Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कान्तिपुरका मजदुरकाे नयाँ आन्दोलन, पत्रिकासँगै ग्राहककाे घरमा पर्चा

खबरडबली संवाददाता

काठमाडौं । आजको कान्तिपुर दैनिक पत्रिकासँगै हरेक ग्राहकाे घरमा पर्चासमेत पुगेकाे थियाे ।  पत्रिकासँगै पर्चा बाँडेर श्रमिकहरुले नयाँ ढंगको आन्दोलन सुरु गरेका हुन् ।

उक्त पर्चामा ‘स्थापनाकालदेखिनैं अनवरतरुपमा कार्यरत श्रमजिवी पत्रकार, कामदार, कर्मचारीहरुको अवस्था चाहीँ दिनानुदिन नाजुक बन्दै जानु अत्यन्त दुर्भाग्य भएको’ बताइएको छ ।

‘पब्लिकेसन्स्बाट नै करोडौँ मुनाफा लिएर विभिन्न व्यापार व्यवसाय संचालन गर्ने ल्याकत राख्दैगर्दा तिनै कर्मजीवीहरुलाई आज बिना पारिश्रमीक, बिना क्षतिपुर्ती, बिना उपदान खाली हात गलहत्याउँदै गर्दा उहाँ भित्रको मानवीयता कता हरायो ? एउटा अभिभावकले आफ्नो सन्तानका लागि न्यूनतम कर्तव्य निभाउनु पर्दैन र ?' पर्चामा भनिएको छ ।

कर्पोरेट मिडिया पुष्टिँदै जाने र त्यहाँ कार्यरत श्रमिकहरुको अवस्था दिनानुदिन नाजुक बन्दै जाने जस्तो अत्यन्तै अमानवीय पक्षतर्फ राज्यको ध्यान पुग्न जरुरी छ ।

हेर्नुहोस् पर्चामा लेखिएको कुरा जस्ताको त्यस्तै :

हार्दिक अपिल ।

आदरणीय पाठ्कवृन्द, विज्ञापनदाता, कुटनितिक नियोग, सुभेच्छुक ज्यूहरु,  २०४९ साल फागुन ७ गते थापाथलीको चार कोठे टहरोबाट प्रकाशन शुरु भएको कान्तिपुर पब्लिकेशन्स प्रा. लि. आज ३१ वर्षमा आइपुग्दा, शान्तिनगर, तिनकुने हुँदै थापाथलीमै आलिसान भवनसँगै, कम्पनी अबको ड्रेडमार्क बन्दै गर्दा स्थापनाकालदेखिनै अनवरतरुपमा कार्यरत श्रमजिवी पत्रकार, कामदार, कर्मचारीहरुको अवस्था चै दिनानुदिन नाजुक बन्दै जानु

अत्यन्त दुर्भाग्य हो । विगत २ महिना देखि मानव संसाधन विभागबाट व्यक्तिपिच्छे मौखिक तथा लिखित रुपमानै कामबाट निष्कासन गर्न पनि उत्तिकै निन्दनिय छ । अतः उक्त कार्यको विरुद्धमा हामीले विभिन्न विरोधका कार्यक्रम गरी व्यवस्थापकलाई सचेत गराउने काम पनि गयौ । तर उहाहरुले राज्यले तोकेको ऐन, कानुन सिरोधर गरि संस्था सञ्चालन गर्छु भन्ने र त्यस वापत राज्यले दिने भ्याट छुट लगायत अन्य धेरै सेवा सुविधा लिन पछि

नपर्ने तर संस्थामा कार्यरत कामदार, कर्मचारीहरुलाई श्रमजिवि ऐनले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुहोस, भन्दा नतमस्तक भएर बस्ने, यो उहाहरुको कस्तो प्रवृती हो ? आम जनतामाझ सामाजिक कार्यमा अविछिन्न स्वतन्त्र र निष्पक्ष छु भनि देखाउन कान्तिपुर आईकन, कान्तिपुर हाफ म्याराथन, दुर्गम जिल्लाका गरिब जनताका बालबालिका अध्ययन गर्न भवन बनाउने जस्ता कार्यक्रम गरेर लोकप्रिय बन्न खोज्नुभयो । तर आफ्नै संस्थाका

श्रमजिवी कर्मचारी प्रति चै अभिभावकत्व भूमिका निर्वाह गर्न जहिले चुकी रहनु भयो । कर्मचारीका सन्तानहरुले असल शिक्षा अनि दुई छाक खाना खान पाए पाएनन् भनि ख्याल नगरी संघै बत्तिमुनिको अध्यारो बनाई राख्नुभयो । संचार क्षेत्र राज्यको चौथो अंग हो भनि  “सुचना तपाईको अधिकारू भन्ने नाराले स्वयम् व्यवस्थापकलाई नै गिज्याइरहेको छैन ? स्मरण रहोस् चाहे २०५९ सालको प्रत्यक्ष शाहि शासन कालमा कान्तिपुर एफ. एम. मा

हस्तक्षेप गर्दा होस् वा सम्मानित सर्वोच्च अदालतमा व्यवस्थापक विरुद्ध विभिन्न सूचना प्रकाशनको नाममा मानहानीको मुद्दामा होस्, श्रमजिवी कामदार तथा कर्मचारी, संस्था र व्यवस्थापकलाई अप्ठ्यारो पर्दा सधै अग्रपङ्तीका उभिएर रक्षाकवच बनि नै रहे । तरपब्लिकेसन्स्बाट नै करौडौ मुनाफा लिएर विभिन्न व्यापार व्यवसाय संचालन गर्ने ल्याकत राख्दै गर्दा तिनै कर्मजीवीहरुलाई आज बिना पारिश्रमीक, विना क्षतिपुर्ती, बिना उपदान खाली हात गलहत्याउँदै गर्दा उहाँ भित्रको मानवीयता कता हरायोरु एउटा अभिभावकले आफ्नो सन्तानकालागि न्यूनतम कर्तव्य निभाउनु पर्दैन ररु हो, कामदार कर्मचारीहरु मृत्यु पर्यन्त काम गर्न पाउँनु पर्छ भन्ने पनि होइन तर उसलाई निश्चित समय पश्चात ऐन नियमलेतोकिए बमोजिमको सुविधा दिएर बिदा गर्नु पनि उहाँको दायित्वमा पर्दैन र ? त्यसैले हामी निवेदन गर्न चाहन्छौं कि, हामीलाई २०७५ सालमा पारिश्रमिक निर्धारण समितिद्वारा

सिफारिस भई राजपत्रमा प्रकाशित र सम्मानित सर्वोच्च अदालतमा दर्ता नं. ०७५-wo-०७१९ (075-wo-0719) को रिटको २०७८ सालमा फैसला भइ कार्यन्वयनमा लैजानु भन्ने आदेशलाई निशर्त पालना गरी स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीहरुलाई अवकास र बाँकी कार्यरत कर्मचारीलाई ऐन कानुनले तोकिए बमोजिमको सेवा सुविधा दिई निष्कासितहरुलाई तत्काल पुर्नवालि होस् भन्ने जोडदार माग अघिसारी रहेका छौं ।

अतः यिनै यावत विषय प्रति हाम्रा पाठकवृन्द, विज्ञापनदाता, कुटनितिक नियोग, सुभेच्छुकलाई आज हामीले भित्री आत्माले नचाहदा नचाहदै पनि भारि मन बोकेर यहाँहरुको घर दैलोमा पत्रिका सहित यो पर्चा पनि बितरण गर्न बाध्य भएका छौं । आशा छ तपाईहरुले हामी पिडित श्रमजिवीहरु प्रति सकारात्मक सहयोगको भाव राखी व्यवस्थापक तर्फ दवाव सिर्जना गरिदिनुहुनेछ भन्ने पुर्ण विश्वास लिएका छौं । धन्यवाद ।

 कान्तिपुर संयुक्त संघर्ष समिति 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनकामना पुगेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो

काठमाडौं  । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को–को परे ?

काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...

बिहान उठेर खाली पेट पानी पिउनुका ११ फाइदा

काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...

रोल्पामा माटोको ढिस्कले पुर्दा एक महिलाको ज्यान गयो, तीन घाइते

रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...

महावीर पुनको चुनावी हिसाबकिताब : २८ लाख खर्च, २७ लाखभन्दा बढी बचत

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...

सञ्चालनमा आयो ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: