Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

पर्यटकको मनै लोभ्याउने ताप्लेजुङको ‘लोदेन’

खबरडबली संवाददाता

ताप्लेजुङ । जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ । प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा चाहना कसको हुन्न र रु शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र तपाइका लागि आकर्षक गन्तव्य हुन सक्छ ।

जहाँ विभिन्न जातीय संस्कार, संस्कृति र परम्परालाई बुझ्दै र अनुभव गर्दै पुग्न सकिन्छ । पापुङको प्रवेशद्वारका रुपमा रहेको साँवास्थित फुङफुङे झरनाको अवलोकन गर्दैै पैदल यात्रा गरी पुगिने लोदेनमा दर्जनौँ पोखरी छन् । 

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन् । उक्त झरनादेखि पैदल यात्रा गर्नुपर्छ । फुङफुङे झरनादेखि हिँडेपछि बेलुकी बास बस्न शेर्पा समुदायको बाक्लो बसोबास रहेको सिम्बुकमा पुगिन्छ । जहाँ शेर्पा समुदायको संस्कार र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइन्छ । सिम्बुकमा होटल छैनन् । तर शेर्पा समुदायले त्यहाँ पुगेका पाहुनालाई जातीय परम्पराअनुसार स्वागत सत्कार गरी राख्छन् ।

परम्परागत शैलीमा बनेका घरभित्र ओछ्याइएका गलैँचाले जति न्यानो बनाउँछ उति नै उनीहरुको जातीय स्वागत सत्कारले हर्षित बनाउँछ । शेर्पा तथा भोटे समुदायले पुगेका पाहुनालाई खादा ओढाएर स्वागत गर्छन् भने सबैभन्दा पहिले उक्त समुदायमा प्रचलित चिया अर्थात् ९सोज्या० पटक पटक थपेर खुवाउँछन् । ताप्लेजुङमा प्रचलित तोङ्वा, सुकुटी लगायतका शेर्पा समुदायले खाने परिकार यहाँ पाइन्छ । 

यस्तै उक्त समुदायमै प्रचलनमा रहेको ९धुन्ज्याङ० अर्थात् परम्परागत नाचगान र खानपान सहितको स्वागत कार्यक्रममा समेत सहभागी भई रमाउन पाइन्छ । धुन्ज्याङ विशेष गरी पाहुनाको स्वागतका लागि भोटे तथा शेर्पा समुदायमा चलनमा छ । सिम्बुक बस्तीमा शेर्पा समुदायको संस्कार, संस्कृतिभित्र रमाएपछि यहाँबाट बिहानै लोदेनको यात्रा सुरु हुन्छ । सिम्बुकका प्राय: मानिसका गोठ लोदेनमै भएकाले लोदेनमा पुग्दा बास बस्न सहज हुन्छ । सिम्बुकबाट आवश्यक परे यहाँका मानिसले नै लोदेनसम्म पुर्याई दिन्छन् । 

सिम्बुकदेखि धेरैजसो खोला किनारै किनार भएर झन्डै १० घण्टाको यात्रामा लोदेन खर्क पुगिन्छ । टेलिफोन, इन्टरनेटको पहुँचभन्दा बाहिरको यस क्षेत्रको यात्रा जो कसैका लागि अविस्मरणीय हुन्छ । कतै अग्ला पहाडका चुचुरा, कतै तराईका झैं लाग्ने फाँट, छङछङ गर्दै बग्ने खोला, खोल्सा, हिमाली चराचुरुङ्गीको गुञ्जन, वारिपारि देखिने सानाठूला झरना, सयौँ प्रजातिका वनस्पति र फूलले ढाकिएको प्रकृतिको सुन्दरता भित्र रमाउँदै यात्रा गर्दा प्रकृतिप्रेमीका लागि स्वर्गकै आभाष हुने गर्छ । 

“दुर्गम हिमाली क्षेत्रको यात्रामा सावधानी अपनाउनुपर्छ”, यहाँ घुम्न आएका कास्कीको पोखराका रमेश गुरुङले भने– “उच्च क्षेत्रमा चिसो, लेक लाग्नेलगायत समस्या छन्, यसलाई ध्यानमा राखेर औषधि र बाक्लो लत्ताकपडा बोक्नुपर्छ ।” भनेको ठाउँमा खाजा, खाना नपाइने, बिरामी भइहालेमा औषधि नपाइने भएकाले उक्त चुनौतीको सामना गर्न पूर्वतयारी गरेर यात्रा गर्नुपर्ने उनको भनाइ छ ।

 सिम्बुकदेखि लोदेन खर्क नपुग्दासम्म हरेक एक घण्टाको दूरीमा प्राय: पाटीपौवा भेटिन्छन् । तिनै पाटीपौवामा आराम गर्दै साँझपख लोदेन खर्क पुगिन्छ । दिनभर हिँड्दाको थकान लोदेन खर्कको सुन्दरताले बिर्साइदिन्छ । दिनभर चरन क्षेत्रमा घुमेर गोठ नजिकै पुगेर उभिएका याक र चौँरी देख्दा लाग्छ आफूलाई नै स्वागत गर्न उभिएका होलान् । याक र चौँरीका गलामा रहेका घण्टी यताउति गर्दा टिङटिङ बजिरहेका हुन्छन् । तिनै पशुचौपायाको सुरक्षामा राखिने कुकुर भुकिरहन्छन् । 

“साँच्चिकै यो वातावरण लोभलाग्दो छ”, चितवनबाट घुम्न आउनुभएका विकास लामिछाने भन्छन्– “लोदेन क्षेत्रमा पशुपालकको आतिथ्यता सम्झिनलायक छ ।” गोठमा तातोपानी खुवाएर उनीहरुले स्वागत गर्छन् । यहाँका गोठमा खान र बस्न पाइन्छ । गोठालासँगै बास बस्नुपर्ने हुन्छ । “उनीहरुसित बस्दाको मज्जा छुट्टै छ । यो क्षेत्र घुम्न लायक छ”, उनले भने ।

करिब चार हजार मिटरको उचाइमा पर्ने लोदेन क्षेत्रमा सानादेखि ठूला दर्जनौँ पोखरी छन् । सुनपोखरी, लामपोखरी, कुहिने पोखरी अर्थात् ९छ्योथाङ्गा०, हाँस पोखरीलगायत पोखरीको यहाँ अवलोकन गर्न पाइन्छ । पोखरी आसपासमा केन्जो अर्थात् पदमचाल पनि छ । यहाँका पशुपालकले नै यो क्षेत्रमा घुम्न सहयोग गर्छन् । हिमाली क्षेत्रमा पाइने धुपी सल्ला, सुनपाती, भैरुङपातीको सुगन्ध त

छँदैछ । तिनै पशुपालकले यार्सागुम्बा सङ्कलनको अनुभवसमेत सुनाउँछन् । सुनपोखरीबाट लाम पोखरीतर्फ जाँदा ताप्लेजुङस्थित पाथीभरा, मानाभारा, लुम्बासुम्बा, तोक्पेगोलाको तीनपोखरी रहेको क्षेत्रसमेत नियाल्न पाइन्छ । पापुङ जिल्लाको सबैभन्दा धेरै पोखरी रहेको क्षेत्र हो ।
 
पापुङका उच्च क्षेत्रहरु पोखरीले भरीभराउ छन् । जति जति घुम्यो उति नै सानाठूला पोखरीको अवलोक गर्न पाइने स्थानीय पानदोर्जी शेर्पाले बताए । सोदु पोखरी र भूत पोखरी पनि पापुङमै अवस्थित छन् । सयजरा, जटामसी, बिखमा, यार्सागुम्बा लगायतका जडीबुटी र विभिन्न जातका धुपी यहाँ पाइन्छन् । लोदेन हुँदै फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङ्चुङगोला जान सकिन्छ । लोदेन क्षेत्रमा उत्पादन हुने दूधजन्य पदार्थ, जडीबुटी ओलाङचुङगोला हुँदै तिब्बत निर्यात हुने गरेको छ । यसरी सयौँ पोखरीले भरिभराउ पापुङ क्षेत्रको प्रचारप्रसारसँगै यहाँ पुग्न आवश्यक भौतिक संरचनाको निर्माण गर्न सके पर्यटकको आगमन बढ्ने स्थानीय बताउँछन् ।

लोदेनसहित पापुङमै पर्ने तोक्पेगोला सहितका क्षेत्र पर्यटकलाई आकर्षित गर्ने पर्यटकीय क्षेत्रका रुपमा देखिए पनि प्रचारप्रसार र भौतिक संरचनाको अभावले गुमनाम जस्तै बनेको पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएका हेमराज निरौलाले बताए । निरौला लोदेन सहितका जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा केही वर्ष यतादेखि निरन्तर लाग्दै आएका छन् । “प्रचारप्रसार पनि पर्यटन प्रवद्र्धनको मुख्य पाटो रहेछ, पटक पटक पापुङमा पुग्दा प्रचारप्रसारका गतिविधि चलाइयो, आजकल थुप्रै आन्तरिक पर्यटक घुम्नकै लागि जान थालेका छन्, तर प्रचारप्रसारले मात्र पुग्दैन, पैदल मार्गको निर्माणसँगै अन्य भौतिक संरचना निर्माणमा सबै निकायले ध्यान दिन आवश्यक छ”, निरौलाले भने ।

पापुङ पोखरी नै पोखरी भएको क्षेत्र भएकाले यसलाई मुलुकै नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पाले बताए । गुमनाममा रहेको पापुङ केही वर्षदेखि केही प्रचारप्रसारमा आएको उल्लेख गर्दै उनले यहाँको विकासमा सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । गाउँपालिकाभित्र फुङफुङे झरना सहितका थुप्रै पर्यटकीय क्षेत्र भएकाले स्थानीय सरकारले आफ्नो क्षमता अनुसारका गतिविधि गर्दै आएको र सङ्घीय सरकारसँग समेत पर्यटन प्रवद्र्धनका लागि छलफल भइरहेको उनले बताए ।

प्राय: शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र पापुङ प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएकाले पर्यटन प्रवद्र्धनमा यस क्षेत्रले सहयोग पुग्ने स्थानीयवासीको विश्वास छ । पशुपालन व्यवसायसमेत यो क्षेत्रमा उल्लेख्य छ । पशुपालनसँगै जडीबुटी सङ्कलन तथा व्यापार यस क्षेत्रका मानिसको मुख्य पेसा हो । दुर्गम क्षेत्रका रुपमा लिइँदै आएको पापुङको तोक्पेगोला पुग्न सदरमुकामबाट दुई दिनको समय लाग्छ । यहाँबाट लोदेन पुग्न दुई दिन लाग्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘नेपोबेबी’ आरोपको मनोज शर्माद्वारा खण्डन, भने– योग्यता र क्षमताका आधारमा अघि बढेको हुँ

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्माले आफूमाथि लागेको ‘नेपोबेबी’ अर्थात् पारिवारिक प्रभावका आधारमा अघि बढेको आरोपको खण्डन गरेका छन्। ...

प्रस्तावित प्रधानन्यायाधीशलाई कांग्रेसको प्रश्न –न्यायालयभित्रको बेञ्च र बारबीचको द्वन्द्व कसरी समाधानका गर्नुहुन्छ ?

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मामाथि जारी संसदीय सुनुवाइका क्रममा नेपाली कांग्रेसले न्यायालयभित्र देखिएको बेञ्च र बारबीचको द्वन्द्...

प्रस्तावित प्रधानन्यायाधीशमाथि वर्षमान पुनका प्रश्न : अदालतम ग्रुपिजम र फेबरको कुरा छ, कसरी काम गर्नुहुन्छ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मासमक्ष न्यायपालिका सुधार, पारिवारिक प्रभाव, भ्रष्टाच...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ

काठमाडौँ। संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरू भएको छ । समितिले मंगलबार बिहान प्रस्तावित प्रध...

अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। मंगलबार बसेको बै...

बजेट विनियोजन छलफलमा अर्थमन्त्री नभएपछि सांसद सिंहको आक्रोश

सबै परम्परा भत्काउँदै गयौं भने संसद्को औचित्य समाप्त हुन्छ

कानुन व्यवसायीले गरे दिउँसै लालटिन बालेर 'सत्य र न्यायको खोजी' भन्दै प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतमा देखिएका पछिल्ला घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले सांकेतिक रूपमा लालटिन बालेर प्रदर्शन गरेका छन्। ने...

श्रम संस्कृति पार्टीको प्रश्न: भोजपुरका पीडितले अझै पाएनन् राहत, केन्द्रीय सरकार खोइ ?

काठमाडौं। प्रतिपक्षी दल श्रम संस्कृति पार्टी, नेपालका सांसद ध्रुवराज राईले सरकारले जनताको पीडा बेवास्ता गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बै...

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ...

प्रतिनिधिसभा बैठकमा जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानाकर्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending