काठमाडौं । व्यापारी राकेशकुमार अडुकियाको कमलादीस्थित घरमा राजश्व अनुसन्धान विभागले छापा मारेको छ । सुन तस्करीमा जोडिएका कारण उनको घरमा छापा मारीएको हो ।
प्रहरीले सोह्रखुट्टेको एक गोदममा छापा मारे पश्चात उनको घरमा छापा मारेको हो । अडुकिया नेपालमा अमेरिकी बहुचर्चित गाडी कम्पनी टेस्लाको आधिकारिक एजेन्सी लिएर गाडी बिक्री गर्दै आएका छन् । प्रहरी सहितकाे राजश्वकाे टाेलीले उनकाे घरमा छापा मारे पनि प्रहरीले अडुकियालाई भने फेला पार्न सकेन ।
अडुकियाले बैंक तथा वित्तिय संस्थामा समेत लगानी गरेका छन् । यसैगरी विपी कोइरालाद्धावारा लिखित तीन घुम्ती उपन्यासलाई फिल्म समेत बनाएका उनी पटक पटक प्रहरी हिरासतमा पुगेका व्यक्ति हुन् । पछिल्लो समय उनी धरौटीमा रिहा भएका थिए ।
अडुकियाले केही समयअघि शेयर बजारमा ठूलो लगानी गरेका थिए । लगानीबाट प्रतिफल लिन असफल भएपछि उनी तनावमा रहेकाे उनी निकट स्राेतले बताएकाे छ । अडुकियाले सुन तथा चाँदीको पहिलदेखि कारोबार गर्दै आएको स्रोतको भनाई छ । उनीनिकट स्रोतले भने अडुकियाले आफू सुन तस्करीमा संलग्न रहेको भन्ने आरोप निराधार रहेकाे बताएकाे छ । ‘राकेश सरको नाम बिना आधार लिइएको र याे विषयमा उहाँले छिट्टै पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्नुहुनेछ’ स्राेतले बतायाे ।
शेयर कारोबारबाट फाइदा नभएपछि उनी सुन तस्करीमा जोडीएको बताइएकाे छ । सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेकी व्यक्तिहरुको बयान वा उनीबाट प्राप्त प्रमाणका आधारमा प्रहरीले अडुकियाको घरमा छापा मारेको हुनसक्ने अडकल गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: