Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

परिवारमा खानैकाे लागि मजदुरी गर्न पर्ने भुजेल एक क्वीन्टल सुनका मालिक कसरी भए ?

मोटरसाइकल पनि खरिद गर्न नसक्ने अवस्थाका मान्छेले यत्रो सुन ल्यायो भन्दा कसरी पत्याउनुः वडाअध्यक्ष बसन्त लामा

मनाेज भट्टराई

काठमाडौं । दाेलखाकाे मेलुङ गाउँपालिका वडा नं ३ का वडाअध्क्ष बसन्त लामाले एक क्वीन्टल सुनका मालिक भनिएका भुजेलकाे परिवारमा खानैकाे लागि मजदुरी गर्नु पर्ने बताएका छन् । खान कै लागि मजदुरी गर्न पर्ने दीलीप भुजेल पनि परिवारकाे भविष्य खाेज्दै काठमाडाैं छिरेकाे उनकाे भनाइ छ ।

परिवारका  एक क्वीन्टल चामल किन्नका लागि हरेक समय मजदुरी गर्नुपर्ने भुजेल एक क्वीन्टल सुनकाे मालिक भएकाे समाचार सुन्दा आफुहरु चकित भएकाे खबरडबलीसँग लामाले बताए । सुन मालिक भनिएका युवक बाइक पनि किन्न नसक्ने हैसियतका भएकाे र आर्थिक अवस्था दयनीय रहेको वडाअध्यक्ष लामाकाे भनाइ छ । लामाले सुन तस्करले आफ्ना गाउँलेलाई फँसाएको र उनीहरु भरियामात्र भएको हुनसक्ने आशंका ब्यक्त गरे । 

उनको परिवार मेलुङ-१ मा बस्ने र आफ्नाे वडाबासी नभए पनि उनीहरुकाे घर नजिकै भएकाेले भुजेलहरुलाई आफुले राम्राेसँग चिन्ने पनि बताए ।  लामाले उनीहरुलाई राम्रोसँग चिन्ने र काम नगरी खान नपुग्ने आर्थिक अवस्थाका उनीहरुले कसरी सुन तस्करी गर्छन् भन्ने प्रश्न उब्जिएकाे बताए ।  मोटरसाइकल पनि खरिद गर्न नसक्ने अवस्थाका मान्छेले यत्रो सुन ल्यायो भन्दा कसरी पत्याउनु लामाले भने ।

राजस्व अनुसन्धान विभागले दिलिपसहित मेलुङ-३ का ५३ वर्षीय रामकुमार भुजेललाई पनि पक्राउ गरेको छ । लामाका अनुसार दिलिप, रामकुमारका साला हुन् । रामकुमार काठमाडौंमा ट्याक्सी चलाउँदै आएका थिए । रामकुमारमार्फत सम्पर्कमा आएका एक व्यक्तिले दीलीपको नाममा कम्पनी दर्ता गरेको भन्ने सुन्नमा आएको र ३ महिना अघि मात्र कम्पनी दर्ता भएको भन्ने बुझीएकाे छ । आज बिहानै भुलेलकाे परिवार आफ्नाे सम्पर्कमा आएका पनि आफुले गर्न सक्ने केही नरहेकाे उनले बताए ।

दीलीपकै नाममा दर्ता रहेको रेडी ट्रेड्स प्रालिले सुन जडित ब्रेक सु ल्याएको पाइएको छ । राजस्व अनुसन्धान विभागले सुनका वास्तविक मालिक को हो भन्नेबारे केहीपनि सार्वजनिक गरेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: