काठमाडौँ । पशुपति क्षेत्रबाट वैदिक मन्त्रोच्चारणसहित सूचनाको हकका लागि समुदाय जागरणको दोस्रो हप्ताको कार्यक्रम गरिएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्य समिति काठमाडौँको आयोजनामा काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिल चोकबाट सुरु भएको जागरण यात्राको आरम्भमा वैदिक पण्डितले मन्त्रोच्चारण गरी कार्यक्रम आरम्भ भएको हो ।
जागरण यात्रा चन्द्रविनायक मन्दिर, मित्रपार्क, सिफल, जयवागेश्वरी, भुवनेश्वरी हुँदै वनकालीमा आएर सम्पन्न भएको थियो । कार्यक्रममा पशुपति मित्र माध्यमिक विद्यालय, स्थानीय क्लब एवं सङ्घ संस्थालगायत स्थानीयवासी र जनप्रतिनिधि सहभागी थिए । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रभात फेरीमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने ?’, ‘सूचना कसरी माग्ने ?’, ‘कस्लाई माग्ने ?’, ‘सूचना नदिनेलाई के हुन्छ ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले स्वीडेनमा सूचनाको हक लागू भएको दुई सय ३५ वर्षपछि नेपालमा सूचनाको हक कार्यान्वयनको बाल चरणमा रहेको बताए । अनियमितताका विरुद्ध सामाजिक सञ्जालमा लेखेरमात्र नहुने उल्लेख गर्दै उनले त्यसका बारेमा सूचना माग गरेर पारदर्शिता कायम गराउन सकिने बताए ।
“सूचना नपाएर आयोगमा पुनरावेदन गर्नेलाई सूचना दिन आदेश गर्ने गरिएको छ, आयोग दिनुपर्ने सूचना दिलाउन कठोर भएर लागेको छ, सूचना नदिनेलाई कारबाही हुन्छ”, आयुक्त थापाले भने ।
पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले सुशासनका लागि सूचनाको हक आवश्यक रहेकामा जोड दिए । कोषमा सूचना माग गर्नेलाई समयमै दिने गरिएको उल्लेख गर्दै उनले कानुनमा तोकिएको समय अलि कम भएको हो कि ? भन्ने लागेको बताए ।
काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले वडामा प्रत्येक महिना भए गरेका कामको सूचना विवरण बनाएर सार्वजनिक गर्ने परिपाटी बसालिएको जानकारी दिए । समुदाय जागरण यात्रामा वडा नं ८ का अध्यक्ष आशामान संगतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष उमिद बागचन्द र काठमाडौँ उपत्यकाका अध्यक्ष तारबहादुर भण्डारीले सूचनाको हक नागरिकस्तरसम्म अभ्यासमा लैजान समुदाय जागरण अभियान सुरु गरिएको बताए । गत असार ३० गते विश्वसम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रबाट अभियान सुरु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...



प्रतिकृया लेख्नुहोस्: