Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

गण्डकी प्रदेशसभा : विषयगत समितिको नेतृत्वमा दलका आ–आफ्नै दाबी

खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशसभामा विषयगत समिति गठनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । 

प्रदेशसभाका चार समितिको नेतृत्वमा दलहरुले आ–आफ्नै दाबीअघि सारेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दुई समितिको सभापति आफूले पाउनुपर्ने माग गरिरहेको छ । 

सार्वजनिक लेखा समितिसहित दुई समितिको नेतृत्वमा प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले दाबी गरेको छ । सत्ता गठबन्धनको दोस्रो ठूलो घटक नेकपा ९माओवादी केन्द्र०ले अर्थ तथा विकास समितिको सभापति आफूले पाउनुपर्ने जनाएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानले प्रदेशसभाको सबैभन्दा ठूलो दलका हिसाबले समितिको सभापति लिनेमा कांग्रेसको दाबी स्वाभाविक भएको बताए । 

“सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीले पाउने कुरा पक्का जस्तै छ, यो संसदीय प्रचलन पनि हो, बाँकी तीन समितिको नेतृत्व कांग्रेस र माओवादी मिलेर टुङ्गो लगाउँछौँ”, उनले भने ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेशसभामा दलीय हैसियतअनुसार समितिको सभापति चयन हुनुपर्ने बताए । “प्रदेशसभामा एमाले दोस्रो ठूलो दल हो, दुई समितिको सभापतिमा हाम्रो दाबी रहन्छ”, उनले भने, “समिति गठनलाई छिटो टङ्ग्याएर प्रदेशसभालाई थप गतिशील र प्रभावकारी बनाउनुपर्छ ।”

उनले अब सरकारले ल्याउने विधेयक विषयगत समितिमा छलफल भएपछि मात्र प्रदेशसभामा लैजानुपर्ने बताए । 

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कुसुम बुढाले समितिमा पठाउने सदस्यका विषयमा दलभित्र आन्तरिक गृहकार्य भइरहेको बताइन् । उनले अर्थ तथा विकास समितिमा माओवादीको दाबी रहने बताइन् ।

प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले प्रदेशसभा बैठकले पारित गरेको प्रदेशसभा नियमावली सभामुखबाट प्रमाणीकरण भएपछि समिति गठनको प्रक्रिया अगाडि बढ्ने बताए । “एकरदुई दिनभित्रैमा सभामुखज्यूबाट प्रदेशसभा नियमावली प्रमाणीकरण हुन्छ, त्यसपछि सभामुखज्यूले समिति गठनको प्रस्ताव गर्नुहुन्छ”, उनले भने, “अहिले सदन स्थगित छ, अबको बैठकमा समितिको विषयले प्रवेश पाउँछ, अब विषयगत समिति गठनमा ढिलाइ हुँदैन ।”

प्रदेशसभा नियमावली समयमा नबन्दा दोस्रो कार्यकाल सुरु भएको सात महिनापछि बल्ल विषयगत समिति गठन हुन लागेको हो । ‘मिनी संसद्’ले चिनिने विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधेयक दोहोरो बहस र छलफलबिनै सोझै प्रदेशसभा बैठकबाट पारित हुँदै आएको थियो । प्रदेशसभा सदस्यहरु नै कानुन निर्माणका अभ्यासमा भाग लिन पाएका थिएनन् । 

प्रदेशसभा नियमावलीमा रहेको प्रावधानअनुसार विषयगत समितिको गठन प्रक्रिया अगाडि बढ्ने प्रवक्ता सुवेदीले बताए । “सभामुखज्यूले समितिका सदस्यको सङ्ख्या तोक्नुहुन्छ, अनि दलहरुबाट समितिमा बस्ने सदस्यहरुको नाम माग्नुहुन्छ”, उनले भने, “गठन भएको समितिले नै पछि सभापति चयन गर्छ, पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्छ ।”

सरकार फेरबदललगायत राजनीतिक घटनाक्रमले प्रदेशसभा नियमावली मस्यौदा समितिको काम प्रभावित हुँदा विषयगत समिति गठन पनि पछाडि धकेलिँदै आएको थियो । नियमावलीमा चार विषयगत समितिको व्यवस्था छ । पहिले रहेका विषयगत समितिका नाम र कार्यविभाजनमा हेरफेर गरिएको छ ।

प्रदेशसभा अब अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास तथा कृषि समिति रहनेछ । पहिलेको विधायन समिति हटाइएको छ भने सामाजिक विकास तथा कृषि समिति नयाँ थप भएको हो । 

विसं २०७४ को प्रदेशसभा नियमावलीमा व्यवस्था भएबमोजिम प्रदेशसभाको अघिल्लो कार्यकालमा विधायन, सार्वजनिक लेखा, अर्थ तथा विकास र प्रदेश मामिला गरी चारवटा विषयगत समिति क्रियाशील थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो-अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका लागि पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग ...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुच...

नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ

वीरगन्ज । वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरीएको लाखौँ रुपैयाँ सहित भारतबीहार मोतीहारी जिल्लामा तिनजना पक्राउ परेका छन् । बिशेष स...

नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को दोस्रो विकेट लिएको छ ।  कुशल भुर्तेलले वेस्ट इन्डिज ए का जोन्सन चार्लेजलाई आउट गरेका हुन् । चार्लेज ३० बलमा ५८ रन...

साउदीमा महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय

काठमाडौँ । साउदी अरब महिला अधिकारको दमनका लागि परिचित छ । पछिल्ला वर्षहरूमा महिलाका लागि धेरै सुधारहरू भएका छन्। अझै पनि यो देश धेरै हदसम्म पछाडि छ । ...

नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को पहिलो विकेट लिएको छ । खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ए का एलिक एथानाजलाई आउट गरेका हुन्...

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । विहिबार आयोगका प्रमुख निर्वा...

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ए ले टस जितेको छ । वेस्ट इन्डिज ए का कप्त...

मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा

हुम्ला । मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्व...

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गर्छौं- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्र...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies