Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

वीर अस्पतालः सर्वसाधरणलाई टिकट मै सास्ती

'सरकारी अस्पताल हो, वीर अस्पतालका समाचार दिनमा दुईचारवटा आइ रहन्छन्'

खबरडबली संवाददाता

पत्रकारको काम समाचार लेख्ने हो लेख्नुस वीर अस्पतालका समाचार दिनमा दुईचारवटा आइ रहन्छन

काठमाडौं । वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल मध्येको एक हो । १३३ वर्ष लामो इतिहास बोकेको यो अस्पताल आम नेपालीको भरोसाको केन्द्रका रुपमा रहेको छ ।

वीर अस्पतालमा  साउन लागे सँगै ओपीडी सेवा  ८ बजेबाट सञ्चालन हुने भनिए पनि सेवाग्रहीले टिकट लिन नै सास्ती भोग्नु परेको छ । 

आम नेपालीले उपचार गराउने थलोको रुपमा रहेको काठमाडौंको वीर अस्पतालमा भने  सर्वसाधरणले टिकटमै सास्ती बेहोर्नु परेको दृश्य अस्पताल परिसरमा पुगे पछि छर्लङ्ग हुने गर्दछ । अस्पतालले अनलाईन तथा टोकन प्रणलीबाट टिकट वितरण गरी रहेको भए पनि टोकन प्रणलीको टिकट लिन दिनभरी कुर्नुपर्ने सर्व साधरणको गुनासो आइ नै रहेको छ ।

बिहान ८ बजे अस्पताल गएर टोकन लिँदा पनि १२ वजे सम्म टिकट लिने पालो नआउँदा वीर अस्पतालका कर्मचारी सँग भने आम सर्व साधरण आजित भएका छन् । विहान ७ वजे टिकटको लागि टोकन लिएकी नुवाकोटकी सर्मीला वाइबाले १२ बजे मात्रै टिकट पाएको गुनासो गरीन् । उनले टोकन प्रणली केही सहज भए पनि अस्पतालका कर्मचारीहरुको ढिला सुस्ती र टिकट काउन्टरका कर्मचारीले भित्रबाटै टिकट बितरण गर्ने गर्दा आफुहरु जस्ताले पाँच घण्टा सम्म पालो कुरेर बस्नु परेको उनले बताइन् । 

यसैगरी पाँचथरबाट आएका बक्रिम राई बिहान ९ वजे टोकन लिएको भए पनि १२ वजे सम्म टिकट नपाएको बताए । ‘हामी जस्ता सोझा सिधाले टिकट पाउनै मुस्कील रहेट, टिकट भित्रबाटै खुरु खुररु बाँडी रहेका छन् हामी दनिभर कुरेको करै भयौ ।’

उनीहरु सँगै टिकट काउन्टर अगाडी बसी रहेका अधिकाँशको गुनासो एउटै रहेको छ । ‘टोकन त लियौं तर पालो आउँदैन ।’ टिकट काउन्टरका कर्मचारीहरुलाई कनि टिकट ढिला भइ रहेको भन्दा उनीहरुको जवाफ एउटै आउँछ ‘छिटो गर्न प्राइभेट अस्पतालमा जानुस न ।’

टिकटको पालो कुरे छटपटाइ रहेको समयमा काउन्टर भित्र पस्ने ढोकामा पुगेर भित्रबाट टिकट कम गर्नुसन हामी त कुरेको कुरै भयौं भन्दा एक जना महिला कर्मचारीको व्यबाहार हेर्दा लाग्छ उनी केही नबुझेकी महिला हुन भनेर उनले बोलेका तुच्छ शब्दहरु आफुले बोल्न नसक्ने सिन्धुलीबाट उपचारका लागि वीर अस्पताल आएका एक सेवा ग्राहीले बताए ।

वीर अस्पतालमा भएको यो कार्यको विषयमा अस्पतालका सूचना अधिकारी (उप-सचिव) सागर मिश्रले सरकारी अस्पताल हो यस्तो भइ हाल्छ नी भनेर हाँसी हाँसी जवाफ दिए । उनले यस विषयमा गम्भिर भएर जवाफ दिनुस भन्दा उल्टै पत्रकारको काम समाचार लेख्ने हो लेख्नुस वीर अस्पतालका समाचार दिनमा दुईचारवटा आइ रहन्छन् भनेर हाँसोमा उँडाए । 

मिश्रले दिएकाे प्रतिकृया सुन्दा सरकारी काम हाे जे गर्दा पनि भइ हाल्छनी भने जस्ताे देखीएकाे छ । सरकारी लगानी र स्वामीत्वमा रहेकाे देशकै ठुलाे र आम सर्वसाधरणले विश्वास गरेकाे अस्पतालका जिम्वेवार अधिकारीबाट याे खालका प्रतिक्रिया आउँदा आम नागरिकले त्यहाँबाट कस्ताे सेवा पाउँछन् छर्लङग  भएकाे छ ।

यस विषयमा अस्पतालका निर्देशक डक्टर सन्ताेष पाैडेलसँग कुरा गर्न खाेज्दा उनले फाेन नै उठाएनन् ।

वीर अस्पातलमा देखिने भिड घुइँचोले पनि अस्पतालमा बिरामीहरुको चाप धेरै भएको प्रष्ट हुन्छ । तर, अस्पतालका कर्मचारीले गर्ने व्यवाहार हेर्दा अर्कोपटक उपचारका लागि वीमा त नजाउँ भन्ने अवस्था र्सजना हुने गरेको प्राय सेवाग्राहीहरु बताउने गर्छन ।

अस्पतालमा हुने कर्मचारीको बोली चाली देखी जिम्वेवार अधिकारीहरुको व्यवाहारले पनि यहाँ आम सर्वसाधरणले कस्तो उपचार पाउँछन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । जनताले तिरेको करबाट सरकारी रासन भत्ता खाएर अस्पतालका कर्मचारीहरुले जनतालाई गर्ने व्यवाहार परिवर्तन नभए सम्म आम सर्वसाधरणले वीर अस्पतालबाट सहजै सेवा पाउन सक्ने अवस्था भने रहेको देखिँदैन ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending