Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

सुन प्रकरणः व्यवसायी राकेशकुमार अडुकियाको घरमा राजश्वको छापा

बैंक तथा बित्तीय संस्थामा लगानी गरीरहेका अडुकिया कसरी जाेडीए सुन तस्करीमा ?

खबरडबली संवाददाता

काठमाडौं । व्यापारी राकेशकुमार अडुकियाको कमलादीस्थित घरमा राजश्व अनुसन्धान विभागले छापा मारेको छ  । सुन तस्करीमा जोडिएका कारण उनको घरमा छापा मारीएको हो । 

प्रहरीले सोह्रखुट्टेको एक गोदममा छापा मारे पश्चात उनको घरमा छापा मारेको हो । अडुकिया नेपालमा अमेरिकी बहुचर्चित गाडी कम्पनी टेस्लाको आधिकारिक एजेन्सी लिएर गाडी बिक्री गर्दै आएका छन् । प्रहरी सहितकाे राजश्वकाे टाेलीले उनकाे घरमा छापा मारे पनि प्रहरीले अडुकियालाई भने फेला पार्न सकेन । 

अडुकियाले बैंक तथा वित्तिय संस्थामा समेत लगानी गरेका छन् । यसैगरी विपी कोइरालाद्धावारा लिखित तीन घुम्ती उपन्यासलाई फिल्म समेत बनाएका उनी पटक पटक प्रहरी हिरासतमा पुगेका व्यक्ति हुन् । पछिल्लो समय उनी धरौटीमा रिहा भएका थिए । 

अडुकियाले केही समयअघि शेयर बजारमा ठूलो लगानी गरेका थिए । लगानीबाट प्रतिफल लिन असफल भएपछि उनी तनावमा रहेकाे उनी निकट स्राेतले बताएकाे छ । अडुकियाले सुन तथा चाँदीको पहिलदेखि कारोबार गर्दै आएको स्रोतको भनाई छ । उनीनिकट स्रोतले भने अडुकियाले आफू सुन तस्करीमा संलग्न रहेको भन्ने आरोप निराधार रहेकाे बताएकाे छ । ‘राकेश सरको नाम बिना आधार लिइएको र याे  विषयमा उहाँले छिट्टै पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्नुहुनेछ’ स्राेतले बतायाे ।

शेयर कारोबारबाट फाइदा नभएपछि उनी सुन तस्करीमा जोडीएको  बताइएकाे छ । सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेकी व्यक्तिहरुको बयान वा उनीबाट प्राप्त प्रमाणका आधारमा प्रहरीले अडुकियाको घरमा छापा मारेको हुनसक्ने अडकल गरिएको छ ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरू...

भू–माफियाको कब्जामा परेको काठमाडौंको बहुमूल्य जग्गा फिर्ता हुने संकेत

काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि सिंहदरबारको दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै काठमाडौं महानगर क्षेत्रभित्र अत...

लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन राजधानीको तीनकुनेस्थित मन्डला ब्याङ्कवेटमा सम्पन्न भएको छ। सम्मेलनले सांस्कृति...

पाँच दलित सङ्गठन एकीकृत, ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन

काठमाडौँ । विभिन्न राजनीतिक दलसँग आबद्ध पाँच दलित सङ्गठनबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन गर...

‘देश बनाउने टोली’ भन्दै बालेनको पोस्ट, दुई मन्त्रीसँग तस्वीर सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफू र दुई मन्त्रीलाई ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक ग...

भारतीय कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइ...

टेम्पो भीरमा खसालिएको घटनाले तरंग : १२ वन कर्मचारी नियन्त्रणमा

कैलाली । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो भीरमा खसालिएको घटनाले व्यापक विरोध र आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending