Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

समयमा उपचार नगर्दा समस्या बन्दै हाइड्रोसिल

खबरडबली संवाददाता

विराटनगर ।  मोरङको सुनवर्षी नगरपालिका ३ का ४५ वर्षका हरी ऋषिदेव (नाम परिवर्तन) को अण्डकोष वरिपरि पानी भरिएर ठूलो आकार भएको वर्षौं भइसकेको छ ।

अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोगलाई मेडिकल भाषामा हाइड्रोसिल भन्ने गरिन्छ । हाइड्रोसिल भनेको पुरुषको अण्डकोषको बाहिरी भागमा पानी जम्मा हुनु हो । हरिको अण्डकोषको आकार पनि बढ्दै गएको छ । हाइड्रोसिलको शल्यक्रिया नेपाल सरकारले सरकारी अस्पतालमा निःशुल्क गर्ने गरेको छ । तर, यो कुरा हरिलाई थाहा छैन । ‘अहिले अण्डकोषको आकार बढदै गएकोले हिडडुल गर्न असहज हुने गर्दछ,’ उनले भने, ‘अहिले अण्डकोषको आकार दिनप्रतिदिन बढदैछ ।’

हाइड्रोसिलको समस्या झेल्ने गाउँमा हरि एक्ला बिरामी होइनन् । उनको गाउँ सुनवर्षी नगरपालिकाभित्र ३३८ जनालाई हाइड्रोसिलको समस्या छ । जिल्ला स्वास्थ्य कार्यालयले संकलन गरेको तथ्यांक अनुसार सुनवर्षीमा यो समस्या जिल्लाकै धेरै देखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । विगतमा फाट्फुट रुपमा देखिएको यो रोग अहिले सुनवर्षीसहित मोरङको दक्षिण क्षेत्रमा हाल धेरै बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

मोरङको १७ स्थानीय तहमा १ हजार ५८७ जनामा हाइड्रोसिलको समस्या पहिचान भएको छ । त्यसमध्ये सबैभन्दा बढी सुनवर्षी नगरपालिकामा भेटिएको हो । स्वास्थ्य कार्यालय मोरङले डाक्टर विशाल देव र डाक्टर कमलेश यादवको टोली हाइड्रोसिल रोगको परीक्षणको लागि खटाएको थियो । मोरङको १७ वटा स्थानीय तहमा पुगेर गरेको परीक्षणको क्रममा सबैभन्दा बढी सुनवर्षी नगरपालिका भित्रका पुरुषहरुमा हाइड्रोसिल देखिएको कार्यालय प्रमुख मेहताले बताए ।

सुनवर्षीपछि दोस्रोमा रतुवामाई नगरपालिकाभित्र हाइड्रोसिलको समस्या देखिएको छ । रतुवामाइ नगरपालिका भित्र १५९ जनामा हाइड्रोसिल रोग देखिएको छ । यसैगरी तेस्रोमा धनपालथान गाउँपालिकामा यो समस्या छ । धनपालथानमा १५८ जनामा यो समस्या छ भने जहदा गाउँपालिकाका १५७ जनामा हाइड्रोसिल देखिएको छ ।

यसैगरी मोरङको बुढीगंगा गाउपालिकाभित्र १४९, उर्लाबारी नगरपालिकामा ३४, मिक्लाजुङ्ग गाउँपालिकामा २१, कटहरी गाउँपालिमा ६८, ग्रामथानमा ३८, सुन्दरहरैचा नगरपालिमा १०६, पथरीशनिश्चरे नगरपालिकामा ४३, केराबारी गाउँपालिकामा ३६, लेटाङ्ग नगरपालिकामा ५१ जनामा हाइड्रोसिल रोग देखिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका भित्र ४९, रंगेली नगरपालिकामा ९६ जनामा हाइड्रोसिल रोग देखिएको छ । ‘मोरङको ग्रामिण र दक्षिण क्षेत्रमा धेरै हाइड्रोसिल रोगका विरामी देखिएको छ,’ स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. मेहताले भने, ‘सहरी क्षेत्रमा भन्दा पनि ग्रामिण क्षेत्र र मोरङको दक्षिण क्षेत्रमा हाइड्रोसिल रोगका विरामी धेरै देखिए ।’ लामखुट्टेको टोकाइबा हाइड्रोसिल रोग हुने गरेको उनले बताए । ‘सचेतनाको कमी, सावधानी नअपनाएको कारणले हाइड्रोसिल रोगका विरामी मोरङको ग्रामिण क्षेत्रहरुमा बढदो रहेको छ,’ उनले भने, ‘हाइड्रोसिलको शल्यक्रिया गरे यो रोग निको हुन्छ ।’ ४० वर्षदेखि माथि उमेरका पुरुषमा हाइड्रोसिल रोग बढी देखिएको उनले सुनाए । ‘हामीले १७ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई तालिम दिएका थियौं । उहाँहरु तालिम लिएपछि गाउँ–गाउँमा जाँदा हाइड्रोसिल भएका बिरामी भेटेका थिए । पछि चिकित्सकसहितको टोली गएर परीक्षण गर्दा हाइड्रोसिल रोग भएको पत्ता लागेको हो,’ उनले भने, हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुन सक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोष सुनिएको वा ठूलो भएको जस्तो देखिन्छ । हाइड्रोसिलले कहिले दुखाइ पैदा गराउदैन तर अण्डकोषको आकार भने ठूलो बनाउँछ ।’
सय जनाको उपचार गर्ने लक्ष्य

नेपालमा हाइड्रोसिलका बिरामी करिब एक लाख रहेको अनुमान छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । अहिले कोशी अस्पतालमा हाइड्रोसिल रोगको निःशुल्क शल्यक्रिया हुने गरेको छ ।आर्थिक वर्ष २०७९/०८० मा ६५ जनाको लक्ष्य लिएकोमा ८४ जना हाइड्रोसिल भएका बिरामीको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल अधिकृत गोविन्द कटुवालले बताए । चालू आर्थिक वर्षमा २०८०/०८१ मा हाइड्रोसिलका एक सय जना बिरामीको शल्यक्रिया गर्ने योजना रहेको उनले बताए ।

नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । उक्त कार्यक्रमअन्तर्गत नै कोसीले विगत १४ वर्षदेखि निःशुल्क सेवा सुरु गरेको हो । सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेवापत ५ हजार ५०० रुपैयाँ दिने गरेको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधिका लागि पुग्नेछ । तीन वर्षमा कोशीमा १५२ जना हाइड्रोसिलका बिरामीको शल्यक्रिया भएको कटुवालले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ मा १६ जनाको गरिएको छ । यस्तै २०७८/०७९ मा ६२ जनाको हाइड्रोसिलको शल्यक्रिया गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending