काठमाडाैं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा न १०मा भएकाे विद्युतीकरणमा अनियमितता भएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा खाेटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख संजीव साह, वडा अध्यक्ष दामोदर धमला र इन्जिनियरसहित १० जनाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हाे ।
सिद्धिचरण नगरपालिका वडा नम्बर १० मा विद्युत पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हाे ।
आयोगले धमलासहित पाँच जनालाई करिब पाँच लाखको विगो दाबी र कैद जरिवाना दुवैको माग गरेको छ । उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमला र प्रमुख प्रशासकीय अधिकृत खतिवडाबिच सम्झौता भएकोमा उक्त योजनामा नेपाल विद्युत प्राधिकरण ओखलढुंगाबाट निशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामाग्रीहरु वईजल एसीएसआर कन्डक्टर, स्टिल ग्यालभनाईज पोल, स्याकल इन्सुलेटर डि आइरन सेट, पिन ईनसुलेटर स्पिन्नडल सामानहरु लिई सोही सामाग्रीलाई नमामी सप्लायर्स लहानको भ्याट बिल आयोजना सुरु हुनुभन्दा अघिको मिति राखी खरिद गरेको भनेर फर्जी बिल बनाइएको थियो ।
साथै काम सम्पन्न भएको सिफारिस पनि फर्जी बनाई वडाध्यक्ष धमालाले भुक्तानीका लागि नगरपालिकामा दबाब दिएको स्थानीयको भनाई छ । जानकारहरुका अनुसार नगरपालिकासँग सुरुवाती सम्झौता गर्नु पर्नेमा आधा काम सम्पन्न भएपछि मात्रै सम्झौता गरिएको थियो । नगरपालिकासँग भएको सम्झौता अनुसार १४ लाखको योजना रहेकोमा करिब पाँच लाख रकम भ्रष्टाचार भएको देखिएको छ ।
नेकपा एमालेबाट वडा नं.१० मा निर्वाचित भएका धमलाको डिजाइनमा यस्तो कार्य भएको आरोपीहरुले बताएका छन् । स्थानीयलेसमेत पटक–पटक बजेट हिनामिना भएको भन्दै नगरपलिकामा लिखित तथा मौखिक रुपमा उजुरी दिदै आएका थिए । नगरपालिकाले भने राजनीतिक आडमा उनीहरुको कुनै सुनुवाई नगरेको स्थानीयको गुनासो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - १०:२७
काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो। २०७२ काे भुकम्पले भत्काएको केव...
बैशाख १२ गते, २०८३ - १०:२४
काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...
बैशाख १२ गते, २०८३ - १०:१८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख १२ गते, २०८३ - १०:१५
काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...
बैशाख १२ गते, २०८३ - ०८:११
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...
बैशाख १२ गते, २०८३ - ०८:०३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...
बैशाख १२ गते, २०८३ - ०८:०२
काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...
बैशाख १२ गते, २०८३ - ०७:५९
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...
बैशाख १२ गते, २०८३ - ०७:५४
काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...
बैशाख १२ गते, २०८३ - ०७:५३
भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...


प्रतिकृया लेख्नुहोस्: