ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।
वर्षौं अगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ । निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए पनि मर्मत भएका केही ठाउँमा बीच भागमै कालोपत्रे उप्किएको छ ।
एक महिना नबित्दै कालोपत्र उप्किन थालेको भन्दै स्थानीयले निर्माण कम्पनी र सरोकारवाला निकायले लापरबाही गरेको आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले काम थालेको थियो ।
निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको नरठाँटी, काफलठूटा, झाँक्रीस्थानलगायत ठाउँमा उप्किएको यात्रु तिलबहादुर खत्रीले बताए । यस क्षेत्रमा कालोपत्र भएको महिना दिन पनि नपुगेको भन्दै उनले यसरी काम गर्दागर्दै कालोपत्र उप्किँदा आवागमनमा सास्ती भएको बताए ।
“के काम गरेको होला यस्तो, काम गर्दैछ, सडक उक्किँदैछ, यस्तो पनि हुन्छ, सरोकारवाला निकायले निगरानी गर्नुपर्ने हो”, खत्रीले भने, “यसको जिम्मेवारी कसले लिने ?, गुणस्तरहीन काम भएकोप्रति स्थानीय सरकारको छिटो ध्यान जाओस् र समाधान खोजियोस् ।”
निर्माण कम्पनीले रू १३ करोड ९९ लाखमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो ।
मध्यपहाडी लोकमार्गका इञ्जिनियर राजन पाण्डेले मर्मतका लागि तोकिएको रकममध्ये रू एक करोड भुक्तानी लिन बाँकी रहेको बताए । उनले जेठमा कालोपत्र भएको स्थानमा पहिरो र भल आएर भत्किएकाले उक्त स्थानमा पुन: मर्मत गरिने जानकारी दिए । पाँच किलोमिटर कालोपत्र गरेकामा करिब ५० मिटर सडकमा उप्किने र भत्किने समस्या भएको उनको भनाइ छ ।
“अहिले जहाँजहाँ भत्किएको छ, सोही स्थानमा यसअघि पनि भत्किने गरेको रहेछ, भौगोलिक नाजुकताका कारण यो समस्या आएको हो”, इञ्जिनियर पाण्डेले भने, “जेठामा कालोपत्र गरेपछि ठूलो पानीसँगै भल आयो र भत्कियो । यसलाई निर्माण कम्पनीले पुन:मर्मत गर्नेछ ।” उनले भत्किएका स्थानमा कालोपत्र भन्दा ढलान गर्नुपर्ने बताए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: