ओखलढुंगा । ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो ।
ककनीमा रु छ करोड ४२ लाख ८८ हजार नौ सय ३३ को लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट आजदेखि विद्युत उत्पादन सुरु गरिएको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मिनिग्रिड उद्घाटन गर्दै यस मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशका विकट क्षेत्रमा पनि उज्यालो बनाउने अभियानमा सरकार जुटेको बताए ।
ककनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि विद्युतको समस्या रहेकाले सौर्य मिनिग्रिड आयोजना सञ्चालन गरिएको उनको भनाइ थियो । त्यस अवसरमा वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका सहायक निर्देशक डा।लक्ष्मणप्रसाद घिमिरेले परियोजनाको विस्तृत विवरण प्रस्तुत गरे । उनले आकलन गरेभन्दा निकै कम ऊर्जा खपत हुने देखिएकाले विद्युत उपभोक्तालाई ऊर्जाको उच्चतम्ख
पत गर्न लगाएर आर्थिकस्तर वृद्धि गर्न सुझाव दिए । ककनीमा विद्युत उपलब्ध गराएर एउटा महत्वपूर्ण अभिभारा पूरा गरिएको वडाध्यक्ष हितराज कार्कीले बताए । उज्यालो सुनकोशी अभियान थालेको स्थानीय सरकारले अघिल्लो कार्यकालमा रुद्र अधिकारीको नेतृत्वमा विद्युतीकरणको काम सुरु थियो । भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत् विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतीकरणको सम्भावना नहुने भएकाले वडा नं ९ का तत्कालीन वडाअध्यक्ष तथा ऊर्जा विकास उपसमितिका संयोजक झनककुमार कार्कीले सौर्य मिनिग्रिड स्थापनाको योजना बनाएर पहल गरेका थिए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागत गरी कूल रु छ करोड ४२ लाख लाख ८८ हजार नौ सय ३३ को लागतमा मिनिग्रिड स्थापना गरिएको हो । मिनिग्रिडबाट ककनीका एक सय ९१ घरधुरीका साथै स्थानीय विद्यालय र स्वास्थ्य संस्थामा समेत विद्युत् जडान गरिएको छ । मिनिग्रिड आयोजना २०७९ मङ्सिरदेखि सुरु गरिएको थियो ।
आयोजनामा गाउँपालिकाले रु ६० लाख र हाउस वायरिङका लागि वडा नं–९ ले रु दुई लाख उपलब्ध गराएको थियो । मिनिग्रीटको सुविधा नपुगेको १७ घरलाई भने ५० वाटका दरले सोलार वितरण गरिएको छ ।
विद्युत् सुविधासँगै अन्य थुप्रै सम्भावनाका स्रोत पनि थपिएको स्थानीयवासी नरबहादुर सुनुवारले बताए । केही वर्षअघिसम्म विकास बजेट नै नपुग्ने ककनीमा सडक, विद्युत्, खानेपानी, स्वास्थ्य इकाइसहितका सेवा पुगेपछि छोटो समयमै सुगम बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १५:२८
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्माले आफूमाथि लागेको ‘नेपोबेबी’ अर्थात् पारिवारिक प्रभावका आधारमा अघि बढेको आरोपको खण्डन गरेका छन्। ...
जेष्ठ ५ गते, २०८३ - १५:१८
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मामाथि जारी संसदीय सुनुवाइका क्रममा नेपाली कांग्रेसले न्यायालयभित्र देखिएको बेञ्च र बारबीचको द्वन्द्...
जेष्ठ ५ गते, २०८३ - १४:५८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मासमक्ष न्यायपालिका सुधार, पारिवारिक प्रभाव, भ्रष्टाच...
जेष्ठ ५ गते, २०८३ - १४:४३
काठमाडौँ। संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरू भएको छ । समितिले मंगलबार बिहान प्रस्तावित प्रध...
जेष्ठ ५ गते, २०८३ - १४:२५
काठमाडौँ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। मंगलबार बसेको बै...
जेष्ठ ५ गते, २०८३ - १४:०३
सबै परम्परा भत्काउँदै गयौं भने संसद्को औचित्य समाप्त हुन्छ
जेष्ठ ५ गते, २०८३ - १३:४९
काठमाडौं । सर्वोच्च अदालतमा देखिएका पछिल्ला घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले सांकेतिक रूपमा लालटिन बालेर प्रदर्शन गरेका छन्। ने...
जेष्ठ ५ गते, २०८३ - १२:५९
काठमाडौं। प्रतिपक्षी दल श्रम संस्कृति पार्टी, नेपालका सांसद ध्रुवराज राईले सरकारले जनताको पीडा बेवास्ता गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बै...
जेष्ठ ५ गते, २०८३ - १२:४८
काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ...
जेष्ठ ५ गते, २०८३ - १२:३८
काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानाकर्ष...



प्रतिकृया लेख्नुहोस्: