Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

आदिम साम्यवाद र मातृसत्ता: वस्तुसत्य कि काल्पनिक ?

ज्याेती लाल बन
व्याख्या
आदिम साम्यवादः– कुनै निश्चित थलोमा आश्रित मानवसमूहले शिकारलगायतका उपभोग्य वस्तुहरु सामूहिक रुपमा संकलन गथ्र्यो । संकलित वस्तुहरु समूहका सवै सदस्यहरुमा व्यक्तिगत आवश्यकता अनुसार वितरण र उपभोग गरिन्थ्यो । त्यस समाजमा श्रेणीबद्ध सामाजिक वर्गसंरचना थिएन । संकलित वस्तुहरुको संचय पनि गरिदैनथ्यो । अन्य कुनै निजी सम्पत्ति थिएन ।
समूहका महिला पुरष सवै सदस्य मिलिजुली आश्रयस्थल ओडार वा कन्दरा (प्राकृतिक गुफा) हरुमा बस्थे र खानालगायत अन्य उपभोग्य वस्तुहरु दामासाही किसिमले उपभोग गर्थे । मूलतः यसै अवस्थाको आदिम मानव समाजलाई ‘आदिम साम्यवादी व्यवस्था’ भनिएको थियो ।
मातृसत्ताः– विवाहको चलन थिएन । बाबुको पहिचान नहुने भएकाले सन्तानको परिचय आमाबाट हुन्थ्यो । शिकारलगायतको खाद्यवस्तु संकलन महिला र पुरुष दुवै मिलेर गर्थे । उपभोग्यवस्तुको वितरणलगायत खटनपटनकर्ता (नेता) महिला नै हुन्थे । मूलतः यसैकारण आदिम साम्यवादी अवस्थालाई मातृसत्तात्मक मानिएको थियो ।
आधार
मानव सभ्यताको प्रारम्भिकालमा यस्तो व्यवस्था रहेका बारेमा रुसो (जाँ जाक रूसो १७१२–१७७८, स्वीटजरलैण्ड) लगायत उनी पूर्वका कतिपय इतिहासकारहरुले पनि उल्लेख नगरेका हैनन् । तर, उदाहरणसहित यस्तो व्यवस्थाका बारेमा विशेष वर्णन गर्नेमा भने कार्लमाक्र्सका समकालिन मानवशास्त्री मौर्गन (लुईस हेनरी मौर्गन १८१८–१८८१, उत्तर अमेरिका) नै रहेको पाइन्छ ।
कोलम्बसले अमेरिका पत्ता लगायपश्चात मौर्गनले आदिम साम्यवादलाई पुष्टी गर्न उत्तर अमेरिकामा रहेका मूलवासी इरोक्वाई समुदायको परिवार तथा सामाजिक सम्बन्धलाई विशेष व्याख्यासहित उदाहरण प्रस्तुत गरेका छन्, जसले पाषणकालीन मानव सभ्यतालाई प्रतिनिधित्व गर्न सक्दैन । मूलत: मौर्गनको यस्तो वर्णननै ऐङ्गेल्सको मानव सभ्यता विकाससँग सम्बन्धित रहेको कृति ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ का लागि विशेष श्रोतसामग्री बनेको थियो ।
खास गरी माक्र्स–ऐङ्गेल्सद्वारा द्वान्द्वात्मक र ऐतिहासिक भौतिकवादको प्रतिपादनपश्चात माक्र्सकीय मान्यताप्रति सहमत मानवशास्त्री तथा इतिहासकारहरुले आदिम साम्यवादी व्यवस्था रहेको बारेमा विशेष जोड दिएको पाइन्छ ।
वस्तुसत्य के हुन सक्छ ?
पुरापाषणकालदेखि मध्यपाषणकालसम्मको अवधिलाई आदिम साम्यवादका व्याख्याताहरुले आदिम साम्यवादी कालखण्ड मानेका छन् । त्यो समयमा समूहमा रहनु र सामूहिक रुपमा खाद्य (शिकार वा कन्दमूल) संकलन गर्नु स्वभाविक पक्ष रहेता पनि समानताको व्यवहार र दामासाही (बराबरी) बितरण व्यवस्था रहेको कुनै आधार पाइदैन । मानवीय चेतना, विवेक र मानवताबोध भैनसकेको त्यस बखतको मानवले समान वितरण पक्कै गर्दैनथ्यो भन्ने अनुमान भने गर्न नसकिने हैन ।
संकलित वस्तु बलियाहरुले नै कब्जा गर्ने र उनीहरु आफुले अघाउन्जी खाएर बाँकी बचेको अरु (निर्धा) लाई दिने कुरालाई त्यस बखतको स्वभाविक व्यवहार हुने कुरालाई वस्तुसत्य नै मान्न सकिन्छ । साथै बलियाले निर्धालाई कुटपिट गर्नेलगायत विभिन्न किसिमले सताउने व्यवहारलाई पनि असत्य मान्न सकिन्न ।
विवाहको प्रचलन नभएको र सन्तान कसको भनि खुट्याउन नसक्ने स्थिति रहेकाले आमाका नामबाट सन्तानको परिचय बन्नु स्वभाविक पक्ष भयो । प्रजनन् समय निकट रहेका, सुत्केरी तथा साना दुधे बच्चा भएका महिलाहरु शिकार गर्न वा कन्दमूल संकलन गर्न असक्षम हुने भएकाले उनीहरु वासस्थानमा रहनु बाध्यता नै भयो । संकलित खाने कुराहरु बाँढ्ने काम महिलाले गरेता पनि वितरणको खटनपटन कबिलाका बलिया पुरुषहरु (जो मध्यपाषण कालको उत्तरार्धसम्म आइपुग्दा कबिलाई मुखियामा विकास भएका थिए) कै हुने कुरालाई वस्तु सत्य मान्न सकिन्छ ।
निचोड
त्यसैले नवपाषणकालपूर्वको पाषणकालीन मानव सभ्यता माक्र्सकीय इतिहासकार तथा मानवशास्त्री वा समाजशास्त्रीहरुले व्याख्या गरेजस्तो सभ्यताकाल पूर्वको साम्यवादसम्मत वा समानतामूलक मानव सम्बन्ध कायम हुन सकेको सामाजिक आधार वस्तुसत्य निकट रहेको पाइदैन । मैले प्राचीनपूर्वको मानव सभ्यताको इतिहासलाई केलाउदा पाउन सकेका आधारहरु यस्तै नै रहेका छन् ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

३२ वर्षदेखि अतिक्रमणमा कारागारको डेढ विघा जग्गा, अदालतको आदेश पनि कार्यान्वयन भएन

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...

द्वन्द्वकालीन यौन हिंसामा कानुनी न्याय मात्र पर्याप्त छैनः देवी खड्का

काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...

‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’ — खाण पक्षको जिकिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...

स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको शतप्रतिशत मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...

प्रदेश सभा खारेजीको रास्वपा एजेण्डामा कांग्रेस, एमाले र नेकपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त

काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...

जुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षाजुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षा

काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...

फेवातालमा सुरक्षा कडाइ : कास्की प्रशासनको १९ बुँदे निर्देशन

पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending