Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

पीएनजी विश्वकपमा छनोट हुँदा नेपालको सम्भावना कति?

खबरडबली संवाददाता

काठमाडौं ।  पपुवा न्युगिनी (पीएनजी)ले सन् २०२४ मा हुने आईसीसी टी २० विश्वकपमा स्थान पक्का गरेको छ। 

पीएनजीले विश्वकप छनोटमा जापान, फिलिपिन्स र भानुआटुसँग प्रतिस्पर्धा गरेको थियो।

डबल राउन्ड रोबिनमा चलेको प्रतिस्पर्धामा पीएनजीले लगातार पाँच खेलमा जित निकालेर विश्वकपमा पक्का गरेको हो। पीएनजीसँगै क्षेत्रीय छनोटबाट तीन टिमले स्थान पक्का गरेका छन्। जसमा युरोप छनोटबाट आयरल्यान्ड र स्कटल्यान्डले स्थान पक्का गरेका हुन्। अब अफ्रिकाबाट दुई टिम आउनेछन्।

२०२४ मा संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले संयुक्तरूपमा आयोजना गर्दैछन्।

नेपालको सम्भावना कति?

विश्वकपमा स्थान बनाउन नेपालले अब समूह चरणको चुनौती सामना गर्नुपर्ने छ।

नेपालले एसिया छनोट खेल्नु पर्नेछ। एसियाको अन्तिम छनोट आगामी नोभेम्बरमा नेपालमा हुँदैछ।

जहाँ आठ टिमले भाग लिँदैछन्। ८ टिममध्ये शीर्ष दुईमा पर्न सके नेपाल विश्वकपमा पुग्नेछ। जुन टिममा नेपालसहित संयुक्त अरब इमिरेट्स(यूएई), ओमान, हङकङ, सिंगापुर, बहराइन पुगेका छन्।

अब दुई टिमले क्वालिफायर खेलेर अन्तिम टोलीमा पुग्नेछन्। टिमबीच दुई समूहमा रहेर प्रतिस्पर्धा हुनेछ।

समूह विजेता बनेका दुई टोलीले विश्वकपमा स्थान बनाउने छन्। नेपाल विश्वकपमा पुग्न घरेलु मैदानको साथ रहनेछ। आउँदो अक्टोबर ३० देखि नोभेम्बर ९ सम्म टीयू ९त्रिभुवन मैदान० र मूलपानी मैदानमा हुनेछ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending