काठमाडौं । असार २९ गते रिलिज भएको ‘बगान’ चलचित्रमा अभिनेतृ करिश्मा मानन्धरको अभिनयको जादुले पुनः एकपटक चर्चा बटुलिरहेको छ । लामो समयपछि ठूलोपर्दामा फर्किएकी मानन्धरको बगानको अभिनयले यतिबेला चर्चा बटुलेको हो ।
उनी यो बीचको समयमा म्युजिक भिडियोमा अभिनय, अध्ययन र विभिन्न कार्यक्रममा व्यस्त रहेको बताउँछिन् । यही चलचित्रबाट नव अभिनेतृका रूपमा प्रमिला कार्कीको समेत प्रवेश भएको छ ।
काखे बेलादेखि दुःखका साथ संघर्ष गर्दै हुर्काएकी छोरीले परिवार र समाजको पुरातन सोचलाई भत्काउँदै आफ्नी आमाको खुसीको सारथि बनेको कथा बोकेको ‘बगान’ ले यतिबेला नकिै चर्चा कमाइरहेको छ । यसमा छोरीले आफ्ना सपना तिलाञ्जलि दिँदै आमाको खुसीका लागि सामाजिक विद्रोह गरेको देखिन्छ ।
‘आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुँगामुढामाथि’ भन्ने पुरानो उखानलाई बगानको कथाले चुनौती दिएको छ ।’ मानन्धर भन्छिन्–‘अभिभावकले जति सन्तानका लागि त्याग गरेका हुन्छन्, युवापुस्ताले यो कुरा मनन गर्दै, उनीहरूले पनि अआफ्ना आमाबुवाको खुसीका लागि केही गर्नुपर्ने जिम्मेवारी हुन्छ, अहिलेका युवापुस्ताका लागि यो एउटा राम्रो ज्ञान हुनसक्छ, जुन कुरा चलचित्रमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।’
यो चलचित्र समाज र परिवारका सदस्यले भोगेको शक्तिशाली कथामा आधारित रहेको बताउँदै नवनायिका प्रमिला भन्छिन्–‘यसले तमाम एकल आमाको सामूहिक कथा बोल्छ । बोल्न नसकेका यस्ता आमाको आवाज यो चलचित्रले बोलेको छ ।’
यो चलचित्रमा डेब्यु डाइरेक्टरका रूपमा अभिनेता सरोज खनाल रहेका छन् भने चलचित्रको कथा स्वप्न नीरवले लेखेकी हुन् । निर्माता सुरेश वाग्ले, कार्यकारी निर्माता विनोद मानन्धर रहेको बगानमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, वसुन्धरा भुसाल, प्रमिला कार्कीलगायतको अभिनय देख्न पाइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: