काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सोमबार ७७ वटै जिल्लामा औषधि पसल तथा फार्मेसीहरुमा अनुगमन गरेको छ। स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो, जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको सहकार्यमा फार्मेसीहरुको अनुगमन तथा निरीक्षण कार्य भएको हो ।
सोमबार काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका १०१ वटा फार्मेसीमा अनुगमन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २० वटा समूह बनाएर गरिएको अनुगमनका क्रममा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरिएको छ। यस्तै, २ दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।
फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिइ औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले देशभर अनुगमन गर्न निर्देशन दिएका थिए।
सोमबार मन्त्री बस्नेत नै अनुगमनका निस्किएका थिए। अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिइ ‘न्युटास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका मन्त्रालयले जानकारी दिएको छ।
केही फार्मेसीहरुले डाक्टरको प्रेस्किप्सन बिना औषधि बिक्री गरेको, दर्ता नभएका औषधिको सञ्चय गरेको, फिजिसियन स्याम्पल सञ्चित गरेको पाइएको मन्त्रालयले जनाएको छ। यस्तै, फार्मेसीहरुले कोल्ड चेनको राम्रो व्यवस्था नगरेको, बिलिङ सिस्टम व्यवस्थित नभएको र लागु तथा मनोद्विपक औषधिहरुको रेकर्ड उपयुक्त ढंगले नगरिएको पाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: