Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

बृहत आयोजना र बिदेशी मुद्रा

डिपी जैसी
डिपी जैसी

खास गरी चुनावको बेलामा हामीकहाँ बृहत् आयोजनाहरूको निकै चर्चा हुने गर्छ ।  चाक्ला सडक, सुरुङ मार्ग, ठुलो रेल, मोनो रेल, मेट्रो रेल, जल विद्युत्, नदी जोड योजना आदि आदि ।  तर ठुला आयोजनाहरू बनाउन वैदेशिक मुद्राको ठुलै अंश रहेको हुन्छ भन्ने कुराको त्यति हेक्का राखेको पाइँदैन । अहिले बुढिगण्डकी जल बिद्युत् स्वदेशी लगानीमा बनाउने चर्चा पुनः सुरु भएको छ ।

स्वदेशी लगानीमा निर्माण भएको भनिएता पनि बहुचर्चित भेरी-बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा  कुल लागतको ८० प्रतिशत विदेशी मुद्रामा र बाँकी २० प्रतिशत नेपाली मुद्रामा भुक्तानी दिने व्यवस्था थियो । त्यसै गरी निर्माणाधीन काठमाडौँ-निजगढ फास्ट ट्याकको सुरुङ र अग्लो पुल निर्माणको काममा ७० प्रतिशत विदेशी मुद्रा र ३० प्रतिशत नेपाली मुद्रामा भुक्तानी दिनुपर्ने व्यवस्था छ । यस्तै अन्य आयोजनाहरूमा पनि विदेशी मुद्राको अंश कम्तीमा पचास प्रतिशत  रहेकै हुन्छ । विदेशी परामर्श सेवामा पनि कुल रकमको सत्तरी/असी प्रतिशत विदेशी मुद्रामा भुक्तानी हुन्छ ।

यस प्रकार हेर्दा नेपालमा ठुला आयोजनाहरूको निर्माण र विदेशी परामर्श सेवा खरिदमा निकै ठुलो विदेशी मुद्राको भुक्तानी आवश्यक हुन्छ । तर देशमा आउने विदेशी मुद्रा सीमित छ । त्यसमा पनि सञ्चितिको अवस्था एकदम नाजुक छ । विदेशी मुद्रा दुर्लभ कुरो हो । ठुला ठुला आयोजनाहरू बनाउन या त देशमा सञ्चित वैदेशिक मुद्रा बाट खर्च गर्न पर्छ, या त विदेशी दातृ निकायहरूबाट ऋण लिनुपर्छ, या त मित्र राष्ट्र हरूबाट अनुदान पाउनु पर्छ । बुढीगण्डकी बनाउने भनेर एक लिटर इन्धनमा एक रुपियाँ कर लगाइएको छ । तर यसो गरेर सङ्कलन हुने भनेको त नेपाली मुद्रा हो, विदेशी मुद्रा होइन । कर  कार्यालयले जनताबाट उठाउने करबाट पनि विदेशी मुद्रा सङ्कलन हुँदैन नेपाली रुपियाँ हो । त्यसैले करबाट उठेको यस्तो रकम मुआब्जा वितरणमा काम लाग्ला तर टर्बाइन, जेनेरेटर, पेन स्टक पाइप आदि किन्न काम लाग्दैन । स्वदेशी मुद्राबाट मात्र ठुला आयोजनाहरूको निर्माण सम्भव हुँदैन ।

लाटो हिसाबले यसरी बुझ्न सकिन्छ । मानौँ एउटा वृहत् आयोजनाको लागत एक खर्ब छ । मानौँ सरकारले इन्धनमा प्रति लिटर एक रुपियाँ कर लगाएर एक खर्ब रुपियाँ पनि उठायो रे (बुढी गण्डकी आयोजनामा जस्तो)। यो एक खर्बबाट त्यो योजना बनाउन सकिन्न । कतिपय विद्वानहरूले आइपिओ. निकालेर ठुला आयोजना बनाउने कुरा पनि गरेको सुनिन्छ । आइपिओ बाट उठ्ने पनि स्वदेशी मुद्रा नै हो, विदेशी मुद्रा होइन । आफ्नै स्रोतबाट निर्माण गरिने यस्ता वृहत् आयोजनाहरूको लागि चाहिने विदेशी मुद्राको बन्दोबस्त नेपाल राष्ट्र बैङ्कले गर्नु पर्छ ।

त्यति धेरै विदेशी मुद्रा कहाँबाट ल्याउने ? हामीकहाँ निर्यातबाट अत्यन्तै कम विदेशी मुद्रा आउँछ । पर्यटनबाट पनि केही विदेशी मुद्रा आउँछ; तर देशमा आउने विदेशी मुद्राको मूल स्रोत भनेको हाम्रा युवाहरूले खाडीको पचपन्न डिग्रीको बालुवामा पैताला पोलेपछि मात्र आउने हो । यो विदेशी मुद्रा पनि अत्यावश्यक सामाग्रीहरू जस्तै खाद्यान्न, औषधी किन्दा सकिन्छ भने त्यतिकै मात्रामा अनावश्यक वस्तुहरू जस्तै मदिरा, सवारी साधन, सौन्दर्य प्रसाधन, विदेश भ्रमण, विदेशमा उपचार,  विदेशमा पढ्न जानेलाई दिँदैमा सकिन्छ । हामी सधैँ व्यापार घाटाको कुरो गर्छौँ तर ठुला आयोजनाहरूमा चाहिने विदेशी मुद्राको बारेमा निकै कम चर्चा हुने गरेको छ ।

विप्रेषणबाट प्राप्त विदेशी मुद्राबाट अत्यावश्यक/अनावश्यक सामाग्री खरिद गरेपछि ठुला आयोजनालाई खर्च गर्ने विदेशी मुद्रा पुग्दैन । फलस्वरूप विदेशी ऋणको भर पर्नु पर्छ । यस प्रकार हामी सधैँ विदेशी ऋण र व्यापार घाटाको दुष्चक्रमा फस्दै गइरहेका छौँ ।

खाद्यान्नको आयातमा कमी आएको छैन, सवारी साधनको आयातमा कमी आएको छैन; विदेशी सौन्दर्य प्रसाधनको आयात उत्तिकै छ, विदेशी कपडा, विदेशी मदिरा, विदेश भ्रमण, विदेश गएर पढ्ने कुरामा कुनै कमी आएको छैन । यी सबैमा विदेशी मुद्रा नै चाहिने हो । निर्यात नगण्य छ । यस्तो अवस्थामा निर्माणमा लामो समय लाग्ने र प्रतिफल दिन पनि लामो समय लाग्ने बृहत् योजनामा आँखा चिम्लेर खर्च गर्दा कतै देश नै दिवालिया पल्टिने त हैन? श्रीलङ्कामा भएको त्यही हो ।

विदेशी ऋण लिएर बनाएका ठुला आयोजनाहरूले समयमा प्रतिफल दिन सकेनन् भने देश ऋणको दलदलमा फस्न जान्छ । अबको दुई वर्ष पछि मेलम्ची खापा आयोजनाको लागि एसियाली विकास बैङ्कबाट लिएको ऋणको साँवा तिर्ने बेला आउँदै छ (फोटो हेरौँ ) ।

May be an image of blueprint and text that says '(Melamchi Water Supply Project) Date Payment Due Payment of Principal (expressed in Special Drawing Rights) 15 15 15 15 15 15 15 15 December June December June December June December June December June December June December June December 2025 2026 2026 2027 2027 2028 2028 2029 2029 2030 2030 2031 2031 2032 2032 15 15 15 15 15 1,942,770 1,942,770 1,942,170 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,770 1,942,810 93,253,000 Total' ब्याज त सुरु देखि नै तिरिँदै छ । धारामा पानी आउने कहिले हो थाहा छैन तर देशको ढुकुटीबाट करोडौँको रकम विदेशबाट लिएको ऋण तिर्दा सकिन्छ ।

अन्त्यमा, विदेशी मुद्रा कमाउन दुख हुन्छ । यसलाई फारो गरी खर्च गर्न पर्छ । हाम्रो जस्तो देशले विदेशी ऋण लिँदा होस वा आफूसँग भएको विदेशी मुद्रा खर्च गर्दा होस् निकै बिचार पुर्‍याउनु पर्छ । एक डलर खर्च गर्ने कुरो गर्दा एक सय पटक सोच्नपर्छ ।

(खाडीको पचपन्न डिग्रीको तातो बालुवामा पाइताला पोलेको हुनाले यति कुरो लेख्ने जाँगर चल्यो ।)

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएक...

‘सुस्वा’ अन्तर्गतका योजना प्रभावकारी बनाउन अन्तरक्रिया

सल्यान  । फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार नेतृत्वको टोली र सल्यानको छत्रेश्वरी गाउँपालिकाका पदाधिकारी विच खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक...

सल्यानको लेखपोखरामा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यान । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र व...

सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्रः मन्त्री शर्मा

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिंइदै आएकोमा अ...

बलम्बुमा सडकमा पार्किङ गरी राखेको बसमा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्य...

३५ हजार ६११ मत गणना हुँदा रास्वपाले कटायो २ हजार

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणना जारी रहेको छ । हालसम्म इलाममा ३५ हजार ६११ मत गणना भएको छ ।  ३५ हजार ६११ मत गणना हुँदा  एमाले उम्मेदवा...

इलाममा एमालेका सुहाङको निरन्तर अग्रता, करिब ५ हजार मतान्तरले अगाडि

इलाम  । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको...

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको ...

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’

रामेछाप ।  जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओ...

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप  । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies