनले शान्ति वार्ताका लागि अफ्रिकीहरू र चिनियाँले गरेको पहलले पनि भूमिका खेल्नसक्ने बताए।

राष्ट्रपति पुटिनले युक्रेनी सेनाले प्रत्याक्रमण जारी राखेका बेला युद्धविराम कार्यान्वयन गर्न असहज भएको पनि बताएका छन्। युक्रेन र रुस दुवैले यसअघि केही पूर्वसर्तहरू पूरा नभइ वार्ताको टेबलमा नआउने बताएका थिए।

युक्रेन आफ्नो सिमाना सन् १९९१ का बेलामा जस्तै पुनर्स्थापित होस् भन्ने चाहन्छ भने त्यसप्रति क्रेम्लिनको गहिरो विरोध रहँदै आएको छ। त्यसको साटो वार्ताका लागि किएभले आफ्नो देशको "नयाँ भौगोलिक वास्तविकता"लाई स्वीकार गर्नुपर्ने अडान मस्कोले राख्दै आएको छ।

पुटिनले शनिवार अबेर राति पत्रकार सम्मेलनमा युक्रेनी अग्रमोर्चामा तत्काल कारबाहीको कुनै योजना नभएको बताए। उनले क्रेम्लिनको आलोचना गर्नेहरूलाई गिरफ्तार गरिएको भन्ने आरोपको पनि खण्डन गरे र केही व्यक्तिहरूले रुसलाई भित्रबाटै हानी पुर्‍याइरहेको बताए।

उक्त विस्तृत पत्रकार सम्मेलनमा रुसी राष्ट्रपतिले सञ्चारकर्मीहरूलाई यसै महिनाको सुरुमा क्राइमियाको पुलमा विस्फोट भएपछि मस्कोले त्यस्ता गतिविधि रोक्न केही हमलाहरू गरेको दाबी गरे। दुईजनाको ज्यान जानेगरी भएको उक्त घटनापछि पुटिनले त्यसलाई युक्रेनको "आतङ्कवादी" कार्य भएको दाबी गर्दै त्यसको जवाफ दिने वाचा गरेका थिए।

रुसले कब्जा गरेको प्रायद्वीपलाई उससँग जोड्ने उक्त पुलमा भएको त्यस घटनाको जिम्मेवारी आधिकारिक रूपमा किएभले लिएको थिएन। सात अफ्रिकी देशका नेता र प्रतिनिधिहरूले गत महिना युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र पुटिनलाई भेटेपछि रुस-अफ्रिका शिखर सम्मेलन भएको हो।

यसैबीच आइतवार बिहान मस्कोमा ड्रोन आक्रमणमा दुईवटा कार्यालय भवनहरू क्षतिग्रस्त भएको रुसले बताएको छ। मस्कोका मेयर सेर्गेई सोब्यानिनले आक्रमणमा कोही पनि घाइते नभएको बताएका छन्।

आक्रमणका लागि युक्रेन जिम्मेवार रहेको उनको आरोप छ। उक्त घटनापछि मस्को माथिको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो तर केही विमानस्थलहरू पुन: सञ्चालनमा आइसकेका छन्। आफ्नो पहिलो नाम लीया बताएकी एक जना प्रत्यक्षदर्शीले रोएटर्स समाचार संस्थालाई आफूले आगो र धुवाँ देखेको बताएकी छन्।

उनले भनिन्, “हामीले एउटा विस्फोट सुन्यौ र त्यो छाल जस्तै थियो, अनि सबै जनाले हाम फाले।” उनले थपिन्, “त्यसपछि त्यहाँ एकदमै धेरै धुवाँ थियो र तपाईँले केही पनि देख्नसक्ने अवस्था थिएन। माथिबाट आगो देख्न सकिन्थ्यो।”

यसैगरी युक्रेनका विभिन्न सहरहरूमा पनि क्षेप्यास्त्रहरू प्रहार भएका खबरहरू आएका छन्। किएभले आफ्ना सेनाहरू रुसले कब्जा गरेका सहरहरूतर्फ अघि बढिरहेको जनाएको छ। युक्रेनले रुसी फौजमाथिको प्रत्याक्रमणलाई जारी राखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending