Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

सय किलो सुन तस्करी प्रकरण : दिपक मलहोत्राको फोटो छापिँदा ओलीको आपत्ति

खबरडबली संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लोपटक भएको करिब सय किलो सुन तस्करीसम्बन्धी समाचारमा आपत्ति जनाउँदै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नयाँ पत्रिकामाथि लाञ्छना लगाएका छन् । गत बिहीबार प्रकाशित समाचारमा आफ्नो फोटोसमेत राखिएको उनको आरोप छ । जब कि समाचारमा न ओलीको फोटो छ, न उनको नाम नै । 

नयाँ पत्रिकाले ४ साउनको अंकमा ‘भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको करिब सय केजी सुन ट्याक्सीबाट बरामद’ शीर्षकको प्रमुख समाचार प्रकाशित गरेको थियो । जसमा यसअघि पटक–पटक सुन तस्करीमा नाम जोडिएका विवादास्पद व्यक्ति दीपक मलहोत्रा अनुसन्धानको घेरामा रहेको उल्लेख थियो । समाचारसँगै मलहोत्राको फोटो पनि थियो । तर, त्यसलाई ओलीले आफ्नो फोटो छापेको भन्दै लाञ्छना लगाए । 

दोस्रो ठूलो दलको प्रमुख नेता तथा तीन–तीनपटक प्रधानमन्त्रीसमेत भइसकेका ओलीले प्रारम्भिक सूचनाको पुनर्पुष्टिविनै नयाँ पत्रिकामाथि आक्षेप लगाए । ‘हावाका पछाडि कुद्ने, नचाहिँदा कुरा लेख्ने । अनि कसको मानमर्दन, कसरी गर्न पाइन्छ भनेर भन्नेजस्तो एउटा नयाँ पत्रिका भन्ने छ क्यारे नेपालमा । त्यो पत्रिकाले सोझै मेरोसमेत फोटो छापेछ । मेरो फोटो किन छापेको ? न म सरकारमा, न म प्रहरी चलाउने, न म अध्यागमन चलाउने । मेरो फोटो किन छापेको ?’ ६ दिने कम्बोडिया भ्रमणबाट स्वदेश फर्किने क्रममा ओलीले सोमबार राति विमानस्थलमा पत्रकारसँग भने, ‘कमसेकम एउटा न्यूनतम धर्म त राख्नुपर्छ नि । पत्रकारिताको न्यूनतम मर्यादा त राख्नुपर्छ नि । यसलाई त पीत पत्रकारिता भनिन्थ्यो । पीत पत्रकारिता मात्र होइन कि, यो त कालो पत्रकारिता, वस्र्ट । त्यस्तो पनि हुन्छ ?’ 

ओली त्यत्तिकैमा रोकिएनन्, नयाँ पत्रिका कुनै अमूक दलबाट सञ्चालित भएको लाञ्छना पनि लगाए । ‘तपाईंहरूमध्ये यहाँ (विमानस्थलमा) कोही हुन सक्नुहुन्छ होला नयाँ पत्रिकाको । तर, त्यो गृहमन्त्रीको, प्रधानमन्त्रीको पार्टीद्वारा सञ्चालित पत्रिका हो, सबैलाई थाहा छ, त्यो माओवादीको पत्रिका हो,’ उनको भनाइ थियो । 

पत्रिकालाई लिएर हचुवाको भरमा ओलीले दिएको अभिव्यक्तिबारे एमालेका अधिकांश पदाधिकारी असन्तुष्ट छन् । यद्यपि, त्यसलाई पार्टीका तर्फबाट संस्थागत खण्डन गरेका छैनन् । एक पदाधिकारीले मंगलबार ओलीलाई गलत सूचनाका आधारमा पत्रिकामाथि आरोप लगाएको विषय जानकारी गराएका थिए । तर, ओलीले ‘आफूलाई कसैले पत्रिकाले त्यसरी फोटो प्रकाशन गरेको जानकारी गराएको सूचनाका आधारमा बोलेको’ जवाफ दिएका छन् । ‘उहाँले कसैले आफूलाई पत्रिकाले छापेको देखाएर जानकारी गराएका कारण प्रतिक्रिया व्यक्त गरेको प्रस्ट्याउनुभयो, अरू केही बताउनुभएन,’ ती पदाधिकारीले भने । ओलीका सचिवालयका एक सदस्यले माओवादीका थुप्रै केन्द्रीय सदस्यले नै फोटो राखिएको समाचार सामाजिक सञ्जालमा दुरुपयोग गरेर दुष्प्रचार गरेको र सोही कारण अध्यक्ष ओलीले पर्याप्त जानकारीविना असावधानीवश प्रतिक्रिया व्यक्त गरेको जवाफ दिए ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नयाँ पत्रिकाले तस्बिर नछापेको जानकारी भएको र पत्रिकाले पनि सामाजिक सञ्जालको दुरुपयोगबारे ध्यान दिनुपर्ने प्रतिक्रिया दिए । 

‘त्यो फोटो नयाँ पत्रिकाले छापेको होइन भन्ने हामीलाई र अध्यक्षलाई जानकारी भयो । तर, पत्रिकालाई दुरुपयोग गरी सामाजिक सञ्जालमा दुरुस्तै पत्रिकाले छापेजसरी प्रचार हुनु राम्रो होइन । त्यसले गर्दा अध्यक्षले पत्रिका नै जोडिएजस्तो आभाष भएर प्रतिक्रिया व्यक्त गर्नुभएको हुन सक्छ,’ उनले भने, ‘तर, सार्वजनिक कार्यक्रममा समूहमा कुनै एक व्यक्तिले भेटेको एउटा फोटोलाई कुनै एउटा पत्रिकाकै प्रतिष्ठामा असर पुग्ने गरी सामाजिक सञ्जालमा समाचारसँग जोडेर दुष्प्रचार हुँदा अबका दिनमा सम्बन्धित पत्रिकाको पनि गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending