दाङ । दाङमा महिलामाथि सामूहिक बलात्कार प्रयास गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिकल चौधरी, अबिशेक परियार र दुर्गा केसी रहेका छन् ।
तुलसीपुरकी रमिता खत्री(परिवर्तित नाम) बुधबार बेलुकी दाइ नाता पर्नेसँग जसपुर आफन्तको घरबाट फर्कँदै गर्दा घटना घटेकाे थियाे । बेलुकीको करिब पौने ७ बजे तुलसीपुर १२ गुहार खोला किनारमा थकाई मार्न बसिरहेका थिए । यत्तिकैमा ३ जना युवा आएर उनीसँगै रहेका आफन्तलाई हेल्मेटले टाउकोमा प्रहार गर्दै बन्धक बनाए । अनि महिलालाई अलिपर झाडीमा लगेर निबस्त्र बनाई बलात्कार गर्ने प्रयास गरे । तीनै जनाले पालैपालो बलात्कार गर्ने प्रयास गरेपछि महिला चिच्याउँदै हारगुहार गरिन् ।
महिला चिच्याएको आवाज सुनेपछि गाउँलेले बलात्कार हुनबाट बचाए । गाउँले आउनुपुर्व नै उनीहरूले महिलाको साथबाट सुनको सिक्री र मोबाइल लुटिसकेका थिए । महिलालाई बलात्कार हुनबाट जोगाएका गाउँलेले घटना संलग्न भएका तिकल चौधरी, अबिशेक परियार र दुर्गा केसीलाई प्रहरीको जिम्मा लगाएको स्थानीय टोपबहादुर बुढाथोकीले जानकारी दिए ।
इप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक पर्वत केसीका अनुसार पक्राउ परेकाहरू २० देखि २५ वर्ष उमेर समुहका छन् । बुधवार बेलुकीको घटना भएपनि आज मात्रै किटानी जाहेरी परेकाले सामूहिक बलात्कार प्रयास र डाँकाचोरी मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि दाङ जिल्ला अदालत घोराही लगिएको छ ।
पक्राउ परेका तीनै जना तुलसीपुर १२ टरीगाउँका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...


प्रतिकृया लेख्नुहोस्: