Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

गुल्मीमा बाँदर आतंक, खेती जोगाउन रुखमै घर

खबरडबली संवाददाता

गुल्मी । गुल्मीमा बाँदर आतंकले सर्वसाधरण आजित भएका छन् । हरेक समयमा लगाएको बाली बाँदरले नष्ट गर्दा आम नागरिक बाँदरबाट है।रानी भएका हुन् । 

देहका हरेक स्थानमा बाँदरले सर्वसाधरणको बाली नोक्सानी देखी लिएर घर भित्र पसेर अन्नपात सबै नष््ट गर्न थालेको छ । बाँदरले हैसानी दिन थाले पछि गुल्मीमा भने स्थानीयहरु रुखमै घर बनाएर बस्न थालेका छन् ।
सुन्दा अचम्म लाग्न सक्छ मानिसले रुखमा घर बनाएर बसे भन्दा । तर गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्बेनी खर्कका ६७ वर्षीय ठानीश्वर न्यौपानेले रुखमा घर बनाएका छन्।

आफूले लगाएको मकै खेती बाँदरबाट जोगाउन निकै मुस्किल भएपछि  रुखमै घाम पानीबाट बच्नका लागि अस्थायी घर निर्माण गरेका हुन् । अग्लो रुखमा अस्थायी टहरा बनाएर बस्दा धेरै परसम्म बाँदर आएको देख्न सकिने भएकाले मकै खेती जोगाउन आफूले रुखमा घर बनाएको उनको भनाइ छ ।

आफू घरमा एक्लै भएको, दुई हलको बारीमा लगाएको खेती जोगाउन निकै कठिन भएकाले रुखमै अस्थायी टहरा बनाएर बाँदर हेर्नु र धपाउनु बाहेकको विकल्प नभएको न्यौपानेले बताए । उमेरले नेटो काट्दै गएको समयमा जेनतेन लगाएको बाली पनि घरमा ल्याउन नपाइने चिन्ताले रुखमा बास बस्नुपरेको उनको गुनासो छ ।

अझै करिब एक महिना मकै बाली जोगाउन रुखमै बास बस्नुपर्ने अवस्था रहेको भन्दै उनले यो अवधिसम्म बाँदर धपाउनका लागि व्यवस्था गरिदिए मात्र आफूहरूलाई सरकार भएको अनुभूति हुने बताए।

यस्तै स्थानीय युवा खिमानन्द न्यौपानेले पनि बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गरिदिने गरेकाले कृषक सधैँ मारमा पर्ने गरेको बताए । यस्तै समस्याका कारण खेती योग्य जमिन बाँझो हुन थालेको र बसाइँसराइँ गर्नु बाहेकको बिकल्प नभएको न्यौपानेको भनाइ छ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले कृषकले लगाएको अन्नबाली जंगली जनावरबाट जोगाउन समस्या भएको बताए। तत्कालका लागि गाउँटोलका स्थानीय मिलेर बाँदर धपाउनु बाहेकको विकल्प नभएको  पनि उनको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अदालतले खोले पनि कांग्रेसभित्र ‘गाँठो’ बाँकी : एकता कुरा, अविश्वास गहिरो

काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...

यस्तो छ आजका लागि कालीमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...

बेनीमा शान्ति पार्क बनाउने योजना अन्योलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending