Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

तीन तहको घेरामा सुन तस्करी, ट्रान्जिट बन्दै ‘नेपाल’

एक दशकमा भित्रीयो ४१ क्विन्टल अवैध सुन

मनाेज भट्टराई

काठमाडौं । पछिल्लो समय नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको छ । प्रहरीको एक दशक यताको तथ्याङ्क हेर्दा नेपाल सुन तस्करीको ट्रान्जिट भएको पुष्टि भएको छ ।

राजस्व अनुसन्धान विभागले गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १०० केजी सुन बरामद गर्यो । विमानस्थलको भन्सारबाट ठुलो परिणामको तस्करीको सुन यति सजिलै कसरी बाहिरियो भन्ने प्रश्न उठेको छ । तथापि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो परिणाममा सुन तस्करी  भएको यो नौलो घटना भने होइन ।

विगत १० वर्षको अवधिमा ठुला तस्करीका घटनामा ४१ क्विन्टल १७ किलोभन्दा बढी सुन अवैध भित्रिएको छ । ठुलो परिमाणमा भने फेला परेको गत बुधबार नै हो । एउटै किसिमको अपराध बारम्बार भइरहने र अझ ठुलो परिणाममा सुन नेपाल भित्रनुले तस्करी नियन्त्रणमा सरकारी संयन्त्र पूर्ण असफल भएको प्रष्ट भएको छ । सुन तस्करी एउटा सङ्गठित अपराधको रूपमा मौलाएको बुधबार बरामद सुनको परिणामले पनि पुष्टि भएको छ ।

बुधबार साँझ राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थलबाट बाहिर लैजान लागिएको अवस्थामा करिब १ सय किलो सुन बरामद गरेको थियो । हाल सम्म एक भारतीय र एक चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका छन् । 

चीनबाट तस्करी गरेर ल्याउने गरिएको सुन तस्करहरूले दक्षिण छिमेकी राष्ट्र भारत र्पुयाइरहेका छन् । विभिन्न तीन तहमा सक्रिय तस्करहरूले तेस्रो मुलुक तथा चीनबाट सुन नेपाल पठाउने, काठमाडौँमा भण्डारण गर्ने, काठमाडौँबाट नेपाल–भारतको समिानाका हुँदै भारत छिराउने काम गरिरहेको घटना भने नौलो होइन । नेपालको आन्तरिक माग भन्दा बढी सुन बरामद हुनुको अर्थ तस्करी मौलाउनु नै हो ।

तीन तहको घेरामा तस्करी

विगतका सुन तस्करी र तीनको अनुसन्धानमा संलग्न सरोकारवाला निकायका प्रतिनिधि तथा उनीहरूले दिएका प्रतिवेदन अनुसार नेपालमा सुन तस्करीमा तीन तहको घेरा छ । पहिलो तहका कारोबारी दुबई, हङकङ र चीन बसेर आफ्नो क्षेत्र कटाइदिनेसम्म जिम्मेवारी सम्हाल्छन् ।

दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत भन्सार कटाउन सक्रिय हुन्छन् । जानकारका अनुसार दोस्रो तहमा हङकङ तथा दुबईबाट सुन ल्याउने फरक–फरक समूह सक्रिय छन्। तेस्रो तहका कारोबारी भने नेपाल–भारत सीमामा बस्छन् । काठमाडौँमा स्टोर भएको सुन स्थल मार्ग हुँदै भारतीय कारोबारीसम्म र्पुयाउने जिम्मा उनीहरूकै देखिन्छ । यस्ता कारोबारी बढी वीरगन्ज र विराटनगर क्षेत्रमा सक्रिय रहेका छन् । सुन तस्करीको अनुसन्धानमा खटिएका अधिकृत र उनीहरूले तयार पारेको प्रतिवेदनले सुन तस्करीमै संलग्न व्यक्तिहरू नै वैदेशिक मुद्रा र हुन्डी कारोबार संलग्न भएको देखाउँछ ।

प्रहरीको पुरानो तथ्याङ्क अनुसार सुन बरामद भएको दोस्रो क्षेत्रमा मध्य नेपाल पर्छ । तेस्रोमा पूर्व क्षेत्र पर्छ । यसबिचमा पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिममा समेत केही परिमाणमा अवैध सुन फेला परेको छ । यो प्रवृत्तिले उपत्यकालाई केन्द्रबिन्दु बनाएर पूर्व र मध्य क्षेत्रको बाटो हुँदै अवैध सुन भारततिर तस्करी हुने गरेको प्रष्ट भएको छ ।
फेरीएको शैली

२०७२ भूकम्प अघि नेपाल–चीनको खासा बोर्डरबाट स्थल मार्ग हुँदै सुन तस्करी हुन्थ्यो । हवाई मार्गको तुलनामा स्थल मार्ग तस्करहरूका लागि सुरक्षित थियो । तर, अहिले भने खासा नाका बन्द रहेको अवस्थामा धेरै परिमाणको सुन त्रिभुवन विमानस्थलबाटै सेटिङमा नेपाल भित्रिरहेको देखिन्छ । तस्करहरूले सेटिङ मिलाएर हवाई मार्गबाट सुन तस्करी गर्न थालेको गतबुधबारको पहिलो भने होइन  । यसरी तस्करी गरेर ल्याइने गरिएको अधिकांश सुन काठमाडौँ उपत्यकाबाटै बरामद भइरहेको छ ।

सुरुमा व्यापारीले खासाबाट सामान ल्याउने कन्टेनर, जिप र साना व्यक्तिगत सवारीमा फल्स बटम बनाएर सुन भित्राउने गरेका थिए । यसरी उपत्यका भित्राउने सुन पटक–पटक प्रहरीको फन्दामा पर्न थालेपछि व्यापारीले कम्मरमा बाँधेर, जुत्ताको सोलमा राखेर र मोटरसाइकलको डिकीमा लुकाएर तस्करी गर्न थाले । यसले स्थल मार्गबाट हुने सुन तस्करी केही कम भयो । स्थल मार्गमा कडाइ भएपछि कारोबारीहरू हवाई मार्गतिर लागे । कारोबारीले दुबई, हङकङ, कतार र मलेसियाबाट काठमाडौँ आउने हवाई रुट तस्करीमा उपयोग गर्न थाले । वैदेशिक रोजगारका लागि गएका नेपालीसमेत भरियाका रूपमा प्रयोग हुने क्रम चल्यो, जुन अझै जारी छ ।

कति परे पक्राउ ?

नेपालमा  ​हाल सम्म सुन  तस्करीमा संलग्न ७०६ भन्दा बढी पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न रहेकाे आराेपमा विभिन्न स्थानबा६ उक्त संख्यामा आराेपीहरु पक्राउ परेका हुन् ।

हाल सम्म नेपालमा २०७१/०७२ मा ८६ जना २०७२/७३ मा ९८ जना ०७३/७४मा ८५ जना०७४/७५मा ५८ जना पक्राउ परेकेा प्रहरी तथ्याङ्क रहेकेा छ । यसै गरी ०७५/७६मा १२५ जना०७६/७७मा ३० जना ०७७/७८ मा ५५ जना ०८७/८९ मा ८८ जना र ०७९/८० मा ९१ जना पक्राउ परेका छन् ।

पक्राउ परेका अधिकांश काठमाडाैंबाट पक्राउ परेका छन् । यस तथ्याङ्कले नेपाल सुन तस्करीको ट्रान्जिट बन्दै गएको पुष्टि भएको छ । प्रहरीको तथ्याङ्क केलाउँदा पनि सुन तस्करीको ट्रान्जिट काठमाडौं उपत्यका नै भएको छ । 

०६९ देखीका सुन तस्करी 

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा नेपालमा ४१ क्वीन्टल बढी सुन तस्करीबाट भित्रिएको छ ।  आर्थिक वर्ष ०७०/७१ देखि ०७९/८० सम्म तस्करी गरेर ल्याइएको ४ हजार १ सय १७  किलो सुन बरामद भएको छ ।

२०६९/७० मा नेपालमा ६९ किलो फेला परेको थियो भने ०७०र७१ मा १ सय ४१ किलो बरामद भएको तथ्याङ्ले जनाएको छ । २०७० असारदेखि २०७१ असारसम्म नेपालमा सुन तस्करीको क्रम ह्वात्तै बढेको बरामद सुन परिमाणले देखाउँछ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २०७० साल असार २६ गते काठमाडौँको कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको थियो । चीनको खासाबाट भित्र्याइएको ३५ किलो सुन सिआइबीले बा ३ ख २५७० नम्बरको कन्टेनरमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा कोटेश्वरबाट बरामद गरेको थियो । सुनसँगै कन्टेनरका चालक निमा छिरिङ पक्राउ परे तर सुनका मालिक मोहन अग्रवाल, ओमबहादुर बज्राचार्य, घ्याम्पे लामा पक्राउ परे पनि उनीहरू जिल्ला अदालतको आदेशमा धरौटीमा छुटे ।

आर्थिक वर्ष२ ०७१/७२ 
आर्थिक वर्ष०७१/७२ मा तस्करी गरेर नेपाल भित्र्याइएको १७८ किलो सुन बरामद भएको तथ्याङ्कले देखाउँछ । 
त्यति बेला अधिकांश सुन स्थल मार्गबाट लुकाइछिपाई उपत्यका भित्र्याउने क्रममा बरामद भएका थिए । २०६९ देखि आर्थिक वर्ष ०७१/७२ सम्म सबैभन्दा धेरै अवैध सुन उपत्यकामै बरामद भएको प्रहरी तथ्याङ्कले पुष्टि गरेको छ ।
आर्थिक वर्ष२०७३/०७४

आर्थिक वर्ष २०७३/०७४ मा २०७३ पुस २० गते एयर अरेबियाबाट आएका नेपालगन्जका गोपालबहादुर शाहीका दुई सुटकेसमा सिग्नेचर रक्सीको बोतल राख्ने डिब्बाभित्र लुकाएर ल्याउँदै गरेको २८२ वटा सुनका बिस्कुट, १९ वटा औँठी तथा १८ वटा सिक्रीसहित ३३ किलो सुन बरामद भयो ।

सुनसहितको सुट्केस सजिलै भन्सार पार गरेर शाही ट्याक्सीबाट बाहिरिए । प्रहरीले शाहीलाई सुनसहित गौशालाको पिङ्गलास्थानबाट पक्राउ गर्यो ।  सुन लिन गएका मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले पनि पक्राउ परे । फलामको डिब्बाभित्र कार्बनको कभर राखेर ल्याएको सुनका बिस्कुटलाई प्लास्टिकको कालो टेपले बेरेको अवस्थामा भन्सारले पत्ता लगाउन सकेको थिएन ।

२०७४ भदौ १८ गते राति २ बजे काठमाडौँको क्षेत्रपाटीबाट ८८ केजी सुनसहित मनोज अधिकारी पक्राउ परे । बा १७ च ६४२७ नम्बर गाडीको डिकीमा सुन फेलापरेपछि अपराध महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीको नेतृत्वको टोलीले तस्करीको सुन चिनियाँ नागरिकको रहेको पत्ता लगायो । केरुङ नाका हुँदै नेपाल भित्रिएको सुनका मालिक चिनियाँ नागरिक भने पक्राउ परेनन् । 

आर्थिक वर्ष ०७४/७५ मा तीजनाले गरे आत्मा हत्या

आर्थिक वर्ष ०७४/७५ मा यसमध्ये सबैभन्दा बढी २ सय किलो सुन बरामद भएको थियो । २०७४ माघ  ९ गते  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ केजी सुन फेला पर्न सकेन । तस्करीको सुन बाटोबाटै हरायो । सुन हराएपछि सुनका मुख्य भरिया चूडामणि उप्रेती ‘गोरे’ समूहको यातनाबाट मोरङका सनम शाक्यको हत्या भएपछि घटना बाहिरियो । 

सो घटनामा नाम जोडिएका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरी, थाई एयरवेजका इन्जिनियर सानु बनसहित तीन जनाले त आत्महत्या नै गरे । सरकारले उक्त घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा २०७४ चैत २० गते ‘विशेष अनुसन्धान टोली’ गठन गर्यो । समितिले १९ महिनामा गोरे समूहले मात्र ३८ क्विन्टल सुन तस्करी गरेको र लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल रहेको निष्कर्ष निकाल्यो । स्करीमा संलग्न भनिएका मुख्य अभियुक्तसहित ६३ जना प्रतिवादी अदालती प्रक्रियाबाट पुर्पक्षका लागि जेल चलान भए पनि मुख्य योजनाकार फेला पर्न सकेनन् ।

आर्थिक वर्ष २०७९/८०

२०७९ पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुन बरामद भयो । फ्लाई दुबईको उडान नम्बर–५१९ बाट भित्रिएको उक्त सुन कपडामा लेपन बनाएर फरक शैलीमा तस्करी गरिएको थियो । प्रहरीले तस्करीको सुनसहित सुडानका नागरिक मोहम्मद अहमेदले डफला साराफेल्दिनलाई पक्राउ गर्यो ।

प्लास्टिकमा बेरिएको अर्ध तरल (सेमिलिक्विड) सुन कम्मरमा बाँधेर ल्याएको अवस्थामा भन्सार पास भई प्रहरीको अन्तिम चेकजाँच कक्षमा फेला परेको थियो ।

माओवादी केन्द्रका नेता महराकाे नाम पनि जोडीयाे तस्करीको धन्दामा

२०७९ पुसकै १० गते फ्लाई दुबईको एफजेड–०५८७ नम्बरको उडानबाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजबाट प्रहरीले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले झन्डै नौ केजी सुन बरामद गर्यो ।

सुन तस्करीको यो धन्दामा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको पनि नाम जोडीएको छ । २०७९ पुस १० गते फ्लाई दुबईको एफजेड–०५८७ नम्बरको उडानबाट नेपाल भित्रिएको अवैध सुन काण्डमा माओवादी नेता महराका बाबु छोराको नाम जोडीएको हो ।

भेपभित्र लुकाएर ल्याएको सुन विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले पत्ता लगाएका थिए । सो घटनामा भन्सारका नायब सुब्बा रेवन्त खड्का, दिनेश बस्नेतलगायतका कर्मचारीले जोडिएका थिए । भेपभित्रको करिब नौ किलो सुन निकाली प्रतितोला ८० हजार रुपियाँमा बिक्री गरेको खुलेको छ । सुरक्षा स्रोतका अनुसार उक्त प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महाराका छोरामाथि अनुसन्धान अघि बढेको छ । 

महराले विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतलाई सम्पर्क गरी लिलामीको प्रक्रिया अगाडि बढाइदिन पटक पटक आग्रह गरेको खुलेपछि अनुसन्धान अघि बढाइएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । 

गत माघ २९ गते चिनियाँ नागरिकले दुई वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट नेपाल ल्याएको घटनामा पनि सिआइबीले अनुसन्धान गरिरहेको छ  । सिआइबीले सो घटनामा भन्सार कार्यालयका नायब सुब्बा खड्का, सिन्धुपाल्चोक सुनकोशी–६ का दिनेश बस्नेत, दिपेश बस्नेत गोपाल सुवेदी अमृत कार्की, सुनसरी धरान उपमहानगरपालिका–२ का वेदप्रकाश अग्रवाल, भारत महाराष्ट्रका साहेब राव पाण्डुरङ मरग, बाग्लुङ काठेखोला–३ का निर्मलकुमार विकलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।

याे पनि पढाैं

 

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठकमै प्रहरीको इन्ट्री, विष्णु पौडेल पक्राउपछि कर्णालीमा तरंग।

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...

मोटरसाइकलले ठक्कर दिँदा बारामा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...

कोटेश्वरमा कारको ठक्कर : चार मोटरसाइकलमा क्षति, पाँच जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...

आरजुमाथि तत्काल मुद्दा नचल्ने, अख्तियारले छुट्टै अनुसन्धान अघि बढाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending