Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

दुई हप्तामा ‘बगान’ले कति कमायो?

खबरडबली संवाददाता

काठमाडौं। गत बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’पछि सुस्ताएको नेपाली फिल्मको बजारलाई केही हदसम्म फिल्म ‘बगान’ले चलायमान बनाएको छ । 

बक्स अफिसमा हलिउडका ठूला दुई फिल्म ‘बार्बी’ र ‘ओपेनहाइमर’को चुनौतीका बावजूद फिल्मले दुई हप्तामा एक करोड हराहारीमा व्यापार गरेको छ । चलचित्र विकास बोर्डको सिस्टममा मात्र फिल्मको ग्रस कलेक्सन ८३ लाख रुपैयाँ देखिन्छ ।

बोर्डको सिस्टममा ५४ वटा हलको डाटा मात्र आएको छ । बक्सअफिस जडान नभएका हल र रिपोर्ट पठाउन बाँकी हलसहितको जोड्दा फिल्मले दुई हप्तामा एक करोडको आँकडा छोएको हुनसक्ने देखिन्छ । लगानीको हिसाबले फिल्मको यो कमाई सुखद हो ।

सुखद प्रतिक्रियाले पहिलो हप्ताको अन्त्यबाट फिल्मको व्यापार बढेको हो । शुक्रबारबाट फिल्म तेस्रो हप्तामा प्रवेश गरेको छ ।  

फिल्म हेर्न हलमा ३५ वर्ष उमेरमाथिका दर्शक बढी देखिएका छन् । एकल महिलालाई निःशुल्क हेर्ने व्यवस्था मिलाइएको फिल्मको मध्यान्तरपछिको भाग प्रायस्ले रुचाएका छन् । तीन दशकदेखि अभिनयमा सक्रिय सरोज खनालले फिल्मको निर्देशन गरेका हुन् ।

यो उनको डेब्यू निर्देशन हो । आमाको पुनर्विवाह गराउन छोरीले गर्ने संघर्षको कथामा आधारित भएर ‘बगान’ निर्माण भएको छ ।

अब अमेरिका र भारतमा फिल्मलाई प्रदर्शन गर्ने तयारी गरिएको छ । ‘बगान’मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, आकाश श्रेष्ठ, प्रमिला कार्कीलगायतको अभिनय रहेको छ ।

प्रमिलाले यही फिल्मबाट डेब्यू गरेकी हुन् । फिल्ममा उनको अभिनय प्रशंसनीय छ । सुरेश वाग्ले निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा विनोद मानन्धर छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: