Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

वीर अस्पतालः सर्वसाधरणलाई टिकट मै सास्ती

'सरकारी अस्पताल हो, वीर अस्पतालका समाचार दिनमा दुईचारवटा आइ रहन्छन्'

खबरडबली संवाददाता

पत्रकारको काम समाचार लेख्ने हो लेख्नुस वीर अस्पतालका समाचार दिनमा दुईचारवटा आइ रहन्छन

काठमाडौं । वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल मध्येको एक हो । १३३ वर्ष लामो इतिहास बोकेको यो अस्पताल आम नेपालीको भरोसाको केन्द्रका रुपमा रहेको छ ।

वीर अस्पतालमा  साउन लागे सँगै ओपीडी सेवा  ८ बजेबाट सञ्चालन हुने भनिए पनि सेवाग्रहीले टिकट लिन नै सास्ती भोग्नु परेको छ । 

आम नेपालीले उपचार गराउने थलोको रुपमा रहेको काठमाडौंको वीर अस्पतालमा भने  सर्वसाधरणले टिकटमै सास्ती बेहोर्नु परेको दृश्य अस्पताल परिसरमा पुगे पछि छर्लङ्ग हुने गर्दछ । अस्पतालले अनलाईन तथा टोकन प्रणलीबाट टिकट वितरण गरी रहेको भए पनि टोकन प्रणलीको टिकट लिन दिनभरी कुर्नुपर्ने सर्व साधरणको गुनासो आइ नै रहेको छ ।

बिहान ८ बजे अस्पताल गएर टोकन लिँदा पनि १२ वजे सम्म टिकट लिने पालो नआउँदा वीर अस्पतालका कर्मचारी सँग भने आम सर्व साधरण आजित भएका छन् । विहान ७ वजे टिकटको लागि टोकन लिएकी नुवाकोटकी सर्मीला वाइबाले १२ बजे मात्रै टिकट पाएको गुनासो गरीन् । उनले टोकन प्रणली केही सहज भए पनि अस्पतालका कर्मचारीहरुको ढिला सुस्ती र टिकट काउन्टरका कर्मचारीले भित्रबाटै टिकट बितरण गर्ने गर्दा आफुहरु जस्ताले पाँच घण्टा सम्म पालो कुरेर बस्नु परेको उनले बताइन् । 

यसैगरी पाँचथरबाट आएका बक्रिम राई बिहान ९ वजे टोकन लिएको भए पनि १२ वजे सम्म टिकट नपाएको बताए । ‘हामी जस्ता सोझा सिधाले टिकट पाउनै मुस्कील रहेट, टिकट भित्रबाटै खुरु खुररु बाँडी रहेका छन् हामी दनिभर कुरेको करै भयौ ।’

उनीहरु सँगै टिकट काउन्टर अगाडी बसी रहेका अधिकाँशको गुनासो एउटै रहेको छ । ‘टोकन त लियौं तर पालो आउँदैन ।’ टिकट काउन्टरका कर्मचारीहरुलाई कनि टिकट ढिला भइ रहेको भन्दा उनीहरुको जवाफ एउटै आउँछ ‘छिटो गर्न प्राइभेट अस्पतालमा जानुस न ।’

टिकटको पालो कुरे छटपटाइ रहेको समयमा काउन्टर भित्र पस्ने ढोकामा पुगेर भित्रबाट टिकट कम गर्नुसन हामी त कुरेको कुरै भयौं भन्दा एक जना महिला कर्मचारीको व्यबाहार हेर्दा लाग्छ उनी केही नबुझेकी महिला हुन भनेर उनले बोलेका तुच्छ शब्दहरु आफुले बोल्न नसक्ने सिन्धुलीबाट उपचारका लागि वीर अस्पताल आएका एक सेवा ग्राहीले बताए ।

वीर अस्पतालमा भएको यो कार्यको विषयमा अस्पतालका सूचना अधिकारी (उप-सचिव) सागर मिश्रले सरकारी अस्पताल हो यस्तो भइ हाल्छ नी भनेर हाँसी हाँसी जवाफ दिए । उनले यस विषयमा गम्भिर भएर जवाफ दिनुस भन्दा उल्टै पत्रकारको काम समाचार लेख्ने हो लेख्नुस वीर अस्पतालका समाचार दिनमा दुईचारवटा आइ रहन्छन् भनेर हाँसोमा उँडाए । 

मिश्रले दिएकाे प्रतिकृया सुन्दा सरकारी काम हाे जे गर्दा पनि भइ हाल्छनी भने जस्ताे देखीएकाे छ । सरकारी लगानी र स्वामीत्वमा रहेकाे देशकै ठुलाे र आम सर्वसाधरणले विश्वास गरेकाे अस्पतालका जिम्वेवार अधिकारीबाट याे खालका प्रतिक्रिया आउँदा आम नागरिकले त्यहाँबाट कस्ताे सेवा पाउँछन् छर्लङग  भएकाे छ ।

यस विषयमा अस्पतालका निर्देशक डक्टर सन्ताेष पाैडेलसँग कुरा गर्न खाेज्दा उनले फाेन नै उठाएनन् ।

वीर अस्पातलमा देखिने भिड घुइँचोले पनि अस्पतालमा बिरामीहरुको चाप धेरै भएको प्रष्ट हुन्छ । तर, अस्पतालका कर्मचारीले गर्ने व्यवाहार हेर्दा अर्कोपटक उपचारका लागि वीमा त नजाउँ भन्ने अवस्था र्सजना हुने गरेको प्राय सेवाग्राहीहरु बताउने गर्छन ।

अस्पतालमा हुने कर्मचारीको बोली चाली देखी जिम्वेवार अधिकारीहरुको व्यवाहारले पनि यहाँ आम सर्वसाधरणले कस्तो उपचार पाउँछन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । जनताले तिरेको करबाट सरकारी रासन भत्ता खाएर अस्पतालका कर्मचारीहरुले जनतालाई गर्ने व्यवाहार परिवर्तन नभए सम्म आम सर्वसाधरणले वीर अस्पतालबाट सहजै सेवा पाउन सक्ने अवस्था भने रहेको देखिँदैन ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र...

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलाली । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन प...

योगेन्द्र कार्कीको निर्देशनमा भजन 'जे सुख मिल्दछ' सार्वजनिक

काठमाडाैं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies