Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

आदिम साम्यवाद र मातृसत्ता: वस्तुसत्य कि काल्पनिक ?

ज्याेती लाल बन
व्याख्या
आदिम साम्यवादः– कुनै निश्चित थलोमा आश्रित मानवसमूहले शिकारलगायतका उपभोग्य वस्तुहरु सामूहिक रुपमा संकलन गथ्र्यो । संकलित वस्तुहरु समूहका सवै सदस्यहरुमा व्यक्तिगत आवश्यकता अनुसार वितरण र उपभोग गरिन्थ्यो । त्यस समाजमा श्रेणीबद्ध सामाजिक वर्गसंरचना थिएन । संकलित वस्तुहरुको संचय पनि गरिदैनथ्यो । अन्य कुनै निजी सम्पत्ति थिएन ।
समूहका महिला पुरष सवै सदस्य मिलिजुली आश्रयस्थल ओडार वा कन्दरा (प्राकृतिक गुफा) हरुमा बस्थे र खानालगायत अन्य उपभोग्य वस्तुहरु दामासाही किसिमले उपभोग गर्थे । मूलतः यसै अवस्थाको आदिम मानव समाजलाई ‘आदिम साम्यवादी व्यवस्था’ भनिएको थियो ।
मातृसत्ताः– विवाहको चलन थिएन । बाबुको पहिचान नहुने भएकाले सन्तानको परिचय आमाबाट हुन्थ्यो । शिकारलगायतको खाद्यवस्तु संकलन महिला र पुरुष दुवै मिलेर गर्थे । उपभोग्यवस्तुको वितरणलगायत खटनपटनकर्ता (नेता) महिला नै हुन्थे । मूलतः यसैकारण आदिम साम्यवादी अवस्थालाई मातृसत्तात्मक मानिएको थियो ।
आधार
मानव सभ्यताको प्रारम्भिकालमा यस्तो व्यवस्था रहेका बारेमा रुसो (जाँ जाक रूसो १७१२–१७७८, स्वीटजरलैण्ड) लगायत उनी पूर्वका कतिपय इतिहासकारहरुले पनि उल्लेख नगरेका हैनन् । तर, उदाहरणसहित यस्तो व्यवस्थाका बारेमा विशेष वर्णन गर्नेमा भने कार्लमाक्र्सका समकालिन मानवशास्त्री मौर्गन (लुईस हेनरी मौर्गन १८१८–१८८१, उत्तर अमेरिका) नै रहेको पाइन्छ ।
कोलम्बसले अमेरिका पत्ता लगायपश्चात मौर्गनले आदिम साम्यवादलाई पुष्टी गर्न उत्तर अमेरिकामा रहेका मूलवासी इरोक्वाई समुदायको परिवार तथा सामाजिक सम्बन्धलाई विशेष व्याख्यासहित उदाहरण प्रस्तुत गरेका छन्, जसले पाषणकालीन मानव सभ्यतालाई प्रतिनिधित्व गर्न सक्दैन । मूलत: मौर्गनको यस्तो वर्णननै ऐङ्गेल्सको मानव सभ्यता विकाससँग सम्बन्धित रहेको कृति ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ का लागि विशेष श्रोतसामग्री बनेको थियो ।
खास गरी माक्र्स–ऐङ्गेल्सद्वारा द्वान्द्वात्मक र ऐतिहासिक भौतिकवादको प्रतिपादनपश्चात माक्र्सकीय मान्यताप्रति सहमत मानवशास्त्री तथा इतिहासकारहरुले आदिम साम्यवादी व्यवस्था रहेको बारेमा विशेष जोड दिएको पाइन्छ ।
वस्तुसत्य के हुन सक्छ ?
पुरापाषणकालदेखि मध्यपाषणकालसम्मको अवधिलाई आदिम साम्यवादका व्याख्याताहरुले आदिम साम्यवादी कालखण्ड मानेका छन् । त्यो समयमा समूहमा रहनु र सामूहिक रुपमा खाद्य (शिकार वा कन्दमूल) संकलन गर्नु स्वभाविक पक्ष रहेता पनि समानताको व्यवहार र दामासाही (बराबरी) बितरण व्यवस्था रहेको कुनै आधार पाइदैन । मानवीय चेतना, विवेक र मानवताबोध भैनसकेको त्यस बखतको मानवले समान वितरण पक्कै गर्दैनथ्यो भन्ने अनुमान भने गर्न नसकिने हैन ।
संकलित वस्तु बलियाहरुले नै कब्जा गर्ने र उनीहरु आफुले अघाउन्जी खाएर बाँकी बचेको अरु (निर्धा) लाई दिने कुरालाई त्यस बखतको स्वभाविक व्यवहार हुने कुरालाई वस्तुसत्य नै मान्न सकिन्छ । साथै बलियाले निर्धालाई कुटपिट गर्नेलगायत विभिन्न किसिमले सताउने व्यवहारलाई पनि असत्य मान्न सकिन्न ।
विवाहको प्रचलन नभएको र सन्तान कसको भनि खुट्याउन नसक्ने स्थिति रहेकाले आमाका नामबाट सन्तानको परिचय बन्नु स्वभाविक पक्ष भयो । प्रजनन् समय निकट रहेका, सुत्केरी तथा साना दुधे बच्चा भएका महिलाहरु शिकार गर्न वा कन्दमूल संकलन गर्न असक्षम हुने भएकाले उनीहरु वासस्थानमा रहनु बाध्यता नै भयो । संकलित खाने कुराहरु बाँढ्ने काम महिलाले गरेता पनि वितरणको खटनपटन कबिलाका बलिया पुरुषहरु (जो मध्यपाषण कालको उत्तरार्धसम्म आइपुग्दा कबिलाई मुखियामा विकास भएका थिए) कै हुने कुरालाई वस्तु सत्य मान्न सकिन्छ ।
निचोड
त्यसैले नवपाषणकालपूर्वको पाषणकालीन मानव सभ्यता माक्र्सकीय इतिहासकार तथा मानवशास्त्री वा समाजशास्त्रीहरुले व्याख्या गरेजस्तो सभ्यताकाल पूर्वको साम्यवादसम्मत वा समानतामूलक मानव सम्बन्ध कायम हुन सकेको सामाजिक आधार वस्तुसत्य निकट रहेको पाइदैन । मैले प्राचीनपूर्वको मानव सभ्यताको इतिहासलाई केलाउदा पाउन सकेका आधारहरु यस्तै नै रहेका छन् ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending