Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

बृहत आयोजना र बिदेशी मुद्रा

डिपी जैसी
डिपी जैसी

खास गरी चुनावको बेलामा हामीकहाँ बृहत् आयोजनाहरूको निकै चर्चा हुने गर्छ ।  चाक्ला सडक, सुरुङ मार्ग, ठुलो रेल, मोनो रेल, मेट्रो रेल, जल विद्युत्, नदी जोड योजना आदि आदि ।  तर ठुला आयोजनाहरू बनाउन वैदेशिक मुद्राको ठुलै अंश रहेको हुन्छ भन्ने कुराको त्यति हेक्का राखेको पाइँदैन । अहिले बुढिगण्डकी जल बिद्युत् स्वदेशी लगानीमा बनाउने चर्चा पुनः सुरु भएको छ ।

स्वदेशी लगानीमा निर्माण भएको भनिएता पनि बहुचर्चित भेरी-बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा  कुल लागतको ८० प्रतिशत विदेशी मुद्रामा र बाँकी २० प्रतिशत नेपाली मुद्रामा भुक्तानी दिने व्यवस्था थियो । त्यसै गरी निर्माणाधीन काठमाडौँ-निजगढ फास्ट ट्याकको सुरुङ र अग्लो पुल निर्माणको काममा ७० प्रतिशत विदेशी मुद्रा र ३० प्रतिशत नेपाली मुद्रामा भुक्तानी दिनुपर्ने व्यवस्था छ । यस्तै अन्य आयोजनाहरूमा पनि विदेशी मुद्राको अंश कम्तीमा पचास प्रतिशत  रहेकै हुन्छ । विदेशी परामर्श सेवामा पनि कुल रकमको सत्तरी/असी प्रतिशत विदेशी मुद्रामा भुक्तानी हुन्छ ।

यस प्रकार हेर्दा नेपालमा ठुला आयोजनाहरूको निर्माण र विदेशी परामर्श सेवा खरिदमा निकै ठुलो विदेशी मुद्राको भुक्तानी आवश्यक हुन्छ । तर देशमा आउने विदेशी मुद्रा सीमित छ । त्यसमा पनि सञ्चितिको अवस्था एकदम नाजुक छ । विदेशी मुद्रा दुर्लभ कुरो हो । ठुला ठुला आयोजनाहरू बनाउन या त देशमा सञ्चित वैदेशिक मुद्रा बाट खर्च गर्न पर्छ, या त विदेशी दातृ निकायहरूबाट ऋण लिनुपर्छ, या त मित्र राष्ट्र हरूबाट अनुदान पाउनु पर्छ । बुढीगण्डकी बनाउने भनेर एक लिटर इन्धनमा एक रुपियाँ कर लगाइएको छ । तर यसो गरेर सङ्कलन हुने भनेको त नेपाली मुद्रा हो, विदेशी मुद्रा होइन । कर  कार्यालयले जनताबाट उठाउने करबाट पनि विदेशी मुद्रा सङ्कलन हुँदैन नेपाली रुपियाँ हो । त्यसैले करबाट उठेको यस्तो रकम मुआब्जा वितरणमा काम लाग्ला तर टर्बाइन, जेनेरेटर, पेन स्टक पाइप आदि किन्न काम लाग्दैन । स्वदेशी मुद्राबाट मात्र ठुला आयोजनाहरूको निर्माण सम्भव हुँदैन ।

लाटो हिसाबले यसरी बुझ्न सकिन्छ । मानौँ एउटा वृहत् आयोजनाको लागत एक खर्ब छ । मानौँ सरकारले इन्धनमा प्रति लिटर एक रुपियाँ कर लगाएर एक खर्ब रुपियाँ पनि उठायो रे (बुढी गण्डकी आयोजनामा जस्तो)। यो एक खर्बबाट त्यो योजना बनाउन सकिन्न । कतिपय विद्वानहरूले आइपिओ. निकालेर ठुला आयोजना बनाउने कुरा पनि गरेको सुनिन्छ । आइपिओ बाट उठ्ने पनि स्वदेशी मुद्रा नै हो, विदेशी मुद्रा होइन । आफ्नै स्रोतबाट निर्माण गरिने यस्ता वृहत् आयोजनाहरूको लागि चाहिने विदेशी मुद्राको बन्दोबस्त नेपाल राष्ट्र बैङ्कले गर्नु पर्छ ।

त्यति धेरै विदेशी मुद्रा कहाँबाट ल्याउने ? हामीकहाँ निर्यातबाट अत्यन्तै कम विदेशी मुद्रा आउँछ । पर्यटनबाट पनि केही विदेशी मुद्रा आउँछ; तर देशमा आउने विदेशी मुद्राको मूल स्रोत भनेको हाम्रा युवाहरूले खाडीको पचपन्न डिग्रीको बालुवामा पैताला पोलेपछि मात्र आउने हो । यो विदेशी मुद्रा पनि अत्यावश्यक सामाग्रीहरू जस्तै खाद्यान्न, औषधी किन्दा सकिन्छ भने त्यतिकै मात्रामा अनावश्यक वस्तुहरू जस्तै मदिरा, सवारी साधन, सौन्दर्य प्रसाधन, विदेश भ्रमण, विदेशमा उपचार,  विदेशमा पढ्न जानेलाई दिँदैमा सकिन्छ । हामी सधैँ व्यापार घाटाको कुरो गर्छौँ तर ठुला आयोजनाहरूमा चाहिने विदेशी मुद्राको बारेमा निकै कम चर्चा हुने गरेको छ ।

विप्रेषणबाट प्राप्त विदेशी मुद्राबाट अत्यावश्यक/अनावश्यक सामाग्री खरिद गरेपछि ठुला आयोजनालाई खर्च गर्ने विदेशी मुद्रा पुग्दैन । फलस्वरूप विदेशी ऋणको भर पर्नु पर्छ । यस प्रकार हामी सधैँ विदेशी ऋण र व्यापार घाटाको दुष्चक्रमा फस्दै गइरहेका छौँ ।

खाद्यान्नको आयातमा कमी आएको छैन, सवारी साधनको आयातमा कमी आएको छैन; विदेशी सौन्दर्य प्रसाधनको आयात उत्तिकै छ, विदेशी कपडा, विदेशी मदिरा, विदेश भ्रमण, विदेश गएर पढ्ने कुरामा कुनै कमी आएको छैन । यी सबैमा विदेशी मुद्रा नै चाहिने हो । निर्यात नगण्य छ । यस्तो अवस्थामा निर्माणमा लामो समय लाग्ने र प्रतिफल दिन पनि लामो समय लाग्ने बृहत् योजनामा आँखा चिम्लेर खर्च गर्दा कतै देश नै दिवालिया पल्टिने त हैन? श्रीलङ्कामा भएको त्यही हो ।

विदेशी ऋण लिएर बनाएका ठुला आयोजनाहरूले समयमा प्रतिफल दिन सकेनन् भने देश ऋणको दलदलमा फस्न जान्छ । अबको दुई वर्ष पछि मेलम्ची खापा आयोजनाको लागि एसियाली विकास बैङ्कबाट लिएको ऋणको साँवा तिर्ने बेला आउँदै छ (फोटो हेरौँ ) ।

May be an image of blueprint and text that says '(Melamchi Water Supply Project) Date Payment Due Payment of Principal (expressed in Special Drawing Rights) 15 15 15 15 15 15 15 15 December June December June December June December June December June December June December June December 2025 2026 2026 2027 2027 2028 2028 2029 2029 2030 2030 2031 2031 2032 2032 15 15 15 15 15 1,942,770 1,942,770 1,942,170 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,810 93,253,000 Total' ब्याज त सुरु देखि नै तिरिँदै छ । धारामा पानी आउने कहिले हो थाहा छैन तर देशको ढुकुटीबाट करोडौँको रकम विदेशबाट लिएको ऋण तिर्दा सकिन्छ ।

अन्त्यमा, विदेशी मुद्रा कमाउन दुख हुन्छ । यसलाई फारो गरी खर्च गर्न पर्छ । हाम्रो जस्तो देशले विदेशी ऋण लिँदा होस वा आफूसँग भएको विदेशी मुद्रा खर्च गर्दा होस् निकै बिचार पुर्‍याउनु पर्छ । एक डलर खर्च गर्ने कुरो गर्दा एक सय पटक सोच्नपर्छ ।

(खाडीको पचपन्न डिग्रीको तातो बालुवामा पाइताला पोलेको हुनाले यति कुरो लेख्ने जाँगर चल्यो ।)

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending