Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

भारी वर्षाका कारण देउखुरी जलमग्न

खबरडबली संवाददाता

दाङ  । निरन्तरको वर्षका कारण दाङको देउखुरी उपत्यकाभित्रका केही स्थान जलमग्न भएका छन् । लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग छेउँछाउँका बस्तीहरू जलमग्न भएका हुन् ।

वर्षासँगै खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्र आसपासका घरहरू बाढी पहिरोको जोखिममा परेका हुन् । जिल्लाको लमही नगरपालिका‍–१ मा रहेको कौडियाखोलामा आएको बाढी होमपाइप उद्योगमा पसेको छ । पानीको निकास नहुँदा राजमार्ग उत्तर क्षेत्रका बस्तीहरू जलमग्न भएका छन् ।  

यस्तै, गढवा गाउँपालिका वडा नं. ५ र ३ मा बाढीका कारण बस्तीहरू डुबानमा पर्ने जोखिम रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीले बताइन् । 

यसैगरी, राजपुर गाउँपालिका–५ मा १० वटा घर डुबानको जोखिममा रहेको र अहिले पानी घट्ने क्रममा रहेकाले केही समस्या टरेको प्रहरीले जनाएको छ।

भारी वर्षाका कारण कालाकाटे सिक्टा हुलाकी राजमार्ग अवरुद्ध भएको छ। निर्माणाधीन सडकमा बाढीले असर पुर्याएको छ भने बन्दै गरेको पुलमा पनि क्षती पुर्याउन थालेको छ । ‍ यहाँ मात्र नभएर यहाँ आसपासका अधिकांश स्थानमा भारी वर्षाका कारण डुवान तथा सडक अवरुद्धका समस्या छन् । ‘बाटो अवरुद्ध छ, आउन जान समस्या छ’ प्रहरी प्रमुख वलीले भनिन्,’पानी परिरह्यो भने जोखिम बढेर जाने देखिन्छ।’

लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले दाङ, प्युठानलगायत पश्चिमी भेगका स्थानीयलाई सास्ती दिएको छ। स्थानीयको दैनिक क्रियाकलाका साथै सडकहरू अवरुद्ध हुँदा यात्रामा समेत समस्या भइरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनकामना पुगेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो

काठमाडौं  । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को–को परे ?

काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...

बिहान उठेर खाली पेट पानी पिउनुका ११ फाइदा

काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...

रोल्पामा माटोको ढिस्कले पुर्दा एक महिलाको ज्यान गयो, तीन घाइते

रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...

महावीर पुनको चुनावी हिसाबकिताब : २८ लाख खर्च, २७ लाखभन्दा बढी बचत

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...

सञ्चालनमा आयो ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: