काठमाडौं । सुशासन र कानुनको ठूला ठूला कुरा गर्ने काँग्रेस सांसद सुनिल शर्माले विद्यार्थी सँग सरकारले तोकेको भन्दा बढी शुल्क अनाधिकृत रुपमा लिएर फिर्ता नगरेको भन्दै एमबीबीएसका विद्यार्थीहरुले आन्दोलन सूरु गरेका छन् ।
सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा एमबीबीएस २१औं ब्याजका इन्टर्नशिपमा रहेका विद्यार्थीहरूले आन्दोलन सूरु गरेका हुन् ।
अर्थमन्त्री प्रकाशशरण महतले बताए अनुसार आफ्नो व्यक्तिगत स्वार्थका केही मागहरु पूरा नभएपछी वतर्मान गृहमन्त्री र अर्थमन्त्री बीरुद्ध आजकल संचार माध्यममा बोलेर भाईरल बनीरहेका शर्माले मेडिकल विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क असुलेपछि आन्दोलन गर्न बाध्य भएको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् ।
कलेजले अनाधीकृत रुपमा बिद्यार्थीहरुबाट शुल्क लिएर फिर्ता नगरेपछी हामी आन्दोलन गर्न बाध्य भएका शर्माको मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस २१ औं ब्याजका एक विद्यार्थीले बताए । २०७७ सालमा शिक्षा मन्त्रालयले एमबीबीएस पढाउने कलेजको ३८ लाख ५० हजार भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेपनि कलेजले ईन्टर्नशिप शुल्क भनेर प्रतिविद्यार्थी सँग २ लाख दरले असुलेको बिद्यार्थीले बताएका छन् ।
विद्यार्थी भर्नाहुने बेला ईन्टर्नशिप शुल्क भनेर पैसा लिएको कलेजले अहिले फिर्ता नगरेकोले नै विद्यार्थीहरु आक्रोशीत बनेका हुन् ।
पहिला लिएको शुल्क फिर्ता माग्दा 'ईन्टर्नको बेला फिर्ता दिन्छौँ भनेर नदिएकाे र अहिले फिर्ता दिनुस भन्दा व्यवस्थापन फेरियो दिन सकिन्न भन्ने गरेकाे आन्दोलनरत बिद्यार्थीहरु बताउँछन् । एक सय जनाबाट लिएको २ लाखका दरले लिएको रकमको पाँच वर्ष त खाए, अहिले फिर्ता गर्ने भनेको २ लाख पनि नदिएकाे उनीहरुकाे भनाइ छ ।
यसैगरी सांसद शर्माले कलेजका कुनैपनि कर्मचारीहरुलाई जेठ महिना देखिको तलब दिएका छैनन् । ४ महिना लाग्दासम्म पनि तलब नपाएपछी आक्रोशीत कर्मचारीहरु साहु शर्मासँग तलवको कुरा गर्न जाँदा, ‘साउन १५ सम्म तलबको कुरा नगर्नु होला र गरे ठिक हुँदैन’ भन्दै धम्क्याएको एक कर्मचारी बताए ।
जनप्रतिनिधी बनेर जनताको सेवा गर्ने भन्दै राजनीतिमा आएका शर्माले आफ्नो कलेजका कर्मचारी, शिक्षक, बिद्यार्थीहरु प्रति देखाएको व्यवहारले राजनीतिकै बेइज्जत भएको छ भन्दै आन्दोलनरत एक डाक्टरले आक्रोश व्यक्त गरे ।
संसद शर्माको स्वामित्वमा केएमसी, नोवेल, पिपल्स डेण्टल लगायतका कलेज सञ्चालनमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - १०:२७
काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो। २०७२ काे भुकम्पले भत्काएको केव...
बैशाख १२ गते, २०८३ - १०:२४
काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...
बैशाख १२ गते, २०८३ - १०:१८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख १२ गते, २०८३ - १०:१५
काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...
बैशाख १२ गते, २०८३ - ०८:११
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...
बैशाख १२ गते, २०८३ - ०८:०३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...
बैशाख १२ गते, २०८३ - ०८:०२
काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...
बैशाख १२ गते, २०८३ - ०७:५९
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...
बैशाख १२ गते, २०८३ - ०७:५४
काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...
बैशाख १२ गते, २०८३ - ०७:५३
भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...


प्रतिकृया लेख्नुहोस्: