Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

सुदूरपश्चिममा गत आवमा दुई सय ४९ सवारी साधन दुर्घटना

खबरडबली संवाददाता

बैतडी । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेका थिए । आव २०७८/७९ भन्दा आव २०७९/८० मा आधाभन्दा कम दुर्घटना भएको  प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ  ।

आर्थिक वर्ष २०७८र७९ मा यहाँ पाँच सय एक सवारी साधन दुर्घटनामा परेकामा गत आवमा घटेर दुई सय ४९ पुगेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा नायव प्रहरी उपरीक्षक नेत्रमणि गिरीले  जानकारी दिए । यस्तै  आर्थिक वर्ष २०७७र७८ मा पाँच सय ५८ सवारी साधन दुर्घटनामा परेका थिए ।  

सवारी दुर्घटना कमी भएसँगै अङ्गभङ्ग र मृत्यु हुनेको सङ्ख्या पनि घटेको छ । आव २०७९र८० मा यहाँ दुईसय ४९ सवारी साधन दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको र चार सयजना ६३ घाइते भएका थिए ।  

आव २०७८/७९ मा पाँच सय एक सवारी साधनको दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधनको दुर्घटनामा एकसय ८६ जनाको मृत्यु भएको र सयौंँ अङ्गभङ्ग भएका थिए । ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी नायब उपरीक्षक गिरीको जिकिर थियो । उनले भने,“ट्राफिक प्रहरी सडकमा बढी खटिएकोले सवारी दुर्घटनामा कमी आएको हो । हामीले गरेको जनचेतनामूलक कार्यक्रम पनि फलदायी भएको छ ।” 

गत आवमा प्रदेशभरि चार हजार ६३ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा तीन हजारले बढी रहेको छ । अघिल्लो आवमा एक हजार मात्रै जनचेतनामूलक कार्यक्रम गरिएको थियो । प्रहरी नायब उपरीक्षक गिरीले भने,“हामीले दुर्घटना न्यूनीकरणकै लागि भनेर एक वर्षमा चार हजार बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन ग¥यौँ, त्यसले पनि दुर्घटना कम भएको हामीले महसुस गरेका छाँंै ।” सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम बस दुर्घटनामा परेका थिए ।  

सवारी साधनको दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँच, टाइम कार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको उनको भनाइ थियो । दुर्घटना न्यूनीकरणका लागि विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेलाबेलामा सचेत गराउने कार्य पनि प्रहरीले गरेको छ । प्रहरी नायब उपरीक्षक गिरीले भने,“नियमित जाँचसँगै जनचेतनामूलक सन्देश पनि दिँदै आएका छौँ, प्रदेशभरि विभिन्न सडकखण्डमा सचेतनामूलक होडिङ बोर्ड राखेका छौँं, चालकसँग एक मिनेट  कार्यक्रम पनि सञ्चालनमा छ ।”  

दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु, सवारी साधानको चाप बढ्दै जानु, यात्रु र चालकको दुवैको लापरबाही बढ्नु र सडकको अवस्थालगायत कारण रहेका छन् । दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधारको खाँचो रहेको उनले  बताए । 

कारबाहीबाट साँढे ६ करोड राजस्व सङ्कलन 

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा सवारी साधनका चालकलाई गरिएको कारबाहीबाट करिब साँढे छ करोड राजस्व सङ्कलन भएको छ ।  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीका अनुसार आर्थिक वर्ष २०७९८० मा सवारी साधनका चालकलाई गरिएको कारबाहीबाट छ करोड ४२ लाख १२ हजार राजस्व सङ्कलन भएको हो । 

सो रकम आर्थिक वर्ष २०७८/७९ भन्दा एक करोडले बढी हो । उक्त आर्थिक  वर्ष रु पाँच करोड ४१ लाख ९४ हजार राजस्व सङ्कलन भएको थियो । 

प्रदेशमा गत आवमा १५ हजार नौ सय ६० नयाँ सवारीसाधन दर्ता समेत भएका थिए ।  सवारीसाधन थपिँदै गए पनि ट्राफिक प्रहरीको उपस्थिति बढी हुनाले राजस्व सङ्कलन बढेको जनाइएको छ ।  

सुदूरपश्चिममा एकसय ८८ जनाको दरबन्दी रहेकामा हाल दुई सय ६३ ट्राफिक प्रहरी कार्यरत छन् । प्रदेशभरिका नौ जिल्लामा गरेर ५५ वटा ट्राफिक इकाई छन् । 

यस प्रदेशको कैलाली, कञ्चनपुर र डोटीमा चालु आर्थिक वर्षदेखि ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस) प्रणाली लागू गरिएको छ । सवारी नियम उल्लङ्घनका कसुरको जरिवानाबापत रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्न यो प्रणाली लागू गरिएको प्रमुख गिरीको भनाइ थियो  । उक्त प्रणालीका  आधारमा कारबाही कारबाही हुनाका साथै सवारी नियम उल्लङ्घनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारबाहीमा परेको विवरण देशभरबाटै हेर्न सकिने जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE