काठमाडौँ । पूर्वमिस नेपाल माल्भिका सुब्बाले सम्बन्ध विच्छेद बेला आफुले रित्तो महसुस गरेकाे बताएकी छन् । श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकाे कुरा सार्वजानीक भए सँगै उनले यस्ताे बताएकी हुन् ।
अभिनेत्री प्रियंका कार्कीको 'द फोर्थ ट्राइमेस्ट' नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि नै श्रीमानसँग सम्बन्ध विच्छेद गरेको बताएकी थिइन् । तर आफूले सम्बन्ध विच्छेद गरेर पछुतो भने नलागेको उनकाे भनाइ छ । उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन् ।
सुब्बाले भनेकी छन्, 'मैले सम्बन्ध विच्छेद गर्दा केही लिइनँ। मलाई केही चाहिँदैन, बच्चाको लागि मात्र हेरिदेऊ भनेँ । हामीले समझदारीमै छोराको को-कस्टडी गर्ने निर्णय लियौं। सम्बन्ध विच्छेद गरेर पछुताएको होइन तर त्यति बेला मैले रित्तो महसुस गरेँ।'
विवाहको केही समयसम्म ठीकठाक चले तापनि आफू गर्भवती भएदेखि सम्बन्धमा दरार सुरु हुन थालेको माल्भिकाको भनाइ छ । गर्भावस्थामा आफूले श्रीमानबाट पर्याप्त साथ नपाएको उनले बताएकी छन् । आफूहरुको अन्तरजातीय विवाह भएका कारण पनि समस्या उब्जिएको उनले बताएकी छन् । दुई परिवारको संस्कृति र परम्परामा धेरै फरक भएकाले पनि समस्या उब्जिएको उनको भनाइ छ।
श्रीमानसँग सम्बन्ध बिग्रिएपछि आफूले एक्लै छोरा हुर्काउनु परेको बताएकी छिन् । छोरा २ वर्षको भएपछि आफूले श्रीमानको घर छाडेको उनले बताइन् । यो उनको एकल निर्णय थियो।
आफूले घर छाड्दा माइतीले पनि साथ नदिएको र त्यसबेला आफूलाई २-३ जना साथीहरुबाहेक कसैको सपोर्ट नगरेको बताएकी छन्।
डिभोर्स पछि छोरालाई दुवैले ‘को प्यारेन्टिङ’ गरेर हुर्काइरहेको र श्रीमानसँग सम्पत्ति केही पनि नलिएको माल्भिकाको भनाइ छ । माल्भिकाले ३ वर्षको प्रेम सम्बन्धपछि रियाज श्रेष्ठसँग २०६९ सालमा विवाह गरेकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...
फाल्गुन ३० गते, २०८२ - १०:०१
काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...
फाल्गुन ३० गते, २०८२ - ०९:५९
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...


प्रतिकृया लेख्नुहोस्: