Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

श्रमिकको साथी श्रमिक नै हुनुपर्छ, म जीतको नजिक छु– महासचिव पदका उम्मेदवार सन्तोष खड्का

खबरडबली संवाददाता
काठमाडौं । गैर आवासिय नेपाली संघ र अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको चुनाव नजिकिदै छ । निर्वाचनमा उम्मेदवारी दिदै विभिन्न आकांक्षीहरुले आफुले जित्ने दावी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
यसैबीच महासचिव पदमा उम्मेदवारी दिएका कोरियामा चिरपरिचित सन्तोष खड्काले मतदाताको आकर्षणको केन्द्र आफु रहेको दावी गरेका छन् । रामेछापमा जन्मिएर कोरियालाई कर्मभुमीबनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रुपमा आफुलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३–०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।
 
नेपाली समाजमानिकै परिचित उनी हाल नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका बरिष्ठ उपाध्यक्ष, रामेछाप सम्पर्क समिति दक्षिण कोरिया, नेपाल तराई समाज दक्षिण कोरिया लगायत आधा दर्जन संघ सस्थाहरुका सल्लाहाकार समेत रहेका छन् । कामदार दैनिकका सम्पादक समेत रहेका उनी सेवा प्रबाह, मकै हाउस अनलाइन लगायत आधादर्जन भन्दा बढी प्रतिष्ठित सञ्चार गृहमा अतिथि सम्पादकको रूपमा  समेत कार्यरत छन् ।
 
’मोटिभेसन’वक्ताको रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस, दक्षिण कोरिया, फिलिपिन्स लगायत बिभिन्न देशहरूमा ’मोटिभेसनल’ वक्ताको रुपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । कोरियाको प्रतिष्ठित हान्याङ विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर गरेका उनी हाल विद्याबारिधी अध्ययनरत छन् ।
 
विभिन्न सम्मेलनहरुमा धेरैपटक कोरिया आइसकेका उनी निरन्तर रूपमा भने अध्ययनको सिलसिलामा २०१३ देखि स्थायी रुपमा कोरियामा बसोबास गरिरहेका छन् । आफु विद्यार्थी र श्रमिक दुबै भएकोले विद्यार्थी र श्रमिकहरुको हकहितको लागि आफ्नो मुख्य प्राथामिकता हुने बताउदै आफ्नो कार्यकालमा नारामा हैन साच्चिकै एनआरुएनए विद्यार्थी र श्रमिक मैत्री हुने बताएका छन् ।
सन्तोष खड्काले सार्वजनिक गरेका आफ्ना निति र चुनावी एजेन्डाहरु यस्ता छन्
 
  • खड्काले श्रमिकको साथी साथै श्रमिक नै हुने र आफुपनीश्रमिकभएकोले आफ्नो उम्मेदवारी रहेको जनाएका छन्। यस्तै उनकाअन्य सार्वजनिकनितितथाएजेन्डाहरुमा महिनाको ४ वटै आइतबार र रातो विदामापनि नेपाली राजदुतावासको सेवादिनको लागिआफ्नो पहल रहने उल्लेख गरेका छन्। 
  • नेपाली राजदुतावास र एनआरएनएको संयुक्तआयोजनामाभइरहेको पासपोर्ट नविकरण र अन्यविविध सेवासहितको घुम्ती सेवालाई निरन्तरतादिई अझप्रभावकारी र सबैको पहुँचमापुर्याउने, महङ्गो भाडा दरको स्थायी समाधानको लागि सम्बन्धितपक्षसँग छलफल गरि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई कोरिया देखि नेपालसम्मसिधा उडानको लागि सम्बन्धीतनिकाय सँग पहलगर्ने उनको सार्वजनिकएजेन्डा रहेका छन्।
  • कोरियामा नेपालीभाषा, संस्कृतिएवं रितिरिवाजको प्रवर्द्धनका निमित्त कोरियाली विद्यालयहरुमा नेपालीभाषा, संस्कृतिएवं रिति रिवाज सम्बन्धि कक्षा संचालनको लागि सम्बन्धित पक्षसँग पहल गराउने कुरालाई उनले आफ्ना एजेन्डाहरुमा समावेश गरेका छन्। 
  • यस्तै कोरियामा उच्च शिक्षाकालागि आउने नेपाली विद्यार्थीहरुका समस्या समाधान, भाषागत तथा कानुनी परामर्श सम्बन्धी समस्या समाधानका लागि विगतमा पनि प्रयास रहेको र यदि आफू महासचिव पदमा निर्वाचित भए आफुले गरेका यी सबै बाचा पूरा गर्ने प्रतिबद्धता खड्काले जनाएका छन्।
  • आफ्ना चुनावी निति एवं एजेन्डा सार्वजनिक गर्ने क्रममा खड्काले आफुले कुरा भन्दा काम गर्न जानेको हुँदा आफ्नो पक्षमा मत खस्ने बिश्वास दिलाएका छन्।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending