Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

श्रमिकको साथी श्रमिक नै हुनुपर्छ, म जीतको नजिक छु– महासचिव पदका उम्मेदवार सन्तोष खड्का

खबरडबली संवाददाता
काठमाडौं । गैर आवासिय नेपाली संघ र अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको चुनाव नजिकिदै छ । निर्वाचनमा उम्मेदवारी दिदै विभिन्न आकांक्षीहरुले आफुले जित्ने दावी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
यसैबीच महासचिव पदमा उम्मेदवारी दिएका कोरियामा चिरपरिचित सन्तोष खड्काले मतदाताको आकर्षणको केन्द्र आफु रहेको दावी गरेका छन् । रामेछापमा जन्मिएर कोरियालाई कर्मभुमीबनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रुपमा आफुलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३–०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।
 
नेपाली समाजमानिकै परिचित उनी हाल नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका बरिष्ठ उपाध्यक्ष, रामेछाप सम्पर्क समिति दक्षिण कोरिया, नेपाल तराई समाज दक्षिण कोरिया लगायत आधा दर्जन संघ सस्थाहरुका सल्लाहाकार समेत रहेका छन् । कामदार दैनिकका सम्पादक समेत रहेका उनी सेवा प्रबाह, मकै हाउस अनलाइन लगायत आधादर्जन भन्दा बढी प्रतिष्ठित सञ्चार गृहमा अतिथि सम्पादकको रूपमा  समेत कार्यरत छन् ।
 
’मोटिभेसन’वक्ताको रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस, दक्षिण कोरिया, फिलिपिन्स लगायत बिभिन्न देशहरूमा ’मोटिभेसनल’ वक्ताको रुपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । कोरियाको प्रतिष्ठित हान्याङ विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर गरेका उनी हाल विद्याबारिधी अध्ययनरत छन् ।
 
विभिन्न सम्मेलनहरुमा धेरैपटक कोरिया आइसकेका उनी निरन्तर रूपमा भने अध्ययनको सिलसिलामा २०१३ देखि स्थायी रुपमा कोरियामा बसोबास गरिरहेका छन् । आफु विद्यार्थी र श्रमिक दुबै भएकोले विद्यार्थी र श्रमिकहरुको हकहितको लागि आफ्नो मुख्य प्राथामिकता हुने बताउदै आफ्नो कार्यकालमा नारामा हैन साच्चिकै एनआरुएनए विद्यार्थी र श्रमिक मैत्री हुने बताएका छन् ।
सन्तोष खड्काले सार्वजनिक गरेका आफ्ना निति र चुनावी एजेन्डाहरु यस्ता छन्
 
  • खड्काले श्रमिकको साथी साथै श्रमिक नै हुने र आफुपनीश्रमिकभएकोले आफ्नो उम्मेदवारी रहेको जनाएका छन्। यस्तै उनकाअन्य सार्वजनिकनितितथाएजेन्डाहरुमा महिनाको ४ वटै आइतबार र रातो विदामापनि नेपाली राजदुतावासको सेवादिनको लागिआफ्नो पहल रहने उल्लेख गरेका छन्। 
  • नेपाली राजदुतावास र एनआरएनएको संयुक्तआयोजनामाभइरहेको पासपोर्ट नविकरण र अन्यविविध सेवासहितको घुम्ती सेवालाई निरन्तरतादिई अझप्रभावकारी र सबैको पहुँचमापुर्याउने, महङ्गो भाडा दरको स्थायी समाधानको लागि सम्बन्धितपक्षसँग छलफल गरि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई कोरिया देखि नेपालसम्मसिधा उडानको लागि सम्बन्धीतनिकाय सँग पहलगर्ने उनको सार्वजनिकएजेन्डा रहेका छन्।
  • कोरियामा नेपालीभाषा, संस्कृतिएवं रितिरिवाजको प्रवर्द्धनका निमित्त कोरियाली विद्यालयहरुमा नेपालीभाषा, संस्कृतिएवं रिति रिवाज सम्बन्धि कक्षा संचालनको लागि सम्बन्धित पक्षसँग पहल गराउने कुरालाई उनले आफ्ना एजेन्डाहरुमा समावेश गरेका छन्। 
  • यस्तै कोरियामा उच्च शिक्षाकालागि आउने नेपाली विद्यार्थीहरुका समस्या समाधान, भाषागत तथा कानुनी परामर्श सम्बन्धी समस्या समाधानका लागि विगतमा पनि प्रयास रहेको र यदि आफू महासचिव पदमा निर्वाचित भए आफुले गरेका यी सबै बाचा पूरा गर्ने प्रतिबद्धता खड्काले जनाएका छन्।
  • आफ्ना चुनावी निति एवं एजेन्डा सार्वजनिक गर्ने क्रममा खड्काले आफुले कुरा भन्दा काम गर्न जानेको हुँदा आफ्नो पक्षमा मत खस्ने बिश्वास दिलाएका छन्।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा ४३ प्रतिशत मतदान

बझाङ ।  बझाङमा प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ ।   मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार ह...

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६...

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ ...

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द, दुई हजार बढी मजदुर बेरोजगा

जनकपुर ।  आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०र८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्...

बझाङमा ४० प्रतिशत मतदान

बझाङ । बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ ।  मुख्य निर्वाचन अधिकृत सु...

धुलिखेलमा विवाहकै दिन बेहुली फरार

धुलिखेल । धुलिखेलबाट विवाहकै दिन बेहुली फरार भएकी छन् । धुलिखेल नगरपालिका वडा नम्बर ३ छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकी हुन् ।  विवाहका लागि...

कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला

रौतहट । मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनी नेता कार्यकर्ता योजनाको लागी दाबी छोडेका छैनन्।  मन्त्री परिवर्तन संगै योजनाको बाँडफाँडको बिष...

अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेसको विरोध

काठमाडौं । नेपाली कांग्रेसले लगानी सम्मेलन सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत् ९ वटा कानुन संशोधन गर्न लागेकोप्रति विरोध जनाएको छ । शनिबार कांग...

एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैनः नेता साउद

पर्सा ।  पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार ...

इलाम-२ मा ४२ प्रतिशत मत खस्याे, मतदान केन्द्रभित्रैबाट प्रहरीद्वारा शंकास्पद सामग्री बरामद

इलाम । जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies