काठमाडौं । असार २९ गते रिलिज भएको ‘बगान’ चलचित्रमा अभिनेतृ करिश्मा मानन्धरको अभिनयको जादुले पुनः एकपटक चर्चा बटुलिरहेको छ । लामो समयपछि ठूलोपर्दामा फर्किएकी मानन्धरको बगानको अभिनयले यतिबेला चर्चा बटुलेको हो ।
उनी यो बीचको समयमा म्युजिक भिडियोमा अभिनय, अध्ययन र विभिन्न कार्यक्रममा व्यस्त रहेको बताउँछिन् । यही चलचित्रबाट नव अभिनेतृका रूपमा प्रमिला कार्कीको समेत प्रवेश भएको छ ।
काखे बेलादेखि दुःखका साथ संघर्ष गर्दै हुर्काएकी छोरीले परिवार र समाजको पुरातन सोचलाई भत्काउँदै आफ्नी आमाको खुसीको सारथि बनेको कथा बोकेको ‘बगान’ ले यतिबेला नकिै चर्चा कमाइरहेको छ । यसमा छोरीले आफ्ना सपना तिलाञ्जलि दिँदै आमाको खुसीका लागि सामाजिक विद्रोह गरेको देखिन्छ ।
‘आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुँगामुढामाथि’ भन्ने पुरानो उखानलाई बगानको कथाले चुनौती दिएको छ ।’ मानन्धर भन्छिन्–‘अभिभावकले जति सन्तानका लागि त्याग गरेका हुन्छन्, युवापुस्ताले यो कुरा मनन गर्दै, उनीहरूले पनि अआफ्ना आमाबुवाको खुसीका लागि केही गर्नुपर्ने जिम्मेवारी हुन्छ, अहिलेका युवापुस्ताका लागि यो एउटा राम्रो ज्ञान हुनसक्छ, जुन कुरा चलचित्रमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।’
यो चलचित्र समाज र परिवारका सदस्यले भोगेको शक्तिशाली कथामा आधारित रहेको बताउँदै नवनायिका प्रमिला भन्छिन्–‘यसले तमाम एकल आमाको सामूहिक कथा बोल्छ । बोल्न नसकेका यस्ता आमाको आवाज यो चलचित्रले बोलेको छ ।’
यो चलचित्रमा डेब्यु डाइरेक्टरका रूपमा अभिनेता सरोज खनाल रहेका छन् भने चलचित्रको कथा स्वप्न नीरवले लेखेकी हुन् । निर्माता सुरेश वाग्ले, कार्यकारी निर्माता विनोद मानन्धर रहेको बगानमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, वसुन्धरा भुसाल, प्रमिला कार्कीलगायतको अभिनय देख्न पाइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: